उर्जा-विकास

अरुण तेश्रो जलविद्युत आयोजना शिलान्यास। मरिसकेको आयोजना पुनः ब्युतियो, द्रुत गतिमा निर्माण गर्न माग

Posted: 2018-05-12 06:29:13

 
सुनाखरी न्युज/
काठमाडौँ – भारतीय सतलज कम्पनीले निर्माण गर्न लागेको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा आयोजनाको शिलान्यास गरेसँगै स्थानीयमा खुशी छाएको छ । उनीहरूले यो आयोजना अब चाँडो बन्नुपर्ने माग समेत राखेका छन्।
 
आयोजनाको शिलान्यास गर्नु मात्र ठूलो कुरा नभएको भन्दै निर्धा्रित समय भित्र अरुण तेश्रो बन्नुपर्ने स्थानीय नागरिकहरूले माग गरेका छन्। दुई देशका प्रधानमन्त्रीले शिलान्यास गरेपछि निर्माण कार्यले पनि गति लिने विश्वास बढेको समेत स्थानीयले बताएका छन्।
 
शुक्रबार साँझ गरिएको अरुण तेश्रोको शिलान्यास स्थलमा मकालुबाट आएका पूर्ण तामाङले आयोजना द्रुत गतिमा बन्नुपर्ने धारणा राखे । मकालुकै दलराज राईले पनि अब यो वा त्यो बहाना गरेर कसैले ढिलाई गर्न नहुने बताए। अहिले तामझामका साथ कार्यक्रम गरी शिलान्यास गरेर पनि निर्माणले गति लिन नसके शिलान्यास गर्नुको अर्थ नरहेको राईको भनाई छ । कतिपय स्थानीयलाई अझै मुआब्जा दिई नसकेको बताउँदै उनीहरूलाई दिनुपर्ने मुआब्जा दिएर बिना अवरोध काम गर्नु पर्ने स्थानीयहरू बताउँछन्।
 
स्थानीयहरू मात्र नभएर परियोजना निर्माण हुने जिल्लाका जनप्रतिनिधि तथा सांसदहरूले पनि परियोजनाको शिलान्याससँगै द्रुत गतिमा काम गरी आयोजना सम्पन्न गर्नुपर्ने बताएका छन्। परियोजना शिलान्यास कार्यक्रममा उपस्थित सांसदहरूले नागरिक र जनप्रतिनिधीहरूले चाँडो आयोजना सम्पन्न गर्न दबाब दिनु पर्ने बताएका छन्। जिल्लाका सचेत नागरिक र जनप्रतिनिधिहरूले परियोजना निर्माणमा सहयोग गरेर निर्धा्रित समयमा परियोजना सम्पन्न गराउनु पर्ने प्रतिनिधी सभाका सांसद राजेन्द्र गौतमले बताए। 
 
परियोजनाका कामहरू सुरु भइसके पनि केही सुरुवाती चरणमा नै पिडिएमा सम्झौता गरिए अनुसार स्थानीय जनशक्तिको प्रयोग नगरिएको गुनासो आउन थालेकाले त्यस तर्फ पनि सचेत गराउनु पर्ने विचार व्यक्त गरे। पिडिएमा सम्झौता गरिएका बुँदाहरू अक्षरांश लागु गराउन नागरिकदेखि सांसद सवै लाग्नु पर्ने समेत बताए। शिलान्यास कार्यक्रममा सहभागी पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले मरिसकेको अरुण तेश्रो पुनः ब्युताएकाले अव कुनै अवरोध बिना निर्माण कार्य सम्पन्न गराउनु पर्ने बताए । पिडिएमा गरिएको सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्दै बेलैमा आयोजना सम्पन्न भए जिल्लावासी मात्र नभएर सिंगो देशले फाइदा लिने बताए। 
 
एक खर्ब २० अर्बको लागतमा बन्न लागेको अरुण तेश्रो वित्तिय व्यवस्थापन गरेको पाँच वर्ष भित्र निर्माण गरिसक्नु पर्नेछ। परियोजना निर्माण पश्चात स्थानीयले प्रति महिना ३० युनिट निशुल्क विद्युत पाउने, निर्माणको क्रममा ३ हजार स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर दिने, सीप नभएका स्थानीयलाई तालिम दिने लगायतका व्यवस्था पिडिएमा उल्लेख गरिएको छ।  



More News



नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले ,पनौती जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न

Posted: 2018-05-25 15:19:31

सुनाखरी न्युज/ काठमाडौं - काभ्रेको खोपासीस्थित २.४ मेगावाटको ऐतिहासिक पनौती जलविद्युत केन्द्रलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ ।नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागेका हुन् । जलविद्युत केन्द्र सञ्चालनको काम प्राधिकरणले आफैंले गर्नेछ । समझदारीपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व विद्यालयसँगको सहकार्यले जलविद्युत केन्द्रको संरक्षण तथा प्रवर्द्धन हुने बताए । ...


प्राधिकरणमा कर्मचारीको दरबन्दी थप्नु , व्यवस्थापन लथालिंग, ज्यालादारी कर्मचारीहरुको समस्या उस्तै

Posted: 2018-05-25 14:13:56

सुनाखरी न्युज/ काठमाडौं- प्राधिकरणमा अहिले करिब ११ हजार कर्मचारी कार्यरत छन । दरबन्दी अनुसार नियुक्त भएका कर्मचारीको संख्या साढे ८ हजार छ । हालकै दरबन्दी व्यवस्थापन तथा पदपूर्ति गर्न नसकेको नेपाल विद्युत प्राधिकरणले ५ हजार कर्मचारीको दरबन्दी थप गर्न लागेको छ । विभिन्न निर्देशनालय, विभाग तथा शाखाको काममा तीव्रता दिँदै व्यवस्थापन सुधार गर्ने भन्दै दरबन्दी थप्न लागेको हो । प्राधिकरण अन्तर्गत अहिले झन्डै दुई दर्जन सहायक कम्पनी स्थापना गरिएको छ । ...


पश्चिम सेती निर्माण गर्न थ्री गर्जेजलाई दिने सम्झौता खारेज

Posted: 2018-05-25 07:16:55

सुनाखरी न्युज/ काठमाडौं - पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजबाट फिर्ता लिइने भएको छ । ७ सय ५० मेगावाटको सो आयोजनाको बारेमा अन्तिम टुंगो लगाउन गठन भएको समितिले थ्रि गर्जेजसँग यसअघि गरेको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।...


७ सय ५० मेगावाटको पश्चिम सेती दोस्रो पटक चिनियाँ कम्पनीसँग खारेज हुँदै , अब प्रतिस्पर्धाबाट मात्र निर्माण गर्ने निष्कर्ष

Posted: 2018-05-24 12:06:55

सुनाखरी न्युज/ काठमाडौं - काम समयमा नगरेपछि सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँगको समझदारी (एमओयू) खारेज गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिको अध्ययन प्रतिवेदनका आधारमा आयोजना खारेज गर्ने भएको हो । खारेज गरी सरकारको बास्केटमा ल्याएर सरकार आफैं वा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा निर्माण गर्ने सरकारको निष्कर्ष छ । ...


नीति तथा कार्यक्रम: १० वर्ष्भित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

Posted: 2018-05-21 17:32:31

सुनाखरी न्युज/ काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्ष्भित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। ...


Advertisements