उर्जा-विकास

कुलेखानी दोस्रोको एउटा जनेरेटरमा समस्या

Posted: 2018-06-09 07:06:59

 
सुनाखरी न्युज/
काठमाडौ-
३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको छ । 
युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । 
कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ । 
कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत केन्द्रजस्तो २४ सै घण्टा चलाइंदैन । विद्युतको माग बढेका वेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०÷३० मेगावाटका दुईवटा र दोस्रोमा १६÷१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटा÷एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ । 
वर्खा लागेसँगै खोला तथा नदीमा पानीको वहाव बढेकाले नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत पिक समयको विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई लोडसेडिङ गर्नु नपरेको  प्राधिकरणले जनाएको छ । 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत सोमबार कुलेखानी दोस्रो विद्युत केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका थिए ।उनले त्यहींबाट आपूर्तिकर्ता कम्पनीका नेपाल प्रतिनिधिलाईसमेत फोन गरी प्राविधिकलाई तत्काल आउने व्यवस्थाका लागि पहल गर्न निर्देशन दिए । 
केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिक आगामी सोमबार आइपुग्ने जानकारी दिए । त्यसपछि मात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने उनले बताए । ‘हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ’,उनले भने,‘मर्मत छिट्टो सक्ने प्रयास गरिरहेका छौं ।’
 



More News



रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न

Posted: 2018-08-21 14:42:40

सुनाखरी न्युज/ रसुवा - निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ । राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर ...


माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा निर्माण हुने

Posted: 2018-08-21 12:06:32

सुनाखरी न्युज/ काठमाडौं - नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन । ...


नेपाल र चीनबीचको उर्जा आदानप्रदान समझदारी कार्यान्वयन प्रक्रिया शुरु

Posted: 2018-08-20 13:20:23

सुनाखरी न्युज/ काठमाडौं - सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ। नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक ...


११ लघु जलविद्युत् आयोजना अलपत्र

Posted: 2018-08-19 15:21:07

सुनाखरी न्युज/ पर्वत - जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । विगत दुई दशकअघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल ...


ज्यालादारी कर्मचारीले भने मन्त्रीज्यू पहिला तलब भत्ता दिनुस, जलविद्युतमा लगानी गर्न सकिँदैन

Posted: 2018-08-19 12:45:56

सुनाखरी न्युज/ काठमाडौँ- नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले जलविद्युत आयोजनामा सेयर लगानी गर्न नसक्ने बताएका छन् । दैनिक ज्यालाले घरखर्च चलाउनसमेत समस्या भएको भन्दै उनीहरूले यस्तो गुनासो गरेका हुन् । ...


Advertisements