सडक नै जलमार्ग वनेपछि जनजीवन प्रभावित, मुलुकका अधिकांस क्षेत्रमा बर्षको प्रभाव

Posted: 2018-07-12 13:13:12

 
सुनाखरी न्युज/
काठमाडौँ-
 रातीदेखि परेको वर्षाका कारण भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको छ । 
 
सडक समेत डुबानमा परेपछि बिहिबार विहान जिल्लाको यातायात सेवा नै अस्तव्यस्त बन्न पुग्यो । 
 
सवारी साधनहरुनै डुब्ने गरी सडकमा पानी जम्मा भएपछि एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भएको थियो ।
 
सडकमा अस्वभाविक रुपमा पानी जमेपछि जिल्ला प्रहरी कार्यालय भक्तपुरले बनोपा तर्फबाट काठमाडौं आउने एकतर्फी सवारी मात्र चल्न दिएको थियो ।
 
भक्तपुरको ठिमी–निकोसेरा, जगाती–लिवाली, मनोहरा खोला आसपाको सड्क जलमग्न हुँदा यातायात प्रभावित भएको थियो ।
 
जसले गर्दा आफ्नो गन्तव्य पुग्न पर्ने यात्रु, विद्यार्थी तथा कर्मचारीहरु अलपत्र परेका थिए ।
 
अहिले वर्षा रोकिएपछि यातायात दुवै तर्फ सञ्चालनमा आएको छ ।

Advertisements