उर्जा-विकास

तामाकोसीले आगामी असार पहिलो साताभित्र स्थानीयका लागि सेयर निष्कासन गर्ने, धितोपत्रले दियो स्वीकृत

Posted: 2018-06-08 14:24:09

सुनाखरी न्युज/ काठमाडौं - अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले आगामी असार पहिलो साताभित्र स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड  ले स्वीकृत दिएकाले निष्कासन प्रक्रिया सुरु गरिएको हो । दोलखामा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्न सेयर निष्कासन हुनेछ । स्थानीयका लागि १० प्रतिशत (१ करोड ५ लाख ९० हजार कित्ता) र सर्वसाधारणका लागि १५ प्रतिशत (१ करोड ५८ लाख ८५ हजार कित्ता) सेयर निष्कासन हुनेछ । सेबोनले बुधबार स्वीकृति दिएकाले केही दिनभित्र कम्पनी रजिष्ट्रारमा दर्ता गरिने तामाकोसीका कम्पनी सचिवले बताए । एक साताभित्र कम्पनी रजिष्ट्रारबाट स्वीकृति पाए असार पहिलो साता स्थानीयका लागि निष्कासन गर्न सकिन्छ कम्पनी सचिवले भने, त्यसको ३ ४ दिन फरकमा सर्वसाधारणमा जाने हो । सेयर भर्न स्थानीयले आवेदन खुलेपछि कम्तिमा १५ दिन र बढीमा २० दिन समय पाउनेछ । यसपछि अर्थत् असार अन्तिम साताबाट सर्वसाधारणका लागि आवेदन खुला हुनेछ । सेयर निष्कासनका विषयमा स्थानीयमा देखिएको विवाद पनि समाधान भएको कम्पनी सचिवले जानकारी दिए । कम्पनीले विवाद समाधान गर्ने जिम्मा जिल्ला समन्वय समितिलाई दिएको थियो । समितिले अधिकांश विवाद तथा समस्या समाधान गरेको छ । 
 
 
स्थानीय र सर्वसाधारणबाट क्रमश १ अर्ब ५ करोड ९० लाख रुपैयाँ र १ अर्ब ५८ करोड ९० लाख रुपैयाँ संकलन गरिनेछ । स्थानीयले ३० देखि ३ सय कित्तासम्म सेयर खरिद गर्न आवेदन दिन सक्नेछन । कूल परेको आवेदनको आधारमा ३ प्रतिशत अति प्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत कम प्रभावितलाई वितरण गरिनेछ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई २४ प्रतिशत सेयर निष्कासन गरेको थियो ।
 



More News



कुलमानले प्राधिकरणमा राम्रो काम गर्नेलाई नगद पुरस्कार देखि विदेशसमेत पठाउने

Posted: 2018-10-09 12:33:16

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवम् प्राधिकरण सञ्चालक समितिका ...


कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड

Posted: 2018-10-07 14:28:11

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड पाएका छन् ।रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ ...


सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

Posted: 2018-10-07 12:21:14

सुनाखरी न्युज/ जिरी - दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर ...


माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

Posted: 2018-10-05 09:16:22

सुनाखरी न्युज/ काठमाडौं - लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् ...


तनहुँ सेती हाइड्रोपावर आयोजना निर्माणको जिम्मा इटालियन र चिनियाँ कम्पनीलाई

Posted: 2018-10-02 09:24:59

सुनाखरी न्युज/ काठमाडौ - तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ। आयोजनाको नदी फर्काउने, ...


Advertisements