उर्जा-विकास

नीति तथा कार्यक्रम: १० वर्ष्भित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

Posted: 2018-05-21 17:32:31

 
सुनाखरी न्युज/
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 
 
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्ष्भित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। 
 
आगामी आर्थिक वर्षमा आर्थिक सुधारको प्रयास गरिने, ५ वर्ष्भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने र १० वर्ष्भित्र मध्यस्तरको विकास प्राप्तीको लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ। साथै आय असमानता पनि कम गरिने उल्लेख छ।
समृद्ध नेपाल र सुखी नेपालको अवधारणालाई एक दशकभित्र पूरा गरिने पनि भनिएको छ। नीति तथा कार्यक्रम समद्धिको इतिहासको आधार वर्ष भएको भन्दै सरकारले विकासनीति, कार्यनीतिमा आमुल परिवर्तन गरिने जनाएको छ।
 
‘अबको हाम्रो विकास, सूचना र अनुसन्धानमा आधारित हुनेछन्। राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ– ‘सुरक्षा, परराष्ट्र सम्बन्धका विषयमा अध्ययनका लागि विज्ञहरुको थिंक ट्यांक बनाइनेछ।’
 
नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिदरसहित सबल बनाइने र त्यसका लागि अर्थतन्त्रको संरचनामै परिमार्जन गरिने योजना पनि सरकारको रहेको छ।
 
कृषि, उर्जा, उद्योग, पर्यटन सहरी उर्जालाई प्रोत्साहन गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘वित्तीय अनुसशासनमा कडाई गरिनेछ, सरकारी कोष दुरुपयोगमा अंकुश लगाइनेछ। आन्तरिक स्रोत परिचालनमा बढावा, पूँजी बजारको विस्तार, आन्तरिक बजारलाई गतिशीलता र सम्पत्ति शुद्धिकरणमा कठोर कदम चालिनेछ।’ 
 
५ वर्षमा कृषिमा आश्रित जनशक्ति उत्पादन, कृषि उत्पादन बढाउन आधुनिकीकरण र प्राविधिकीकरण गरिने पनि सरकारको नीति रहेको छ। ‘कृषियोग्य भुमिको खण्डिकर र अतिग्रहण रोकिनेछ, उत्पादन विविधिकरण गरिनेछ’, कार्यक्रममा भनिएको छ।
 
‘कृषि उत्पादनलाई चाहिने मल विउ पशु सेवा केन्द्रमार्फत उपलब्ध, कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ, उत्पादन, विक्री वितरण मूल्य नियन्त्रण गरिनेछ। वन व्यवस्थापनलाई बैज्ञानिक बनाइनेछ’, सरकारको नीति तथा कार्यान्वयनमा भनिएको छ।
 
रेल र जलमार्ग प्राथमिकता
 
सरकारको नीति तथा कार्यक्रममा रेलमार्ग र जलमार्ग निर्माण प्राथमिकतामा परेको छ। राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लगानी प्रोत्साहन गरी मेची–महाकाली, रक्सौल–काठमाडौं, रसुवागढी काठमाडौं रेलमार्ग निर्माण गरिने तथा कोशी, गण्डकी रकर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी तथा संस्थागत वातावरण बनाइने उल्लेख छ।
 
पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने योजना रहेको नीति तथा कार्यक्रममा वर्तमान पुस्ताले महसुस गर्नेगरी नै विकास र समृद्धि गरिने उल्लेख छ। 
 
सरकार असल छिमेक नीतिमा विश्वास गर्ने भन्दै देश भक्तिलाई होच्याउने कुरा सरकालाई स्वीकार्य नहुने भनिएको छ। ‘जोरजुलुम र अराजकता सरकारले स्वीकार्दैन। लोकतन्त्रका आधारभुत मान्यता सरकारले कायम गराउँछ। लोकतन्त्र मासिएला र अराजकता आउला भन्ने कुरामा सरकार विश्वास गर्दैन।’ शान्ति, विकास र अग्रगमनलाई अगाडि बढाइने पनि उल्लेख छ। 



More News



पश्चिम सेती निर्माण गर्न थ्री गर्जेजलाई दिने सम्झौता खारेज

Posted: 2018-05-25 07:16:55

सुनाखरी न्युज/ काठमाडौं - पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजबाट फिर्ता लिइने भएको छ । ७ सय ५० मेगावाटको सो आयोजनाको बारेमा अन्तिम टुंगो लगाउन गठन भएको समितिले थ्रि गर्जेजसँग यसअघि गरेको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।...


७ सय ५० मेगावाटको पश्चिम सेती दोस्रो पटक चिनियाँ कम्पनीसँग खारेज हुँदै , अब प्रतिस्पर्धाबाट मात्र निर्माण गर्ने निष्कर्ष

Posted: 2018-05-24 12:06:55

सुनाखरी न्युज/ काठमाडौं - काम समयमा नगरेपछि सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँगको समझदारी (एमओयू) खारेज गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिको अध्ययन प्रतिवेदनका आधारमा आयोजना खारेज गर्ने भएको हो । खारेज गरी सरकारको बास्केटमा ल्याएर सरकार आफैं वा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा निर्माण गर्ने सरकारको निष्कर्ष छ । ...


नीति तथा कार्यक्रम: १० वर्ष्भित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

Posted: 2018-05-21 17:32:31

सुनाखरी न्युज/ काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्ष्भित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। ...


नयाँ आर्थिक वर्षमा ६ सय ६१ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिने

Posted: 2018-05-19 09:18:26

सुनाखरी न्युज/ काठमाडौं - आर्थिक वर्ष २०७५-७६ मा केन्द्रीय प्रसारण प्रणालीमा ६६१.४५ मेगावाट विद्युत थपिने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीसहित १२ जलविद्युत आयोजनाको विद्युत प्रणालीमा थपिने भएको हो । ...


एक वर्षमा भारतबाट १८ अर्बको बिजुली खरिद

Posted: 2018-05-18 09:18:47

सुनाखरी न्युज/ काठमाडौं- स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ।...


Advertisements