कर्पोरेट-बजार

सिटिजन लाइफले विद्यार्थीलाई बीमा एजेन्ट हुँदै विज्ञ बनाउने, देशभरको स्कूलमा बीमा कार्यक्रम गर्ने

Posted: 2018-07-10 12:49:49

सुनाखरी न्युज/ काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स्को विद्यार्थीसँग बीमा अभियान शुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम आन्तर्गत सिटिजन लाइफले बीमा सम्बन्धि जनचेतना अभिबृद्घि गराउने उद्देश्यका साथ विद्यार्थीसँग बीमा अभियान सुरु गरेको बताएको छ । कम्पनीले भृकुटीमण्डमा असार २३ गते भृकुटीमण्डमा एक कार्यक्रमका बीच सिटिजन लाइफ इन्स्योरेन्स्का ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा सिटिजन लाइफ इन्स्योरेन्स्का प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।नेपालमा बीमाको जनचेतनाको मात्रा कम रहेको र करिब १० प्रतिशतले मात्र जीवन बीमा गरेको पाईएको छ । अधिकांश मानिसहरु जीवन बीमा योजना, यसका सुविधाहरु र यसको योगदानहरुका बारेमा अनभिज्ञ रहेकोले बेलैमा जीवन बीमाको उपयोगिताको बारेमा थाहा दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समाज प्रतिको आफ्नो दायित्व बोध गर्दै विद्यार्थीसँग बीमा भन्ने कार्यक्रम लिएर आएको प्रमुख कार्यकारी अधिकृत पौडेल बताए ।
 
 
विद्यार्थीकालमा अध्ययन गरेको विषयले विद्यार्थीहरुमा पछिसम्म असर रहने र त्यसमाथि व्यवहारिक ज्ञानले झन् बृढि प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । त्यसै कारण, विद्यार्थीहरु नै भोलिको परिवर्तनको संवाहक र देशको कर्णधार भएको बुझेर सिटिजन लाइफले विद्यार्थीसँग बीमा भन्ने कार्यक्रम लिएर आएको हो ।यस कार्यक्रममार्फत विद्यार्थी स्वयंले बीमाको महत्व बुझ्ने, आफ्नो परिवारलाई र अरुलाई समेत बुझाई समाजमा नै बीमाको बारेमा जनचेतना फैलाउनमा सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।विद्यार्थीले बीमा एजेण्ट भई कार्य गर्न सक्ने, बीमा कम्पनीमै काम गर्न चासो देखाउने, बीमा सम्बन्धि नै उच्च अध्ययन गरि बीमा विज्ञ भई कार्य गर्न सक्ने सम्भावनाको ढोका खोल्ने उनले बताए । 
 
 
काठमाडौबाट सुरु गरिएको यो कार्यक्रम बिस्तारै देशभरीका सरकारी तथा निजी शैक्षिक संस्थाहरु मर्फत धेरै भन्दा धेरै विद्यार्थीहरु समेट्ने लक्ष्य लिइएको छ ।



More News



आइएमईको‘दशैंमा बिस लाख’योजना अन्तर्गत नेत्रबहादुर मल्लले जिते एक लाख

Posted: 2018-11-16 17:26:15

सुनाखरी न्युज/ काठमाडौं - रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । उक्त योजनाको विजेतामा सफ्टवेयर पद्धतीमा आधारित ‘लक्की ड्र’ बाट नेत्रबहादुर ...


लक्ष्मी ग्रुपले एसएमएल ईसुजुको गाडी बेच्ने

Posted: 2018-11-16 14:20:48

सुनाखरी न्युज/ काठमाडौं - एसएमएल ईसुजु ईन्डियाले गोल्डफिश इन्टरनेशनलसँग मिलेर नेपालमा गाडी बेच्ने साझेदारीको गरेको छ। साझेदारी पछि लक्ष्मीसमूह अन्तर्गतको गोल्डफिश इन्टरनेशनल एसएमएल ईसुजुको ...


ओपो एसेवेनको बिक्री प्रारम्भ

Posted: 2018-11-16 09:46:58

सुनाखरी न्युज/ काठमाडौं - ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो एसेवेनको आधिकारिक रुपमा विक्रि आरम्भ गरेको छ। ओपोको पाको, न्यूरोड स्थित आधिकारिक शोरुम मार्फत बृहतरुपमा फस्र्ट सेल्स कार्यक्रमको ...


अत्तरियामा यामाहाको नयाँ शोरुम

Posted: 2018-11-15 09:54:08

सुनाखरी न्युज/ काठमाडौं - नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले शुभकोटी मोटर्स प्रा लि मार्फत यस क्षेत्रका ग्राहकलाई ...


इलेक्ट्रिक स्कुटर "न्यू" को नयाँ शोरुम इटहरीमा

Posted: 2018-11-13 15:40:29

सुनाखरी न्युज/ काठमाडौं - नेपाली बजारमा एक वर्ष अघि भित्रिएको इलेक्ट्रिक स्कुटर न्यू ले दुईसय भन्दा बढी स्कुटर विक्री गरिसकेको छ । इको इन्फिनिटी प्रा.लिले भित्र्याएको यो स्कुटरले छोटो समयमै उल्लेख्य मात्रामा व्यापार वढाएको ...


Advertisements