तामाकोशीको काम समयमा नै समपन्नगर्न प्रधानमन्त्री ओलीको निर्देशन
Posted: 2018-04-11 13:53:48

सुनाखरी न्युज/
काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् ।
४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताएका छन् ।
उनले सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिँदै भने ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ।’
यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ । तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री ओलीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म बिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताएका छन् ।
उनले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने पनि बताएका छन् । ‘निर्माण कम्पनी र परामर्शदाता समयमै पैसा भुक्तान गर्नुुपर्छ, त्यसको लागि विदेशी मुद्रा सटहीको लागि म पहल गर्दिन्छु’ उनले भने ।
प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धा्रित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताएका छन् । उनले राष्ट्रिय गौरबका अन्य आयोजना भन्दा यो आयोजना पहिलै सञ्चालनमा आउनुपर्ने बताएका छन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन् । उनले भने ‘एक महिना मात्रै पनि यो आयोजना छिटो निर्माण सम्पन्न गर्न सकियो भने अर्बाै रकम बचत हुन्छ ।’
माथिल्लो तामाकोशी हाइड्रोपावरका सिइओ विज्ञान श्रेष्ठले भने भारतीय कम्पनी टेक्सम्याकाले काम नगरेका कारण आयोजनाको काम समयमै निर्माण अघि बढ्न नसकेको बताएका छन् । श्रेष्ठले अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी गराए ।
आयोजनाको लागत ४९ अर्ब २९ करोड हुने उनको आँकलन छ । सुरुमा यो आयोजनाको लागत भने ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।
More News
Posted: 2018-04-11 13:53:48
सुनाखरी न्युज/
काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् ।
४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले...
Posted: 2018-03-29 10:51:06
काठमाडौँ — भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि नेपाल आयात हुने बिजुली महँगिने भएको छ । मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणले बुधबार १५ महिने विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।...
Posted: 2018-03-26 10:50:47
सुनाखरी न्युज/
काठमाडौं-
नेपाल विद्युत प्राधिकरणले पछिल्ला केही दिनयता काठमाडौं उपत्यका लागायत मुलुकका बिभिन्न भागका अघोषितरुपमा बिद्युत कटौती (लोडसेडिङ) गर्न शुरु गरेको छ । नदिमा पानीको बहाव घटेसँगै माग र आपूर्तिवीचको सन्तुलन कायमगर्न नसक्दा प्राधिकरणलाई अप्ठ्यारो परेको हो । ...
Posted: 2018-03-25 11:50:06
नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित-अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ ।
औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...
Posted: 2018-03-23 14:41:45
सुनाखरी न्युज-
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आर्थिक सम्वृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारले दोहोर आर्थिक वृद्धिदरको संकल्प लिएको र त्यसका लागि ऊर्जानै प्रमुख आधार स्तम्भ भएको बताएका हुन् । ...