उर्जा-विकास

उद्योगको लोडसेडिङ पनि अन्त्य, कुलमानले भनेः मुलुक लोडसेडिङमुक्त

Posted: 2018-05-13 22:20:18

 
सुनाखरी न्युज/
काठमाडौं- विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् ।
 
यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ ।
 
आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने सोमबारदेखि मात्रै हुँदैछ । घिसिङले भने ‘सोमबारदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ हट्दैछ ।’
 
जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोही अनुरुप वैशाखको अन्त्यमा आएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाएको घिसिङले जानकारी दिएका छन् ।
 
‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’
 
अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङ बताउँछन् ।
 
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।



More News



५६ लाख घरधुरीलाई जलविद्युतको मालिक बनाउँदैछौं: ऊर्जा मन्त्री

Posted: 2018-08-17 20:32:03

सुनाखरी न्युज/ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत आयोजनाको निर्माण गरिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले प्राधिकरणको अगुवाईमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दवावमा छनोट नगरिने प्रष्ट पारे । ...


५६ लाख घरधुरीलाई जलविद्युतको मालिक बनाउँदैछौं: ऊर्जा मन्त्री

Posted: 2018-08-17 20:07:26

सुनाखरी न्युज/ काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत आयोजनाको निर्माण गरिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले प्राधिकरणको अगुवाईमा हरेक नेपालीको ...


ढल्केबर सबस्टेसन २२० केभी क्षमतामा संचालन, १२० मेगावाट बिजुली आयो

Posted: 2018-08-17 10:21:31

सुनाखरी न्युज/ काठमाडौं - प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालन (चार्ज)मा आएको छ । नेपालकै हाल सम्मको ठूलो स्वचालित ...


माथिल्लो सोलु जलविद्युत आयोजनाको निर्माण ३० प्रतिशत पूरा

Posted: 2018-08-15 14:33:40

सुनाखरी न्युज/ काठमाडौं - १८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको ३० प्रतिशत निर्माण पूरा भएको छ । सोलुखुम्बुको सोलु खोलामा निर्माणाधीन आयोजनाले १८ महिनाको अवधिमा यो भौतिक प्रगति हासिल गरेको हो । बाँधको ७० ...


कुलमानको करामत, विद्युत प्राधिकरणलाई नाफामा पुर्याए, १ अर्ब खुदनाफा, विद्युत चुहावट २० प्रतिशतमा झर्यो

Posted: 2018-08-14 13:03:47

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न ...


Advertisements