कर छल्नेहरु फन्दामा पर्दै, यसरी गर्दैछ सरकारले दोहोरो खाता परीक्षण

Posted: 2018-06-13 08:48:15

 
सुनाखरी न्युज/
काठमाडौं-
दोहोरो मुल्य कायमगरी कर छली गर्नेहरु अव फन्दामा पर्ने भएका छन् । आफ्नो आन्तकि हिसाव एउटा  कर कार्यालयमा अर्को हिसावको फायल वनाएर वुझाउने करदाताहरु अव फस्ने भएका हुन् । 
सरकारले दोहोरो फायल वनाउने ब्यवसायीहरुको छानविन गर्ने र दोहोरो फायल नै आपसमा भिडाउने नीति लिएप्छि अहिले त्यता ब्यवसायीहरु आत्तिएका छन् । सरकराले भने अवदेख क कार्यालयमा वुझाइएको फाइल र बैंक खाता भिडाउन लागेको छ । यसवाट यथार्थ विवरण वाहिर आउने सरकारी अनुमान छ । 
सरकारले गर्न लागेको नयाँ ब्यवस्थामा खासगरुी ठूला करदाता फस्ने संभावना बढी रहेको आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए । उनका अनुसार अधिकांस ठूला र चर्चित ब्यापारिक तथा औद्योगिक धरानाले यसरी दोहोरो फाइदा वनाए कर छली गर्दै आएको खुलेको छ । 
विगभाले पहिलो चरणमा ठूला घरानाकारुपमा रहेको चोधरी समूह, गोल्छा समूह, पञ्चकन्या समूह, ज्योति समूह, बैद्य समूह लगायतका तनि दर्जन भन्दा बढीको सूचि वनाएको छ । सोही सूचिका आधारामा अन्य प्रकृया अगाडि बढाउँदै लगिने विभाग स्रोतले बतायो । 
कुनै सामान किनी विलमाग्दा पनि व्यापारीले नदिएको वा मूल्य अभिवृद्धिकर (भ्याट) का नाममा थप रकम मागेको अनुभव धेरैको छ । तर, सबैलाई थाहा नहुन सक्छ, यसको जड हो– सामान आयात गर्दा भन्सारमा उक्त वस्तुको वास्तविक मूल्यभन्दा कम भाउ देखाएर सामान छुटाउनु अथवा न्यूनबीजकीकरण । वीरगन्ज भन्सारमा न्यूनबीजकीकरणका सामान रोक्न खोज्दा तत्कालीन भन्सार प्रमुख केवल भण्डारीमाथि हातपातै भएको थियो । हाल अर्थ मन्त्रालयमा रहेका भण्डारीका अनुसार यसले मुलुकको अर्थतन्त्रमै ठूलो असर पारेको छ । 
न्यूनबीजकीकरणको पहिलो उद्देश्य भन्सार महसुल छल्नु हो । उदाहरणका लागि कुनै वस्तुको मूल्य चीनको ग्वान्जाउ सहरमा किन्दा १ हजार रुपैयाँ परेको छ । त्यसको भन्सार महसुल दर २० प्रतिशत छ । वास्तविक मूल्यमा भन्सार छुटाउँदा आयातकर्ता व्यापारीले २ सय रुपैयाँ भन्सार महसुल बुझाउनुपर्छ 
आयात हुने सामानको भन्सार विन्दुमै १३ प्रतिशत भ्याट पनि लाग्छ । भन्सार महसुल लागिसकेको मूल्यमा भ्याट लाग्ने हो । सामानको मूल्य नै कम देखाएर कम मात्रै भन्सार जोडिँदा व्यापारीले भ्याट रकम पनि कम तिरे पुग्ने भयो । व्यापारीको अब भ्याटबापतको रकम पनि जोगायो । 
राजस्व छलीको ठूलो खेल अब उक्त सामान बजारमा आइसकेपछि सुरु हुन्छ । सामान किन्दा बिल नदिने प्रपञ्च यही आयकर बढी तिनुपर्ने हँुदा सुरु हुने हो । माथिकै वस्तुमा न्यूनबीजकीकरण गरेर भन्सार, भ्याट र अन्य करसहित व्यापारीले भन्सारमा मानौं ५० रुपैयाँ बुझायो । व्यापारीको वास्तविक लागत (एक हजारमा किनेकाले) १० सय ५० रुपैयाँ हुन आउँछ । 
तर व्यापारीले भन्सारमा उल्लेख गरेको मूल्यमा ५० रुपैयाँ जोड्दा उसको लागत सरकारी तथ्यांकअनुसार १ सय ५० रुपैयाँ मात्रै हुन आउँछ । अब व्यापारीले सोही सामान १५ सयमा बेच्छ भने वास्तविक रूपमा उसको नाफा ४ सय ५० रुपैयाँ हुन्छ । तर, भन्सारमा तोकिएको मूल्यअनुसार भने १३ सय ५० रुपैयाँ हुन आउँछ । 
यसरी न्यूनबीजकीकरण गरेर बिल नक्कली बनाएर ठगी त गरियो । तर, वास्तविक मूल्य बराबरको पैसा त सामान किनिएको ग्वान्जाउ वा अन्य विदेशी व्यापारीलाई त लागत मूल्य तिर्नुर्पयो । सुरुकै उदाहरणमा आयातकर्ताले वास्तवमा १ हजारमा सामान किनेको हुन्छ । कर छलीका लागि भन्सारमा १ सय मात्रै देखाउँछ । 
हुन्डीको जालो बढ्दै गएपछि सुन तस्करीलाई पनि राहत भएको छ । हङकङ र दुबईबाट सुन भन्सार नतिरी तस्करी भएर नेपाल आउँछ । त्यसको भुक्तानीका लागि हुन्डीको रकम प्रयोग हुन्छ । त्यो सुन नेपाली बजारसँगै भारतमा पनि जाने गरेको छ । भारतमा पनि सुन नगदमै बिक्री हुन्छ । भारतमा पाइने नगदै भारु कालाबजारियालाई महँगोमा बेचेर थप मुनाफा कमाइन्छ । भारतसँगको १ सय भारु बराबर १ सय ६० स्थिर विनिमय दर भए पनि १ सय ६५ भन्दा बढीमा भारु बिक्ने गरेको छ । 
हुन्डी वा तस्करी गरेर यदि तिर्न पुगेन भने प्रतीतपत्रमै घोटाला गरेर पनि अपचलन हुने क्रम अझै रोकिएको छैन । दुई वर्षअघि एकजना साधारण व्यक्ति पदमबहादुर राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । उनी करिब ३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलनको अभियोगमा थुनामा परे । त्यसका असली मालिक भने पछि छुटेका थिए । सामान ल्याउने भनेर प्रतीतपत्र खोलेर रकम बाहिर लाने तर सामान नल्याउने विधिबाट विदेशी मुद्राको अपचलन हुने गरेको छ ।
कुनै व्यवसायीले वास्तविक मूल्यमा आयात गरी भ्याट तिरेर सामान बिक्री गर्छन् भने महँगो पर्ने गुनासो व्यवसायीको छ । कर छली गर्ने व्यापारीको सामान स्वाभाविक रूपमै सस्तो हुने भएकाले ग्राहकले त्यही सामान रोज्छन् । यही भएर बजारभरि नै न्यूनबीजकीकरण गरिएका र भ्याट बिल नदिने सामानको बिगबिगी छ । 
 

Advertisements