उर्जा-विकास

अरुण तेस्रोको शिलान्यासमा विभागीय मन्त्री नै किन गरियो ‘आउट’? प्रधानमन्त्रीको ‘नियत’मा माओवादीको प्रश्न !

Posted: 2018-05-13 12:18:21

 
सुनाखरी न्युज/
काठमाडौं– नेपाल र भारतका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई वेवास्था गरिएको खुलासा भएको छ । मन्त्रालयका सचिव र अन्य अधिकारीलाई बोलाइए पनि उर्जा मन्त्री बर्षमान पुनलाई भने सो समारोहमा निमन्त्रण नै नगरिएको खुलासा भएको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राती काठमाडौंको बत्तिसपुतली स्थितएक होटलबाट स्विच थिचेर अरुण तेस्रोको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा मन्त्री पुनलाई नबोलाइएको उनी निकट स्रोतले जानकारी दियो । 
 
‘मन्त्रीज्यू हिजो काठमाडौंमै हुनुहुन्थ्यो, शिलान्यास कार्यक्रममा निमन्त्रणा थिएन,’ मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले  भने । सचिवहरुलाई आमन्त्रण गरेर आफूलाई छुटाइएकोमा मन्त्री पुनले अप्ठेरो मानेका थिए । 
 
प्रधानमन्त्रीको एकलौटी बढ्यो : माओवादी
 
माओवादी केन्द्रले भने विभागीय मन्त्रीलाई शिलान्यास कार्यक्रममा नबोलाइनुको पछाडिको नियतमा प्रश्न उठाएको छ । ‘त्यति ठूलो आयोजना शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई जानकारी नदिनु गम्भीर बिषय हो,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘हामी पार्टीमा गम्भीर समीक्षा गर्छाैं।’
 
शिलान्यास अघिको द्विपक्षीय वार्तामा नेपालको तर्फवाट २१ जना सहभागी भएकोमा उर्जा मन्त्रीलाई छुटाइएको थियो । उर्जा तथा सिँचाई मन्त्रालयका सचिवलाई भने शिलान्यासमा बोलाइएको थियो । 
 
अरुण तेस्रोको लाइसेन्स सम्बन्धमा उर्जा मन्त्रालय र लगानी बोर्डबीच विवाद छ । लगानी भित्र्याएपछि आयोजना निर्माणको अनुमतिपत्र लगानी बोर्डले दिन नमिल्ने मन्त्रालयको अडान छ । उर्जा मन्त्रालय र विद्युत् विकास विभागको अधिकार खोसेर लगानी बोर्ड मार्फत् सिधै लाइसेन्स दिन खोजिएको उर्जा मन्त्रालयका अधिकारीहरुको आशंका छ । 
 
लगानी बोर्डले ४ सय ५० मेगावाट भन्दा माथिका केही योजना उर्जासँग मागेको थियो । त्यसमा उर्जा मन्त्री सकारात्मक रहेको मन्त्रालय स्रोत बताउँछ । 
 
आयोजना मागेको छ । उर्जाको कर्मचारी लगानी बोर्डमा छन् । संरचना छैन् । तीन चारवटा पाँचवटा आयोजना नदिइएको छ । 
 
माओवादी मन्त्रीलाई डिनरमा बोलाइएन 
 
शुक्रवार भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा आयोजित रात्री भोजमा समेत माओवादी मन्त्रीहरुलाई विभेद गरिएको छ । सो रात्री भोजमा माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बाहेक अरुलाई आमन्त्रण गरिएको थिएन । 
 
रात्रीभोजमा छुटाइएको विरोधमा माओवादी मन्त्रीहरुले शनिवार काठमाडौं महानगरपालीकाले आयोजना गरेको नागरिक अभिनन्दन बहिस्कार गरेका थिए । 
 
प्रधानमन्त्री ओलीले सचिव सरुवामा एकलौटी गरेको, बजेट निर्माणमा आफ्ना मन्त्रीहरुलाई थाहा नदिएको भन्दै सरकारका क्रियाकलापप्रति माओवादी झस्किएको छ । पार्टी एकता अन्तिम चरणमा पुगेको भनिएको समयमा प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधिले एकता प्रक्रियामा शिथिलता उत्पन्न भएको छ । 



More News



नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले ,पनौती जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न

Posted: 2018-05-25 15:19:31

सुनाखरी न्युज/ काठमाडौं - काभ्रेको खोपासीस्थित २.४ मेगावाटको ऐतिहासिक पनौती जलविद्युत केन्द्रलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ ।नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागेका हुन् । जलविद्युत केन्द्र सञ्चालनको काम प्राधिकरणले आफैंले गर्नेछ । समझदारीपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व विद्यालयसँगको सहकार्यले जलविद्युत केन्द्रको संरक्षण तथा प्रवर्द्धन हुने बताए । ...


प्राधिकरणमा कर्मचारीको दरबन्दी थप्नु , व्यवस्थापन लथालिंग, ज्यालादारी कर्मचारीहरुको समस्या उस्तै

Posted: 2018-05-25 14:13:56

सुनाखरी न्युज/ काठमाडौं- प्राधिकरणमा अहिले करिब ११ हजार कर्मचारी कार्यरत छन । दरबन्दी अनुसार नियुक्त भएका कर्मचारीको संख्या साढे ८ हजार छ । हालकै दरबन्दी व्यवस्थापन तथा पदपूर्ति गर्न नसकेको नेपाल विद्युत प्राधिकरणले ५ हजार कर्मचारीको दरबन्दी थप गर्न लागेको छ । विभिन्न निर्देशनालय, विभाग तथा शाखाको काममा तीव्रता दिँदै व्यवस्थापन सुधार गर्ने भन्दै दरबन्दी थप्न लागेको हो । प्राधिकरण अन्तर्गत अहिले झन्डै दुई दर्जन सहायक कम्पनी स्थापना गरिएको छ । ...


पश्चिम सेती निर्माण गर्न थ्री गर्जेजलाई दिने सम्झौता खारेज

Posted: 2018-05-25 07:16:55

सुनाखरी न्युज/ काठमाडौं - पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजबाट फिर्ता लिइने भएको छ । ७ सय ५० मेगावाटको सो आयोजनाको बारेमा अन्तिम टुंगो लगाउन गठन भएको समितिले थ्रि गर्जेजसँग यसअघि गरेको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।...


७ सय ५० मेगावाटको पश्चिम सेती दोस्रो पटक चिनियाँ कम्पनीसँग खारेज हुँदै , अब प्रतिस्पर्धाबाट मात्र निर्माण गर्ने निष्कर्ष

Posted: 2018-05-24 12:06:55

सुनाखरी न्युज/ काठमाडौं - काम समयमा नगरेपछि सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँगको समझदारी (एमओयू) खारेज गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिको अध्ययन प्रतिवेदनका आधारमा आयोजना खारेज गर्ने भएको हो । खारेज गरी सरकारको बास्केटमा ल्याएर सरकार आफैं वा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा निर्माण गर्ने सरकारको निष्कर्ष छ । ...


नीति तथा कार्यक्रम: १० वर्ष्भित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

Posted: 2018-05-21 17:32:31

सुनाखरी न्युज/ काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्ष्भित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। ...


Advertisements