कर्पोरेट-बजार

नुविया फोनले ल्यायो ‘दसैँ दक्षिणा’ अफर

Posted: 2018-10-12 10:50:57

सुनाखरी न्युज/ काठमाडौं - नेपालीहरुको पर्व दसैं र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दसैं दक्षिणा’ नामक अफर ल्याएको छ ।नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक विक्रेता आईटिपी नेपाल प्रालिले २४ असोजदेखि कार्तिक ३० सम्म लागु हुनेगरी दसैं दक्षिणा अफर ल्याएको हो । यस अफर अन्तर्गत नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘ हेडफोन’ प्रदान गरिने जनाइएको छ ।अफरमा ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा भएको एम २ लाइट फोनको मूल्य १८,७९५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो फोन १९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।यसैगरी ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिसक्सेल सेल्फी क्यामरा जडित एन २ फोन १,७०४ रुपैयाँ क्यासब्याक दिएर २३,१९५ रुपैयाँमा उपलब्ध गराइएको छ । यसअघि यो फोनको मूल्य २४,८९९ रुपैयाँ कायम थियो ।
 
 
त्यस्तै ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड १७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई १,००४ रुपैयाँ क्यासब्याक दिइएको छ । यसको वर्तमान मूल्य २८,९९५ रुपैयाँ कायम गरिएको छ भने यसअघि २९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड १७ मिनिजी स्मार्ट फोनको मूल्य ३२,९९५ रुपैयाँ कायम गरिएको छ । जबकी यो फोन ३७,४९९ रुपैयाँमा विक्री हुँदै आएको थियो । यसमा ग्राहकलाई ४,५०४ रुपैयाँ क्यासब्याक दिइएको छ ।यसैगरी दशैको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जीबी र्याम, ६४ जीबी रोम, १३ एमपी र २एमपी ड्युल क्यामरा एवं १६ मेगापिक्सेलको सेल्फी क्यामरा जडित जेड १७ लाइट फोन ३१,९९५ रुपैयाँमा उपलब्ध गराइएको आईटिपी नेपालले जनाएको छ । अब केही दिनभित्रै नुबियाको भी १८ ( मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ ।
 
 



More News



चन्द्रागिरि केवलकार दशैंभर सञ्चालनमा, टिकाको दिन पनि बिहान १० बजेदेखि खुल्ने

Posted: 2018-10-16 11:24:23

सुनाखरी न्युज/ काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दशैं विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा ...


इजीलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रबि लामिछाने

Posted: 2018-10-15 11:11:46

सुनाखरी न्युज/ काठमाडौं - इजीलिंक रेमिट्यान्स “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ” भन्ने मूल नाराका साथ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपालमा ...


राजमार्गमा हुन्डाईको ‘फ्रि चेकअप क्याम्प’

Posted: 2018-10-15 10:20:22

सुनाखरी न्युज/ काठमाडौं - हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले राजमार्गका विभिन्न ठाउँमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ। ‘हुन्डाई हाइवे एस्युरेन्स’मार्फत कम्पनीले आफ्ना ग्राहकलाई सेवा दिने ...


सामाखुसीमा युएमको नयाँ शोरुम विस्तार

Posted: 2018-10-14 09:17:09

सुनाखरी न्युज/ काठमाडौं - यूएम मोटरसाइकलले सामाखुशीमा नयाँ शोरुम विस्तार गरेको छ। अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले शोरुमको उद्घाटन गरे। शोरुम सञ्चालनसँगै ग्राहकको माग पूरा गर्न सहज हुने ...


माइक्रोम्याक्सको नयाँ मोबाइल स्मार्टफोन नेपाली बजारमा

Posted: 2018-10-12 12:09:53

सुनाखरी न्युज/ काठमाडौं - स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक ...


Advertisements