कर्पोरेट-बजार

ओप्पो स्मार्टफोनमा क्यामेरा प्रविधि फेरिने

Posted: 2018-07-09 09:52:29

सुनाखरी न्युज/ काठमाडौं - सेल्फी विशेष स्मार्टफोनका रुपमा परिचित ओप्पोले नयाँ क्यामेरा प्रविधि ल्याउने भएको छ । यसका लागि कम्पनीले कोरफोटोनिक्ससंग रणनीतिक लाइसेन्सिंग सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार ओप्पोले अब स्मार्टफोन क्यामेराका लागि कोरफोटोनिक्ससंग सहकार्य गर्नेछ । मोबाइल फोटोग्राफीलाई ओपोमा प्रमुख विषयका फोकसका रुपमा लिइन्छ । हामी कोरफोटोनिक्स जस्तै अग्रणी आपूर्तिकर्ताहरु संग बलियो सहकार्यका लागि सँधै अग्रसर रहन्छौँ ओपोका हार्डवेयर डिरेक्टर डा. किंगले भने , कोरफोटोनिक्सका वाइड एंगल्ड सहितका डुअल क्यामेरा र टेलिफोटो लेन्सेस, पेरिस्कोप स्टाइल निर्माण, अप्टिकल ईमेज स्टेबलाइजेसन र ईमेज फ्यूजन प्रविधिले मोबाइल फोटो ग्राफीलाई डिजिटल क्यामेराको क्षमताको अझ नजिक पु¥याएको छ । स्मार्टफोन ईमेजिङको क्षेत्रमा नवप्रबर्तनका लागि ओपोसंग अहिले सम्मकै प्रभावशाली रेकर्ड छ । कोरफोटोनिक्सका प्रमुख कार्यकारी अधिकृत प्रा।डेभिड मेन्डलोभिकले भने, ओपोसंग नयाँ पुस्ताका क्यामेरा प्रविधिका लागि नजिक भएर सहकार्य गर्न पाउँदा हामी निकै गौरवान्तिव छौँ । 
 
 
मोबाइल फोटोग्राफीमा हाम्रा क्यामेरा डिजाइन र ईमेजिङ अल्गोरिथमको फाइदाका लागि एक सटिक प्रमाणका रुपमा यो रणनीतिक साझेदारीलाई लिन सकिन्छ ।यो सहकार्यले उपभोक्ता माझ अत्याधुनिक नवप्रबर्तनात्मक क्यामेरा प्रविधि पस्कन ठूलो सहयोग हुने र यसबाट उपभोक्तालाई अझ उत्कृष्ट प्रयोग अनुभव पस्कन सहयोग मिल्नेमा विस्वस्त रहेको ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए।



More News



एनसेलद्वारा सेवा शुल्क समायोजन, नयाँ भ्वाइस तथा डाटा प्याक पनि शुरु

Posted: 2018-07-17 12:25:52

सुनाखरी न्युज/ काठमाडौँ - एनसेल प्राईभेट लिमिटेडले मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दूरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दूरसञ्चार सेवाशुल्क दर लागू गरेको छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर ...


स्मार्टडोको “डोको झमझमअफर”

Posted: 2018-07-16 21:31:28

सुनाखरी न्युज/ काठमाडौं- मनसुनको आगमन संगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्यथुप्रै सामाग्रीहरुमा ५०५ सम्मको छुट सहित“डोको झमझमअफर”अभियान, यहिजुलाई १६ देखि २६ सम्मलागु गर्ने भएको छ्र । स्मार्टडोकोले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भुक्तानीनगदलगायत कार्ड, मास्टर कार्ड अथवाभिजा कार्डबाट गर्न सकिन्छ ।...


मैत्रीपूर्ण फुटसल सम्पन्न

Posted: 2018-07-14 08:55:05

सुनाखरी न्युज/ काठमाडौं- “जित वा हार मित्रवत् व्यवहार” भन्ने मूल नाराका साथ वेलकम एड्भर्टाइजिङ्ले, रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसलको आयोजना गरेको छ । विश्वकप फुटबल प्रत्येक ४ बर्षमा संस्सारका विभिन्न देशहरुलाई एकैठाँउमा जुटाएर खेल्ने गरिन्छ । यो खेल अवधीभर संसार भरिनै एउटा पर्वको महसुस हुन्छ ।...


मदिराको नक्कली स्टिकर प्रकरणमा ८ दोषी ठहर, साढे ५४ करोड जरिवाना

Posted: 2018-07-13 07:34:22

सुनाखरी न्युज/ वीरगन्ज - मदिराको बोत्तलमा प्रयोग हुने नक्कली अन्तः शुल्क टिकट (स्टिकर) प्रकरणमा आन्तरिक राजश्व कार्यालय पर्साले ८ जनालाई कैद र ५४ करोड बढी जरिवाना तोकेको छ। आन्तरिक राजश्व कार्यालयले मात्र कारोवार गर्ने मदिराको स्टिकर नक्कली छपाई ओसारपसार गर्दै गरेको फेला पारेपछि झण्डै एकवर्ष अनुसन्धान गरी बिहीबार दोषी ठहर भएका आठजनालाई एकवर्ष कैद र ५४ करोड २९ लाख ६० हजार ९२८ रुपैयाँ जरिवाना तोकेको हो। ...


जनता बैंक र लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपाल सँग बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता

Posted: 2018-07-10 14:59:15

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड बिच बैंकासुरेन्ससेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा ...


Advertisements