उर्जा-विकास

नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले ,पनौती जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न

Posted: 2018-05-25 15:19:31

सुनाखरी न्युज/ काठमाडौं - काभ्रेको खोपासीस्थित २.४ मेगावाटको ऐतिहासिक पनौती जलविद्युत केन्द्रलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ ।नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागेका हुन् । जलविद्युत केन्द्र सञ्चालनको काम प्राधिकरणले आफैंले गर्नेछ । समझदारीपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व विद्यालयसँगको सहकार्यले जलविद्युत केन्द्रको संरक्षण तथा प्रवर्द्धन हुने बताए । विश्व विद्यालयको रेखदेखमा प्राधिकरणको सम्पत्ति संरक्षण हुने बताउँदै उनले सुख्खायाम उत्पादन बढाउन पानी पम्प गर्ने प्रविधिसहितको संरचना निर्माण गर्ने बताए । उपकुलपति श्रेष्ठले विद्युतगृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । प्राधिकरणले फर्पिङ, सुन्दरीजललगायत ऐतिहासिक महत्वका जलविद्युत केन्द्रलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ । नेपालको पहिलो विद्युतगृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती जलविद्युत केन्द्र निर्माण गरिएको थियो ।
 
 
प्राधिकरण र विश्वविद्यालयबीच जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्र बनाउन समझदारी ९एमओयू० भएको छ । समझदारीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विश्व विद्यालयका उपकुलपति रामकण्ठ मकाजू श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  यो समझदारी १० वर्षका लागि गरिएको छ । हस्ताक्षरपछि समझदारी बिहीबारबाट कार्यान्वयन भएको छ । समझदारी अनुसार विश्वविद्यालयले प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी जलविद्युत केन्द्रको सदृढीकरण तथा खाली ठाउँमा नयाँ संरचना निर्माण गर्न सक्नेछ । विश्व विद्यालयले अहिलेको उत्पादन क्षमता नघट्ने गरी संरचनाको निर्माण तथा प्रयोग गर्नुपर्नेछ । टर्बाइन, जेनेरेटर, नहरलगायत संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने समझदारीमा उल्लेख छ । विश्वविद्यालयले सिभिल, मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि गर्ने विद्यार्थीका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न खाली जग्गा तथा संरचनाको प्रयोग गर्न पाउनेछ ।
 
 
यो जलविद्युत केन्द्र २०२२ असार ३१ बाट सञ्चालनमा आएको थियो । यो जलविद्युत केन्द्रबाट हाल वार्षिक २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भइरहेको छ ।
 



More News



कुलमानले प्राधिकरणमा राम्रो काम गर्नेलाई नगद पुरस्कार देखि विदेशसमेत पठाउने

Posted: 2018-10-09 12:33:16

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवम् प्राधिकरण सञ्चालक समितिका ...


कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड

Posted: 2018-10-07 14:28:11

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड पाएका छन् ।रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ ...


सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

Posted: 2018-10-07 12:21:14

सुनाखरी न्युज/ जिरी - दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर ...


माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

Posted: 2018-10-05 09:16:22

सुनाखरी न्युज/ काठमाडौं - लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् ...


तनहुँ सेती हाइड्रोपावर आयोजना निर्माणको जिम्मा इटालियन र चिनियाँ कम्पनीलाई

Posted: 2018-10-02 09:24:59

सुनाखरी न्युज/ काठमाडौ - तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ। आयोजनाको नदी फर्काउने, ...


Advertisements