कर्पोरेट-बजार

बिजि मलमा सुरु भयो दशैं तिहार उपहार योजना

Posted: 2018-10-10 13:20:01

सुनाखरी न्युज/ काठमाडौं - काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ । फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउन सक्नेछन् ।चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।
 
 
यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन । बम्पर उपहारका रुपमा ग्राहक मध्येबाट एक एक जनाले टिभिएसको अपाची मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने गिरीले बताए । उक्त उपहार योजना आगामी कात्तिक ३० गते सम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन ।



More News



आइएमई जनरल इन्स्योरेन्सको ४४ औं शाखा किर्तिपुरमा उद्घाटन

Posted: 2018-12-14 13:43:01

सुनखरी न्युज/ काठमाडौ - आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४४औं शाखा काठमाडौंकोे किर्तिपुरमा उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन । कम्पनीको संचालक ...


जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले ल्यायो रुसलान अल्ट्रा प्रिमियम भोड्का

Posted: 2018-12-14 13:26:14

सुनखरी न्युज/ काठमाडौ - जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का फील एभ्रीथिङ, सी नथिङ भन्ने मूल नाराका साथ बजारमा प्रस्तुत गरेको छ । जसलाई द वल्र्ड्स क्लियरेष्ट भोड्काको रुपमा बजारमा ...


आइएमइ पेबाट पेट्रोलको पैसा तिर्दा लिटरमा २ रुपैयाँ छुट

Posted: 2018-12-14 10:58:42

सुनाखरी न्युज/ काठमाडौ - विद्युतीय भुक्तानी सेवा प्रदायक आएमई पेबाट डिजेल र पेट्रेल खरिद गर्दा प्रति लिटर २ रुपैयाँ छुट पाइने भएको छ। मोबाइल एप्लिकेशनबाट चल्ने यसबाट मूल्य तिर्दा काठमाडौंका केही पेट्रोल पम्पमा छुट ...


टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउन कलरमा बजारमा

Posted: 2018-12-14 10:05:11

सुनाखरी न्युज/ काठमाडौ - जगदम्बा मोटर्स,नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली ...


मह सञ्चारको “दाल भात तरकारी”मा शिवम् सिमेन्टको सहकार्य

Posted: 2018-12-13 20:22:23

सुनाखरी न्युज/ काठमाण्डौ- नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारका विचमा मह सञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङ का Vice-President ...


Advertisements