उर्जा-विकास

उपत्यकामा अघोषित लोडसेडिङ, प्राविधिक गडबडीमात्र भएको प्राधिकरणको दावी

Posted: 2018-03-26 10:50:47

 
सुनाखरी न्युज/
काठमाडौं-
नेपाल विद्युत प्राधिकरणले पछिल्ला केही दिनयता काठमाडौं उपत्यका लागायत मुलुकका बिभिन्न भागका अघोषितरुपमा बिद्युत कटौती (लोडसेडिङ) गर्न शुरु गरेको छ । नदिमा पानीको बहाव घटेसँगै माग र आपूर्तिवीचको सन्तुलन कायमगर्न नसक्दा प्राधिकरणलाई अप्ठ्यारो परेको हो । 
नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित÷अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको जनाएको छ । उसले अहिलेको अवस्थामा नै लोडेडिङ गर्न नपर्ने दावी गरेको छ ।
औद्योगिक ग्राहकलाई केही घण्टाको  लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ भन्ने गरेको बताए ।  
शुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । ‘विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले  विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए’, घिसिङले भने ‘प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।’ 
सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्ने लगायतका प्राविधिक कारणले त्यस आसपसमा क्षेत्रमा केही समय विद्युत कटौती भएको हुन सक्ने उनले बताए । ‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत आपूर्ति नियमित गर्न मन्त्रीबाट समेत निर्देशन भइसकेको छ,’ उनले भने ‘सोहीअनुसार काम गरिरहेका छौ ।’ 
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । 
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताए । ‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत आपूर्ति कटौती गर्न परेको हुन सक्छ’, उनले भने ‘मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।’
हाल विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३३६ मेगावाट, निजी क्षेत्रबाट १४५ मेगावाट र भारतबाट ४२८ मेगावाट गरी कूल ९०९ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ । प्राधिकरणका अनुसार हाल बिद्युतको उच्चतममाग ११९८ मेगावाट छ । उपलब्ध विद्युतवाट माग आपूर्तिवीचको सन्तुलन कायम हुन नसकेपछि प्राधिरकणले घोषितरुपमा औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गरेको छ ।
माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ । मुलुकको करिब ६५ प्रतिशत भूभागमा मात्रै विद्युत् सेवा पुगेको छ । केन्द्रीय प्रसारण लाइन नपुगेका धेरैजसो जिल्ला र पुगेका जिल्लामा पनि सबै स्थानमा विद्युत् सेवा सहजरूपमा उपलब्ध हुन सकेको छैन । 
सरकारले विद्युत् सेवा पाउने अधिकार आमनागरिकको भएको जनाए पनि साधन र स्रोतको अभावमा सबै नेपालीले त्यस प्रकारको सेवा पाउन सकेका छैनन् । विद्युत् सेवा पुगेका स्थानमा समेत प्राविधिक समस्या तथा अन्य कमजोरीका कारण ग्राहकले नियमितरूपमा विद्युत् पाउन सकेका छैनन् । कर्णाली र सेती अञ्चलका पहाडी जिल्लाका सदरमुकाममा अझैसम्म पनि केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । 
करिब ३५ प्रतिशत जनता अझै पनि २४ सै घन्टा विद्युत्भार कटौतीको मारमा छन् । सामुदायिक विद्युतीकरण कार्यक्रमबाट समुदायले सो पहलमा विद्युत् सेवा दिने प्रयास गरेको भए पनि लगानी र व्यवस्थापनका कारण सोचेजति प्रगति हुन सकेको छैन । प्राधिकरणले विद्युत् सेवा नपुगेका सबै जिल्ला र बस्तीमा योजनाबद्ध रूपमा कार्यक्रम लैजान सकेको छैन । 
 
 



More News



पश्तिम सेती कम क्षमतामै बनाउने निर्णय, थ्री गर्जेजसँग लगानीवोर्डले वार्ता गर्ने

Posted: 2018-07-18 07:00:02

सुनाखरी न्युज/ काठमाडौं -पश्चित सेती जलविद्युत आयोजनाको कम क्षमतामा बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ । लगानी बोर्डको मंगलबार बसेको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको हो । ...


जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न नेपाल–भारतवीच सहमति

Posted: 2018-07-17 06:57:42

सुनाखरी न्युज/ काठमाडौं- नेपाल–भारतवीच जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो ।...


३ दिनपछि कोहलपुर सबस्टेसन सुचारु, ३ जिल्लाको विद्युत आपूर्ति नियमित

Posted: 2018-07-16 11:17:55

सुनाखरी न्युज/ काठमाडौं - १३२ - ३३ केभी कोहलपुर सबस्टेसनको ट्रान्सफर्मर मर्मतपछि ३ दिन यता आंशिक अवरुद्ध विद्युत आपूर्ति नियमति भएको छ । सबस्टेसनमा जडित ३० एमभिए क्षमताको एउटा ट्रान्सफर्मरको समस्याग्रस्त ब्रेकर परिवर्तन गरी चार्ज ...


माथिल्लो कर्णाली जलविद्युत आयोजनामा जीएमआरले झुलाएको झुलायै

Posted: 2018-07-15 07:14:58

सुनाखरी न्युज/ काठमाडौं- ९०० मेगावाट क्षमताको बहुप्रतिक्षित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जीएमआरले दोस्रो पटक थपिएको समय सीमामा पनि लगानी जुटाउन सकेको छैन। लगानी बोर्डले गत वर्ष वित्तीय व्यवस्थापनको लागि थप एक वर्षको समय दिएको थियो। समय सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि आयोजनाले वित्तीय व्यवस्थापन गर्न नसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।...


बेलायती लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

Posted: 2018-07-14 06:53:45

सुनाखरी न्युज/ काठमाडौं -ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले बेलायत सरकारलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीमार्फत मन्त्री पुनले ऊर्जाको क्षेत्रमा लगानी गर्न सरकारलाई प्रेरित गरिदिन आग्रह गरेका हुन् । ऊर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई आकषिर्त गर्न प्रेरित गरिदिन आग्रह गरेका थिए ।...


Advertisements