उर्जा-विकास

उपत्यकामा विद्युत कतौति बढ्यो, लोडसेडिङ नगरेको प्राधिकरणको दावी

Posted: 2018-03-25 11:50:06

 
नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित-अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । 
औद्योगिक ग्राहकलाई केही घण्टाको  लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनी बुझ्नु भएन ।’ 
शुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले  विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए । प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ । 
‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्ने लगायतका प्राविधिक कारणले त्यस आसपसमा क्षेत्रमा केही समय विद्युत कटौती भएको हुन सक्छ’ घिसिङले भन्नु भयो,‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत आपूर्ति नियमित गर्न मन्त्रीज्यूबाट पनि निर्देशन भइसकेको छ, सोहीअनुसार काम गरिरहेका छौ ।’ 
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिनु भएको छ । 
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताउनु भयो । ‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत आपूर्ति कटौती गर्नु भएको हुन सक्छ’, उहाँले भन्नु भयो,‘मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।’
 
 



More News



बूढीगण्डकीमा राजनीति, आयोजना पश्चिम सेतीकै हालत हुने आशंका

Posted: 2018-09-24 07:46:40

सुनाखरी न्युज/ काठमाडौं- वहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना थप अन्यौलमा परेको छ । सरकार परिवर्तन भए पिच्छे आयोजना निर्माणको जिम्मादिने कम्पनि परिवर्तन हुन थालेपछि आयोजनाको भबिष्य थप अन्यौलमा परेको मात्र नभई आयोजनाको हालत नै पश्चित सेती वन्ने खतरा वढेको हो ।...


तल्लो मोदी जलविद्युत् आयोजनाको काम ९५ प्रतिशत पुरा

Posted: 2018-09-23 11:29:17

सुनाखरी न्युजर/ पर्वत - पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन सुरु गर्ने बताएको छ। २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि ...


कालिगण्डकी जलविद्युत आयोजना ५ दिन बन्द, नारायणघाट पश्चिम बिजुली आपूर्ति कटौती

Posted: 2018-09-22 08:03:18

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सबैभन्दा ठुलो कालिगण्डकी ए जलविद्युत आयोजना मर्मतका लागि ५ दिनका बन्द हुने भएको छ । कालिगण्डकी आइतबारदेखि बिहीबारसम्म बन्द हुने छ । आयोजना बन्द भएपछि १४४ मेगावाट बिजुली प्रणाली बाहिर हुने छ । विद्युत प्राधिकरणलाई माग व्यवस्थापन गर्न दवाव बढ्ने छ ।...


कर्मचारीमाथि प्राधिकरणको अंकुश, आएको र गएको समय स्पष्ट हुने गरी हाजिर गर्नुपर्ने

Posted: 2018-09-21 14:54:38

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले हाजिर गरेर टाप कस्ने कर्मचारीमाथि अंकुश लगाउने भएको छ । प्राधिकरणले आएको र गएको समय स्पष्ट हुने गरी दिनको २ पटक हाजिर गर्नुपर्ने नियम कडाइका साथ लागु गर्न ...


राजधानीका यी क्षेत्रमा आज लोडसेडिङ, बिहान ८ बजेदेखि दिउँसो ३ बजे सम्म हुने

Posted: 2018-09-21 09:32:09

सुनाखरी न्युज/ काठमाडौँ - राजधानीमा शुक्रबार बिहान ८ बजेदेखि शुरु भएको लोडसेडिङ दिउँसो ३ बजेसम्म हुने भएको छ । राजधानीको बालाजु सवस्टेशनबाट विद्युत्त आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज लोडसेडिङ रहने प्राधिकरणले ...


Advertisements