उर्जा-विकास

भारतबाट आयात गर्ने बिजुली महँगिने, ढल्केबर–मुजफ्फरपुरबाट १२० मेगावाट विद्युत् ल्याउन १५ महिने सम्झौता

Posted: 2018-03-29 10:51:06

 
 
काठमाडौँ — भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि नेपाल आयात हुने बिजुली महँगिने भएको छ । मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणले बुधबार १५ महिने विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।
 
 
 
भारतको राजधानी नयाँ दिल्लीमा भएको तीन दिन लामो वार्तापछि अहिलेको दरभन्दा केही महँगोमा विद्युत् किन्ने सम्झौता भएको हो ।
 
नयाँ सम्झौता अप्रिलबाट सुरु भई सन् २०१९ को जुनसम्म कायम रहन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली सोमबारदेखि भारतीय पक्षसँग वार्तारत थियो । प्राधिकरणले भारतीय पक्ष एनटीपीसीसँग यसअघि गरेको सम्झौताको म्याद शनिबार सकिँदै छ ।
 
पीपीएमा बुधबार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका हुन् । ‘वार्तामा हामीले पुरानै दरमा विद्युत् किन्ने अडान राख्यौं,’ प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले भने, ‘मूल्य बढेकाले पुरानै दरमा विद्युत् दिन नक्सने अडान भारतीय पक्षको रहयो ।’
 
भारतीय सर्वोच्च अदालतले पेट्रोलियम कोक (न्यूनस्तरको इन्धन) र फर्नेस आयलमा प्रतिबन्ध लगाउँदा त्यसबाट विद्युत् उत्पादन गर्ने प्लान्टहरू बन्द भएको, विद्युत् उत्पादनमा प्रयोग हुने इन्धनको मूल्य बढेको, भारतको विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को मूल्य महँगो रहेको कारण देखाउँदै एनभीभीएनले अहिलेकै दरमा विद्युत् बिक्री गर्न नसकिने अडान राख्दै आएको थियो ।
 
प्राधिकरणले अहिले ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनमार्फत प्रतियूनिट ३.६० भारुमा विद्युत आयात गरिरहेको छ । अबको नयाँ मूल्य भने केही महँगिने भएको छ । प्राधिकरणले ६ महिनाका लागि प्रतियुनिट ३.९८ भारु ६.३६ र त्यस बाँकीको अवधिका लागि उक्त मूल्यमा ५ प्रतिशतले वृद्धि हुने गरी सम्झौता गरेको हो । सम्झौतापछि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत १ सय २० मेगावाट विद्युत् आयात सुनिश्चित भएको प्रवक्ता अधिकारीले बताए ।
 
प्राधिकरणले एनभीभीएसँग सुरुमा प्रतियुनिट भारु ३.४४ (५.५० नेरु) मा पीपीए गरेको थियो । भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर प्रतियुनिट भारु ३.६० पुगेको थियो ।
 
नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ ।
 
भारतले एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई नोडल एजेन्सी तोकेको छ । प्राधिकरणले एनभीभीएनसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी विद्युत् आयात गरिरहेको हो ।
 
भारतको विद्युत् एक्सचेन्जको औसत ‘मार्केट क्लियरिङ प्राइस’ प्रतियुनिट भारु ४.१९ (६.७० नेरु) छ ।
 
प्राधिकरणले व्यापारिक सम्झौता, विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली भारतबाट ल्याइरहेको छ । व्यापारिक सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्जअन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ । दुई मुलुकबीचको पावर एक्सचेन्च कमिटी (पीईसी) ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट विद्युत् आयात गर्छ ।



More News



तामाकोशीको काम समयमा नै समपन्नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

Posted: 2018-04-11 13:53:48

सुनाखरी न्युज/ काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् । ४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले...


भारतबाट आयात गर्ने बिजुली महँगिने, ढल्केबर–मुजफ्फरपुरबाट १२० मेगावाट विद्युत् ल्याउन १५ महिने सम्झौता

Posted: 2018-03-29 10:51:06

काठमाडौँ — भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि नेपाल आयात हुने बिजुली महँगिने भएको छ । मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणले बुधबार १५ महिने विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।...


उपत्यकामा अघोषित लोडसेडिङ, प्राविधिक गडबडीमात्र भएको प्राधिकरणको दावी

Posted: 2018-03-26 10:50:47

सुनाखरी न्युज/ काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पछिल्ला केही दिनयता काठमाडौं उपत्यका लागायत मुलुकका बिभिन्न भागका अघोषितरुपमा बिद्युत कटौती (लोडसेडिङ) गर्न शुरु गरेको छ । नदिमा पानीको बहाव घटेसँगै माग र आपूर्तिवीचको सन्तुलन कायमगर्न नसक्दा प्राधिकरणलाई अप्ठ्यारो परेको हो । ...


उपत्यकामा विद्युत कतौति बढ्यो, लोडसेडिङ नगरेको प्राधिकरणको दावी

Posted: 2018-03-25 11:50:06

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित-अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...


आर्थिक सम्वृद्धिको प्रमुख आधारस्तम्भ ऊर्जाः मन्त्री पुन

Posted: 2018-03-23 14:41:45

सुनाखरी न्युज- ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आर्थिक सम्वृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारले दोहोर आर्थिक वृद्धिदरको संकल्प लिएको र त्यसका लागि ऊर्जानै प्रमुख आधार स्तम्भ भएको बताएका हुन् । ...


Advertisements