उर्जा-विकास

विद्युत प्राधिकरणका ज्यालादारीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको समर्थन

Posted: 2018-06-10 09:45:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले राखेका माग पूरा हुने भएको छ । आइतबार मन्त्रीसँगको छलफलपछि निष्कर्ष निस्किने दैनिक ज्यालादारी कर्मचारी केन्द्रीय संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले बताए । छलफल निकै सकारात्मक भयो मन्त्रीज्यूले तत्काल पूरा गर्न सकिने माग सम्बोधन हुने बताउनुभएको छ उनले  भने अन्य माग छलफल गरेर पूरा गर्दै जाने भन्नुभएको छ । प्राधिकरणले मागबारे बेवास्ता गरेपछि समितिले गत सोमबारदेखि पुनः आन्दोलन गर्ने चेतावनी दिएको थियो । मन्त्री पुनसँग दाङमा भएको छलफलपछि सोमबार गर्ने भनेको आन्दोलन रोकिएको थियो । शुक्रबार दिनभरि कार्यकारी निर्देशक कुलमान घिसिङलाई कुरेका कर्मचारीले उनलाई भेट्न पाएनन् । घिसिङले ज्यालादारीको माग बेवास्ता गरेको समितिको आरोप छ । ज्यालादारीका माग प्राधिकरणले त्यहीँबाट समाधान गर्नुपर्छ, मन्त्रीसमक्ष पुग्नुपर्ने समस्या नै होइन,एक कर्मचारीले भने, तर, कार्यकारी निर्देशकले बेवास्ता गरेपछि मन्त्रीज्यू सम्म पुग्नुपर्यो, उहाँले अग्रसरता लिनुभएको छ । ज्यालदारीका समस्या तथा माग पूरा गर्नेबारे प्राधिकरण आधिकारिक टे«ड युनियन तथा अन्य संगठनको पनि पूर्ण समर्थन रहेको यादवले बताए । सरकारले नयाँ श्रम नियमावली समेत जारी गरेको सन्दर्भमा प्राधिकरणले श्रमिकलाई शोषण गरेको उनीहरूको गुनासो छ । 
 
 
नयाँ श्रम नियमावलीले औद्योगिक, व्यवसायिक, निर्माण र घरेलु कामदारलाई पनि समेटेको छ । यस्ता कामदारको मासिक तलब छुट्टै बैंक खाता खोली भुक्तानी दिनुपर्ने व्यवस्था समेत गरिएको छ । एउटै संस्था वा कम्पनीले वर्षमा १५ दिनभन्दा बढी काम लगाए पनि यो नियम लागू हुन्छ । श्रम तथा रोजगार मन्त्रालयले अब कबोल गरेको वा सम्झौता अनुसार तलब नदिने कम्पनी वा संस्थालाई दबाब दिन पनि यस्तो व्यवस्था गरेको जनाएको छ । नियमावली लागू भएपछि न्यूनतम पारिश्रमिक लागू हुने हुँदा कागजमा तलब देखाउन पाइने छैन । यसो गर्ने कम्पनी वा संस्थालाई सरकारले कारबाही समेत गर्ने चेतावनी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले अग्रसरताले लिएर माग पूरा गर्न लागेका हुन् । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री पुनसँगको छलफलपछि ज्यालादारी कर्मचारी उत्साहित देखिएका छन । उनले आइतबार विस्तृत छलफल गरेर तत्काल पूरा गर्न सकिने माग सम्बोधन हुने बताएका छन् । गत साता राष्ट्रिय गौरवका आयोजनाको निरिक्षणक्रममा मध्य तथा सुदूरपश्चिम पुगेका मन्त्री पुनसँग ज्यालादारी कर्मचारीले दाङमै भेटेर आफ्ना कुरा राखेका थिए । उनले शुक्रबार आफू काठमाडौं फर्किने र यसपछि छलफल गरेर माग सम्बोधन गरिने आश्वासन दिएका थिए । शुक्रबार प्राधिकरण सम्बद्ध ट्रेड युनियन कर्मचारीसँगै मन्त्रालय पुगेका ज्यालादारीको माग पूरा गर्न उनीहरूले पनि मन्त्रीलाई आग्रह गरेका थिए । 
 
 
गत बैशाख २५ गते केन्द्रीय कार्यालयमा धर्ना दिएका कर्मचारीलाई १५ दिनभित्र माग पूरा गर्ने सर्तमा आन्दोलन रोक्न लगाइएको थियो । उनीहरूले २६ गते नै आन्दोलन स्थगित गरेका थिए । आन्दोलन रोकेको एक महिना भइसकेको छ ।
 



More News



रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न

Posted: 2018-08-21 14:42:40

सुनाखरी न्युज/ रसुवा - निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ । राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर ...


माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा निर्माण हुने

Posted: 2018-08-21 12:06:32

सुनाखरी न्युज/ काठमाडौं - नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन । ...


नेपाल र चीनबीचको उर्जा आदानप्रदान समझदारी कार्यान्वयन प्रक्रिया शुरु

Posted: 2018-08-20 13:20:23

सुनाखरी न्युज/ काठमाडौं - सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ। नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक ...


११ लघु जलविद्युत् आयोजना अलपत्र

Posted: 2018-08-19 15:21:07

सुनाखरी न्युज/ पर्वत - जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । विगत दुई दशकअघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल ...


ज्यालादारी कर्मचारीले भने मन्त्रीज्यू पहिला तलब भत्ता दिनुस, जलविद्युतमा लगानी गर्न सकिँदैन

Posted: 2018-08-19 12:45:56

सुनाखरी न्युज/ काठमाडौँ- नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले जलविद्युत आयोजनामा सेयर लगानी गर्न नसक्ने बताएका छन् । दैनिक ज्यालाले घरखर्च चलाउनसमेत समस्या भएको भन्दै उनीहरूले यस्तो गुनासो गरेका हुन् । ...


Advertisements