कर्पोरेट-बजार

जनता बैंक र लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपाल सँग बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता

Posted: 2018-07-10 14:59:15

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड बिच बैंकासुरेन्ससेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा मंगलबार संझौता भएको हो । जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
 
 
जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



एनसेलद्वारा सेवा शुल्क समायोजन, नयाँ भ्वाइस तथा डाटा प्याक पनि शुरु

Posted: 2018-07-17 12:25:52

सुनाखरी न्युज/ काठमाडौँ - एनसेल प्राईभेट लिमिटेडले मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दूरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दूरसञ्चार सेवाशुल्क दर लागू गरेको छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर ...


स्मार्टडोको “डोको झमझमअफर”

Posted: 2018-07-16 21:31:28

सुनाखरी न्युज/ काठमाडौं- मनसुनको आगमन संगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्यथुप्रै सामाग्रीहरुमा ५०५ सम्मको छुट सहित“डोको झमझमअफर”अभियान, यहिजुलाई १६ देखि २६ सम्मलागु गर्ने भएको छ्र । स्मार्टडोकोले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भुक्तानीनगदलगायत कार्ड, मास्टर कार्ड अथवाभिजा कार्डबाट गर्न सकिन्छ ।...


मैत्रीपूर्ण फुटसल सम्पन्न

Posted: 2018-07-14 08:55:05

सुनाखरी न्युज/ काठमाडौं- “जित वा हार मित्रवत् व्यवहार” भन्ने मूल नाराका साथ वेलकम एड्भर्टाइजिङ्ले, रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसलको आयोजना गरेको छ । विश्वकप फुटबल प्रत्येक ४ बर्षमा संस्सारका विभिन्न देशहरुलाई एकैठाँउमा जुटाएर खेल्ने गरिन्छ । यो खेल अवधीभर संसार भरिनै एउटा पर्वको महसुस हुन्छ ।...


मदिराको नक्कली स्टिकर प्रकरणमा ८ दोषी ठहर, साढे ५४ करोड जरिवाना

Posted: 2018-07-13 07:34:22

सुनाखरी न्युज/ वीरगन्ज - मदिराको बोत्तलमा प्रयोग हुने नक्कली अन्तः शुल्क टिकट (स्टिकर) प्रकरणमा आन्तरिक राजश्व कार्यालय पर्साले ८ जनालाई कैद र ५४ करोड बढी जरिवाना तोकेको छ। आन्तरिक राजश्व कार्यालयले मात्र कारोवार गर्ने मदिराको स्टिकर नक्कली छपाई ओसारपसार गर्दै गरेको फेला पारेपछि झण्डै एकवर्ष अनुसन्धान गरी बिहीबार दोषी ठहर भएका आठजनालाई एकवर्ष कैद र ५४ करोड २९ लाख ६० हजार ९२८ रुपैयाँ जरिवाना तोकेको हो। ...


जनता बैंक र लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपाल सँग बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता

Posted: 2018-07-10 14:59:15

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड बिच बैंकासुरेन्ससेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा ...


Advertisements