कर्पोरेट-बजार

नेपाल लाइफको चुक्ता पुजी ४ अर्ब ३९ करोड पुग्यो

Posted: 2018-07-08 11:03:42

सुनाखरी न्युज/ काठमाडौं-
नेपाली बीमा बजारमा सर्वाधिक लोकप्रिय वन्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  बिमा समितिको निर्देशन आउनु भन्दा पहिले नै २ अर्ब भन्दा बढी पुँजी पु¥याउन सफल भएको छ । हाल नेपाल लाइफको चुक्ता पुजी ४ अर्ब ३९ करोड रुपैयाँ पूँजी पुगिसकेको छ । यो समितिले तोकेको भन्दा करिव २ अर्व ३९ करोड बढी हो ।
समितिको निर्देशन पालना गर्नका लागि अधिकाशं बिमा कम्पनीहरुले हकप्रद सेयरको सहरा लिएका थिए तर पनि तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन सकेनन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १२५ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 
कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ प्राप्त गरिसकेको छ । साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डसमेत पाउन सफल भएको कम्पनिले जनाएको छ । कम्पनिका अनुसार यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवःथापन भएको कम्पनीलाई दिइने गरिन्छ । 
कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा) बोनश दिई बीमा क्षेत्रमै सबैभन्दा  उत्कृष्ट बोनश दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ । 
नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको अधिकृत पूँजी ८ अर्ब, चुक्तापूँजी ४  अर्ब ३९ करोड रुपैयाँ रहेको छ । पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बीमा कम्पनीको रूपमा रहेको यस कम्पनीको लगानी ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेको कम्पनिले जनाएको छ ।  
ग्राहकहरूले जीवन बीमा क्षेत्रमै सर्वाधिक उच्चतम लाभ तथा सेवा सहज रुपमा प्राप्त  गरुन् भन्ने उद्देश्य राखी, यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने  बिमित तथा अभिकर्ताह?को यस संस्था प्रति गहिरो बिश्वास  बढ्दै गएको छ । 
कम्पनिको सर्बाधिक जीबन बिमा कोष ५०  अर्ब, सर्बाधिक लगानी  ५७  अर्ब ,   १४   अर्ब सर्बाधिक बार्षिक कुल बिमा शुल्क, ८   अर्ब सर्बाधिक शेयर धनि कोष,  १३  अर्ब बिमा दाबी भुक्तानी,  २४ लाख   सर्बाधिक बुमितहरुको संख्या,  ९००००   सर्बाधिक प्रशिक्षित अभिकर्ता,  १२५ बिमितहरुको सेवामा सर्बाधिक कार्यालयहरु र ६५ देखि ८२ रुपैयाँसम्म बिमितलाई  सर्बाधिक प्रतिफल रहेको छ । 
कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८ मा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना भएको सो इन्स्योरेन्स  नेपाली लगानीकर्ताहरू द्वारा स्थापना गरिएको नेपालकौ प्रथम अग्रणी जिवन बीमा कम्पनी हो । नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको सोह्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ र यसै कारण कम्पनीको स्थान अत्यन्तै सवल रहन पुगेको छ ।
 



More News



आइएमई जनरल इन्स्योरेन्सको ४४ औं शाखा किर्तिपुरमा उद्घाटन

Posted: 2018-12-14 13:43:01

सुनखरी न्युज/ काठमाडौ - आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४४औं शाखा काठमाडौंकोे किर्तिपुरमा उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन । कम्पनीको संचालक ...


जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले ल्यायो रुसलान अल्ट्रा प्रिमियम भोड्का

Posted: 2018-12-14 13:26:14

सुनखरी न्युज/ काठमाडौ - जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का फील एभ्रीथिङ, सी नथिङ भन्ने मूल नाराका साथ बजारमा प्रस्तुत गरेको छ । जसलाई द वल्र्ड्स क्लियरेष्ट भोड्काको रुपमा बजारमा ...


आइएमइ पेबाट पेट्रोलको पैसा तिर्दा लिटरमा २ रुपैयाँ छुट

Posted: 2018-12-14 10:58:42

सुनाखरी न्युज/ काठमाडौ - विद्युतीय भुक्तानी सेवा प्रदायक आएमई पेबाट डिजेल र पेट्रेल खरिद गर्दा प्रति लिटर २ रुपैयाँ छुट पाइने भएको छ। मोबाइल एप्लिकेशनबाट चल्ने यसबाट मूल्य तिर्दा काठमाडौंका केही पेट्रोल पम्पमा छुट ...


टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउन कलरमा बजारमा

Posted: 2018-12-14 10:05:11

सुनाखरी न्युज/ काठमाडौ - जगदम्बा मोटर्स,नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली ...


मह सञ्चारको “दाल भात तरकारी”मा शिवम् सिमेन्टको सहकार्य

Posted: 2018-12-13 20:22:23

सुनाखरी न्युज/ काठमाण्डौ- नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारका विचमा मह सञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङ का Vice-President ...


Advertisements