उर्जा-विकास

नीति तथा कार्यक्रम: १० वर्ष्भित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

Posted: 2018-05-21 17:32:31

 
सुनाखरी न्युज/
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 
 
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्ष्भित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। 
 
आगामी आर्थिक वर्षमा आर्थिक सुधारको प्रयास गरिने, ५ वर्ष्भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने र १० वर्ष्भित्र मध्यस्तरको विकास प्राप्तीको लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ। साथै आय असमानता पनि कम गरिने उल्लेख छ।
समृद्ध नेपाल र सुखी नेपालको अवधारणालाई एक दशकभित्र पूरा गरिने पनि भनिएको छ। नीति तथा कार्यक्रम समद्धिको इतिहासको आधार वर्ष भएको भन्दै सरकारले विकासनीति, कार्यनीतिमा आमुल परिवर्तन गरिने जनाएको छ।
 
‘अबको हाम्रो विकास, सूचना र अनुसन्धानमा आधारित हुनेछन्। राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ– ‘सुरक्षा, परराष्ट्र सम्बन्धका विषयमा अध्ययनका लागि विज्ञहरुको थिंक ट्यांक बनाइनेछ।’
 
नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिदरसहित सबल बनाइने र त्यसका लागि अर्थतन्त्रको संरचनामै परिमार्जन गरिने योजना पनि सरकारको रहेको छ।
 
कृषि, उर्जा, उद्योग, पर्यटन सहरी उर्जालाई प्रोत्साहन गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘वित्तीय अनुसशासनमा कडाई गरिनेछ, सरकारी कोष दुरुपयोगमा अंकुश लगाइनेछ। आन्तरिक स्रोत परिचालनमा बढावा, पूँजी बजारको विस्तार, आन्तरिक बजारलाई गतिशीलता र सम्पत्ति शुद्धिकरणमा कठोर कदम चालिनेछ।’ 
 
५ वर्षमा कृषिमा आश्रित जनशक्ति उत्पादन, कृषि उत्पादन बढाउन आधुनिकीकरण र प्राविधिकीकरण गरिने पनि सरकारको नीति रहेको छ। ‘कृषियोग्य भुमिको खण्डिकर र अतिग्रहण रोकिनेछ, उत्पादन विविधिकरण गरिनेछ’, कार्यक्रममा भनिएको छ।
 
‘कृषि उत्पादनलाई चाहिने मल विउ पशु सेवा केन्द्रमार्फत उपलब्ध, कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ, उत्पादन, विक्री वितरण मूल्य नियन्त्रण गरिनेछ। वन व्यवस्थापनलाई बैज्ञानिक बनाइनेछ’, सरकारको नीति तथा कार्यान्वयनमा भनिएको छ।
 
रेल र जलमार्ग प्राथमिकता
 
सरकारको नीति तथा कार्यक्रममा रेलमार्ग र जलमार्ग निर्माण प्राथमिकतामा परेको छ। राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लगानी प्रोत्साहन गरी मेची–महाकाली, रक्सौल–काठमाडौं, रसुवागढी काठमाडौं रेलमार्ग निर्माण गरिने तथा कोशी, गण्डकी रकर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी तथा संस्थागत वातावरण बनाइने उल्लेख छ।
 
पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने योजना रहेको नीति तथा कार्यक्रममा वर्तमान पुस्ताले महसुस गर्नेगरी नै विकास र समृद्धि गरिने उल्लेख छ। 
 
सरकार असल छिमेक नीतिमा विश्वास गर्ने भन्दै देश भक्तिलाई होच्याउने कुरा सरकालाई स्वीकार्य नहुने भनिएको छ। ‘जोरजुलुम र अराजकता सरकारले स्वीकार्दैन। लोकतन्त्रका आधारभुत मान्यता सरकारले कायम गराउँछ। लोकतन्त्र मासिएला र अराजकता आउला भन्ने कुरामा सरकार विश्वास गर्दैन।’ शान्ति, विकास र अग्रगमनलाई अगाडि बढाइने पनि उल्लेख छ। 



More News



पश्चिम सेतीबाट बाहिरिँदै थ्री गर्जेजः सम्झौता तोड्ने तयारीमा लगानी बोर्ड, पहिले स्मेकले झुक्यायो, अहिले चिनियाँ कम्पनीले !

Posted: 2018-01-17 10:33:50

काठमाडौं । सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनियाँ सरकारी कम्पनी थ्री गर्जेज नेपालको बिजुली खरिद दर चित्तबुझ्दो नभएको बताउँदै लगानी नै नगरी फर्किने मनस्थितिमा देखिएको छ । लगानी बोर्डलार्ई गत डिसेम्बरमा पत्र लेख्दै नेपाल विद्युत प्राधिकरणले तय गरेको विद्युत खरिद दरमा आफूले उक्त आयोजना निर्माण गर्न नसक्ने प्रष्ट पारेको छ । साथै, प्राधिकरणले विद्युत खरिद दरमा कुनै परिवर्तन नगरिने बताएकाले लगानी गर्न नसक्ने स्पष्ट गरेको छ ।...


जलविद्युतमा ११ अर्बको साधारण सेयर आउँदै, बोर्डका अनुसार राधी विद्युत्, पञ्चकन्या माई हाइड्रो पावर, सान्जेन जलविद्युत्, रसुवागढी हाइड्रो पावर र कालिका पावर कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्ने

Posted: 2018-01-16 13:35:57

काठमाडौं- ६ जलविद्युत् कम्पनीले ११ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर (इनिसियल पब्लिक अफरिङ–आइपिओ) जारी गर्ने अन्तिम तयारी गरेका छन् । सबै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट निष्कासन गर्ने स्वीकृति पाइसकेका हुन् । सर्वसाधारणका लागि छुट्ट्याइएको सेयर जारी गर्न सबै कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरेका छन् । सर्वसाधारणबाट ११ अर्ब ४४ करोड ५१ लाख ५६ हजार रुपैयाँ उठाउन ९ करोड ८० लाख ८६ हजार ७ सय ७५ कित्ता सेयर जारी हुँदैछ । बोर्डका अनुसार राधी विद्युत्, पञ्चकन्या माई हाइड्रो पावर, सान्जेन जलविद्युत्, रसुवागढी हाइड्रो पावर र कालिका पावर कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्नेछन् । ...


मध्यभोटेकोसी जलविद्युत दुईवर्षभित्र सक्न निर्देशन, आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य, जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृतरुपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाई भएको

Posted: 2018-01-16 13:34:29

काठमाडौं । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम जसरी पनि दुईवर्षभित्रमा सक्न निर्देशन दिएका छन् । ...


जलविद्युत विकासमा नयाँ प्रविधि भित्र्याउने लक्ष्य सहित हिमालयन हाइड्रो एक्स्पो सकियो, ५० हजार बढीले गरे अवलोकन

Posted: 2018-01-08 14:14:44

काठमाडौं- नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो २०१८ उत्साहजनक रुपमा सञ्चालन भएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको एक्स्पो नेपालको जलविद्युत विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा सम्पन्न एक्स्पोको ६० हजार बढीले अवलोकन गरेका छन् । ‘हामीले अपेक्षा गरे अनुसारको नतिजा एक्स्पोले दिएको छ । उत्साहजन सहभागिताका साथै विदेशी कम्पनीहरुले नेपालको जलविद्युत विकासमा देखाएको चासोले आगामी दिनमा उर्जा क्षेत्रमा धेरै सुधार आउनेमा हामी आशावादी छौं ।’ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले भने । ---


हिमालयन हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा, राष्ट्रपति विद्यादेवि भण्डारीद्धार समुद्घाटन हुने

Posted: 2018-01-03 13:12:16

काठमाडौं- नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा यही पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारी ज्यूबाट हुने तय भएको आयोजकले जानकारी दिएका छन् ।...


Advertisements