उर्जा-विकास

ऊर्जा र सिँचाइ आर्थिक समृद्धिको मुख्य आधार: ऊर्जामन्त्री पुन

Posted: 2018-05-11 13:46:34

 
सुनाखरी न्युज/
काठमाडौं-
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा र सिंचाइलाई देशको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
 
नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले ऊर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारेको बताए। 
 
मन्त्री पुनले सुशासनको माध्यमबाट देशलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको भन्दै देशको आर्थिक क्षेत्रको विकासका लागि जलस्रोत चालक शक्तिको रुपमा रहेको उल्लेख गरे।
 
मन्त्री पुनले सुशासनलाई कायम राख्न सरकारले अधिकतम पहल गर्ने पनि बताए। उनले विकास र समृद्धिका लागि प्राप्त अवसर सदुपयोग गरेर अगाडि बढ्ने उल्लेख गरे।



More News



नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले ,पनौती जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न

Posted: 2018-05-25 15:19:31

सुनाखरी न्युज/ काठमाडौं - काभ्रेको खोपासीस्थित २.४ मेगावाटको ऐतिहासिक पनौती जलविद्युत केन्द्रलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ ।नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्व विद्यालयले जलविद्युत केन्द्रलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागेका हुन् । जलविद्युत केन्द्र सञ्चालनको काम प्राधिकरणले आफैंले गर्नेछ । समझदारीपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व विद्यालयसँगको सहकार्यले जलविद्युत केन्द्रको संरक्षण तथा प्रवर्द्धन हुने बताए । ...


प्राधिकरणमा कर्मचारीको दरबन्दी थप्नु , व्यवस्थापन लथालिंग, ज्यालादारी कर्मचारीहरुको समस्या उस्तै

Posted: 2018-05-25 14:13:56

सुनाखरी न्युज/ काठमाडौं- प्राधिकरणमा अहिले करिब ११ हजार कर्मचारी कार्यरत छन । दरबन्दी अनुसार नियुक्त भएका कर्मचारीको संख्या साढे ८ हजार छ । हालकै दरबन्दी व्यवस्थापन तथा पदपूर्ति गर्न नसकेको नेपाल विद्युत प्राधिकरणले ५ हजार कर्मचारीको दरबन्दी थप गर्न लागेको छ । विभिन्न निर्देशनालय, विभाग तथा शाखाको काममा तीव्रता दिँदै व्यवस्थापन सुधार गर्ने भन्दै दरबन्दी थप्न लागेको हो । प्राधिकरण अन्तर्गत अहिले झन्डै दुई दर्जन सहायक कम्पनी स्थापना गरिएको छ । ...


पश्चिम सेती निर्माण गर्न थ्री गर्जेजलाई दिने सम्झौता खारेज

Posted: 2018-05-25 07:16:55

सुनाखरी न्युज/ काठमाडौं - पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजबाट फिर्ता लिइने भएको छ । ७ सय ५० मेगावाटको सो आयोजनाको बारेमा अन्तिम टुंगो लगाउन गठन भएको समितिले थ्रि गर्जेजसँग यसअघि गरेको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।...


७ सय ५० मेगावाटको पश्चिम सेती दोस्रो पटक चिनियाँ कम्पनीसँग खारेज हुँदै , अब प्रतिस्पर्धाबाट मात्र निर्माण गर्ने निष्कर्ष

Posted: 2018-05-24 12:06:55

सुनाखरी न्युज/ काठमाडौं - काम समयमा नगरेपछि सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँगको समझदारी (एमओयू) खारेज गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिको अध्ययन प्रतिवेदनका आधारमा आयोजना खारेज गर्ने भएको हो । खारेज गरी सरकारको बास्केटमा ल्याएर सरकार आफैं वा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा निर्माण गर्ने सरकारको निष्कर्ष छ । ...


नीति तथा कार्यक्रम: १० वर्ष्भित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

Posted: 2018-05-21 17:32:31

सुनाखरी न्युज/ काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्ष्भित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। ...


Advertisements