कर्पोरेट-बजार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रालि बीच सेवा प्रदान गर्ने सम्झौता

Posted: 2018-06-14 13:46:27

सुनाखरी न्युज/ काठमाडौं -आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरेका छन । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटललाइजेशन सुविधा प्रदान गर्ने सम्झौता भएको बताएका छन ।
 
 
सोही अवसरमा बयोधा हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । त्यस्तै, अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् ।



More News



आइएमई लाइफ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता

Posted: 2018-08-17 20:21:04

सुनाखरी न्युज/ काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंक का तर्फबाट कार्यकारी अधिकृत जनकशर्मा पौडेलले हस्ताक्षर गर्नुभएको छ । ...


एशियनलाईफ इन्स्योरेन्स कम्पनीलि र एनआईबिएलएस क्यापिटल हकप्रद शेयर निश्काशन सम्झौता

Posted: 2018-08-17 20:18:27

सुनाखरी न्युज/ काठमाडौं- एशियनलाईफ इन्स्योरेन्स कम्पनीलि.को १०औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमारु.७५ करोड ४० लाख बराबरको हकप्रदशेयर निष्काशन गर्नकालागि एनआईबिएलएस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । ...


पायोनियर मोटो कम्पनिद्वारा निसान गाडीहरूका लागि देशभर एक्सचेन्ज क्याम्प आयोजना

Posted: 2018-08-16 13:58:12

सुनाखरी न्युज/ काठमाडौं - नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ । आइतबारबाट सुरू गरिएको यो मेला ...


नेपालमा मुस्कान फैलाउँदै ब्रिटानिया

Posted: 2018-08-16 12:15:09

सुनाखरी न्युज/ काठमाडौं - सन् १९१८ मा स्थापना भएको ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले स्थापनाको सय वर्ष पुरा गरेको छ ।एक दशकभन्दा अघि देखीनै नेपाली बजारमा उपलब्ध ब्रिटानिया परिचित नाम हो । कम्पनीले राष्ट्रिय व्यवस्थापक एवं ...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनि निरन्तर नाफामा, नाफा १५ प्रतिशत बढ्यो, लगानीबाट मात्रै झण्डै ४ अर्ब

Posted: 2018-08-16 05:43:38

सुनाखरी न्युज/ काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १५ प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४र०७५ मा नाफा ४७ करोड ९२ लाख रुपैयाँ गरेको छ । यो कम्पनीको बिमाङकीय मूल्याँकन अघिको हो । मूल्याँकनपछि नाफा अझ बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले बताए । ...


Advertisements