उर्जा-विकास

नीति तथा कार्यक्रम: १० वर्ष्भित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

Posted: 2018-05-21 17:32:31

 
सुनाखरी न्युज/
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 
 
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्ष्भित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। 
 
आगामी आर्थिक वर्षमा आर्थिक सुधारको प्रयास गरिने, ५ वर्ष्भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने र १० वर्ष्भित्र मध्यस्तरको विकास प्राप्तीको लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ। साथै आय असमानता पनि कम गरिने उल्लेख छ।
समृद्ध नेपाल र सुखी नेपालको अवधारणालाई एक दशकभित्र पूरा गरिने पनि भनिएको छ। नीति तथा कार्यक्रम समद्धिको इतिहासको आधार वर्ष भएको भन्दै सरकारले विकासनीति, कार्यनीतिमा आमुल परिवर्तन गरिने जनाएको छ।
 
‘अबको हाम्रो विकास, सूचना र अनुसन्धानमा आधारित हुनेछन्। राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ– ‘सुरक्षा, परराष्ट्र सम्बन्धका विषयमा अध्ययनका लागि विज्ञहरुको थिंक ट्यांक बनाइनेछ।’
 
नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिदरसहित सबल बनाइने र त्यसका लागि अर्थतन्त्रको संरचनामै परिमार्जन गरिने योजना पनि सरकारको रहेको छ।
 
कृषि, उर्जा, उद्योग, पर्यटन सहरी उर्जालाई प्रोत्साहन गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘वित्तीय अनुसशासनमा कडाई गरिनेछ, सरकारी कोष दुरुपयोगमा अंकुश लगाइनेछ। आन्तरिक स्रोत परिचालनमा बढावा, पूँजी बजारको विस्तार, आन्तरिक बजारलाई गतिशीलता र सम्पत्ति शुद्धिकरणमा कठोर कदम चालिनेछ।’ 
 
५ वर्षमा कृषिमा आश्रित जनशक्ति उत्पादन, कृषि उत्पादन बढाउन आधुनिकीकरण र प्राविधिकीकरण गरिने पनि सरकारको नीति रहेको छ। ‘कृषियोग्य भुमिको खण्डिकर र अतिग्रहण रोकिनेछ, उत्पादन विविधिकरण गरिनेछ’, कार्यक्रममा भनिएको छ।
 
‘कृषि उत्पादनलाई चाहिने मल विउ पशु सेवा केन्द्रमार्फत उपलब्ध, कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ, उत्पादन, विक्री वितरण मूल्य नियन्त्रण गरिनेछ। वन व्यवस्थापनलाई बैज्ञानिक बनाइनेछ’, सरकारको नीति तथा कार्यान्वयनमा भनिएको छ।
 
रेल र जलमार्ग प्राथमिकता
 
सरकारको नीति तथा कार्यक्रममा रेलमार्ग र जलमार्ग निर्माण प्राथमिकतामा परेको छ। राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लगानी प्रोत्साहन गरी मेची–महाकाली, रक्सौल–काठमाडौं, रसुवागढी काठमाडौं रेलमार्ग निर्माण गरिने तथा कोशी, गण्डकी रकर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी तथा संस्थागत वातावरण बनाइने उल्लेख छ।
 
पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने योजना रहेको नीति तथा कार्यक्रममा वर्तमान पुस्ताले महसुस गर्नेगरी नै विकास र समृद्धि गरिने उल्लेख छ। 
 
सरकार असल छिमेक नीतिमा विश्वास गर्ने भन्दै देश भक्तिलाई होच्याउने कुरा सरकालाई स्वीकार्य नहुने भनिएको छ। ‘जोरजुलुम र अराजकता सरकारले स्वीकार्दैन। लोकतन्त्रका आधारभुत मान्यता सरकारले कायम गराउँछ। लोकतन्त्र मासिएला र अराजकता आउला भन्ने कुरामा सरकार विश्वास गर्दैन।’ शान्ति, विकास र अग्रगमनलाई अगाडि बढाइने पनि उल्लेख छ। 



More News



प्राधिकरण सञ्चालक समितिले तनहुँ सेतीको पिपिए स्वीकृत, अन्तिम हस्ताक्षर हुन बाँकि

Posted: 2018-05-31 11:46:13

सुनाखरी न्युज/ काठमाडौ - नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले १ सय ४० मेगावाटको तनहुँ सेती (माथिल्लो सेती) जलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) स्वीकृत गरेको छ । बुधबारको सञ्चालक समिति बैठकले पिपिए स्वीकृत गर्ने निर्णय गरेको हो । प्राधिकरणले पहिलो पटक पहिलो जलाशय आयोजनाको पिपिए गर्ने निर्णय गरेको छ । आयोजनाका लागि हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँ दर कायम भएको प्राधिकरणका प्रवक्ताले बताए । ...


बुटवल पावर कम्पनी (बिपिसी) ले ८८ हजार सेयरधनीलाई ४४ करोड लाभांस बाँड्ने

Posted: 2018-05-27 20:57:12

सुनाखरी न्युज/ काठमाडौं- बुटवल पावर कम्पनी (बिपिसी) ले आफ्ना सेयरधनीलाई छुट्टयाएको करिब ४४ करोड रुपैयाँ नगद लाभांश साधारणसभाले पारित गरेको छ । मंगलबार बसेको कम्पनीको २५औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । कम्पनीले नयाँ सेयर (फर्दर पब्लिक अफरिङ–एफपिओ) जारी गरेपछि चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।...


सबस्टेसनको स्तरोन्नती गर्दै ,खनार सबस्टेसनको २ किलोमिटर लाइन भूमिगत निर्माण हुने

Posted: 2018-05-27 12:47:40

सुनाखरी न्युज/ काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सुनसरीस्थित ३३ केभी खनार सबस्टेसनको वितरण लाइन भूमिगत निर्माण गरेको छ । एसियाली विकास बैंक (एडिबी) को सासेक (दक्षिण एसिया उपक्षेत्रीय आर्थीक सहायता कार्यक्रम) पावर एक्सपान्सन आयोजना अन्तर्गत उक्त लाइन निर्माण गरिएको हो । सबस्टेसनको ३ वटा पावर ट्रान्सफर्मरको २ किलोमिटर लाइन भूमिगत निर्माण गरिएको छ । वितरण प्रणाली सुदृढीकरण तथा विस्तार गर्न सबस्टेसनको स्तरोन्नती गरेर भूमिगत लाइन सञ्चालनमा ल्याइएको प्राधिकरण आयोजना व्यवस्थापन ...


नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले ,पनौती जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न

Posted: 2018-05-25 15:19:31

सुनाखरी न्युज/ काठमाडौं - काभ्रेको खोपासीस्थित २.४ मेगावाटको ऐतिहासिक पनौती जलविद्युत केन्द्रलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ ।नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागेका हुन् । जलविद्युत केन्द्र सञ्चालनको काम प्राधिकरणले आफैंले गर्नेछ । समझदारीपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व विद्यालयसँगको सहकार्यले जलविद्युत केन्द्रको संरक्षण तथा प्रवर्द्धन हुने बताए । ...


प्राधिकरणमा कर्मचारीको दरबन्दी थप्नु , व्यवस्थापन लथालिंग, ज्यालादारी कर्मचारीहरुको समस्या उस्तै

Posted: 2018-05-25 14:13:56

सुनाखरी न्युज/ काठमाडौं- प्राधिकरणमा अहिले करिब ११ हजार कर्मचारी कार्यरत छन । दरबन्दी अनुसार नियुक्त भएका कर्मचारीको संख्या साढे ८ हजार छ । हालकै दरबन्दी व्यवस्थापन तथा पदपूर्ति गर्न नसकेको नेपाल विद्युत प्राधिकरणले ५ हजार कर्मचारीको दरबन्दी थप गर्न लागेको छ । विभिन्न निर्देशनालय, विभाग तथा शाखाको काममा तीव्रता दिँदै व्यवस्थापन सुधार गर्ने भन्दै दरबन्दी थप्न लागेको हो । प्राधिकरण अन्तर्गत अहिले झन्डै दुई दर्जन सहायक कम्पनी स्थापना गरिएको छ । ...


Advertisements