कर्पोरेट-बजार

प्लाष्ट नेपाल फाउण्डेशनद्वारा दोस्रो संस्करणको प्लाष्टिक प्रदर्शनीको आयोजना गरिने

Posted: 2018-07-09 15:31:02

 
सुनाखरी न्युज/ काठमाडौं - 
सन् २०१४ को नोभेम्बरमा आफ्नो पहिलो संस्करणकोे प्रदर्शनीको सफलतापूर्वक आयोजना पछि प्लाष्ट नेपाल फाउण्डेशनले आगामी असोज महिनाको १९, २० र २१ गते (अक्टोबर ५, ६ र ७) का दिन काठमाडौँको भृकुटी मण्डपमा दोस्रो संस्करणको “प्लाष्ट नेपाल २०१८” नामक प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । यस प्लाष्टिक प्रदर्शनीमा नेपाल तथा भारतका प्रमुख प्लाष्टिक उद्योगहरु लगायत अन्य देशका समेत करिब ५०० प्लाष्टिक उद्यमी व्यवसायीहरु गरी करिब ६०,००० दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएकोे छ । 
“प्लाष्टिकलाई चिनौं” भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको यस प्रदर्शनीमा राखिने विभिन्न स्टलहरुमार्फत उपभोक्ताले स्वदेशी उत्पादनको जानकारी पाउनेछन् भने उद्योग व्यवसायीहरुले नवीन प्रविधि तथा कच्चा पदार्थका सम्बन्धका विषयमा विविध जानकारी पाउनेछन् । नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धनसँगै उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाको सकारात्मक भूमिका रहने अपेक्षा गरिएको छ ।
 



More News



असोज १२ देखि सुपथ मूल्य पसल सञ्चालन गरिने

Posted: 2018-09-22 08:15:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । ...


शिखरले चाडबाडमा ल्यायो १ सयभन्दा बढी मोडलका जुत्ता, पार्टी, क्याजुअल र स्पोर्टसमा छान्ने धेरै अबसर

Posted: 2018-09-19 20:37:29

सुनाखरी न्युज/ काठमाडौं- जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छटलगायतका चाडबाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अबसर...


नेशनल लाईफ इन्स्योरेन्सको बीमा अभिकर्ताको राष्ट्रिय भेला

Posted: 2018-09-19 06:17:22

सुनाखरी न्युज/ काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत बरिष्ठ अभिकर्ताहरुको लागि २०७५ भाद्र २९ देखी ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको छ । कम्पनीको चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमासम्पन्न भएको सो भेलामा नेपालभरीबाट करिब २५० जनाको सहभागिता रहेको थियो ।...


बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर सर्वजनिक

Posted: 2018-09-18 14:00:07

सुनाखरी न्युज/ काठमाडौं - विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्ड KOHLER , Porcelonasa, CRW, Hindware, Luxicon, Supreme, Somany आदिका आधिकारिक वितरक भइ ...


चाडपर्वको अवसरमा महिन्द्रा अटोमोबाइल्स ट्रयाक्टर उत्सव योजना

Posted: 2018-09-18 10:42:15

सुनाखरी न्युज/ काठमाडौं - महिन्द्रा अटोमोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले दसैं, तिहार, छठ तथा विश्वकर्मा पूजा जस्ता महान् चाडपर्वहरुको अवसरमा महिन्द्रा उत्सव अन्तर्गत “चाडपर्वको ...


Advertisements