यसरी गरिएको भक्तपुरको डुबान पश्चात उद्दार प्रयास, उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन

Posted: 2018-07-12 15:33:21

 
सुनाखरी न्युज/
भक्तपुर– बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।
 
डुवानमा परेर तीन जनाको मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन्।
डुबानका कारण भक्तपुरको राधेराधे, मध्यपुर थिमी क्षेत्र, बागेश्वरी, सृजनाचोक र निकोशेरा क्षेत्र ज्यादा प्रभावित भएका छन्। यी क्षेत्रमा घरको पहिलो तलाको आधाआधी भाग पानीले भरिएको छ।
 
उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ भने स्थानीय अगुवाहरुपनि जुटेका छन्।

Advertisements