कर्पोरेट-बजार

अन्तर बैङ्किङ चेक कारोबार बढ्यो दैनिक ४० हजार भन्दा बढी चेक

Posted: 2018-05-19 07:25:42

सुनाखरी न्युज/
काठमाडौं - नेपाल क्लियरिङ हाउसले दैनिक ४० हजार अन्तर बैङ्किङ चेक क्लियरिङ गर्दै आएको छ । सन् २०११ देखि सेवा सञ्चालन गर्दै आएको हाउसले ७४ वटा बैंक तथा वित्तीय संस्थाको ४० हजार भन्दा बढी चेक क्लियरिङ गर्दै आएको छ । हाउसले एउटा सामान्य चेक २४ घण्टाभित्र क्लियरिङ गर्ने गरेको छ । साधारण चेकलाई दिनको २ बजे भन्दा अघि नै क्लियरिङमा पठाउनु पर्नेछ । एक्सप्रेस चेकलाई ३ भागमा विभाजन गरिएको छ । पहिलो एक्सप्रेस चेकलाई १० देखि ११ बजेसम्म हाउसमा पठाउनुपर्ने हुन्छ त्यस्तै दोस्रो र तेस्रो एक्सप्रेस चेकलाई दिनको १२ बजेसम्म बुझाउनु पर्नेछ ।
 
 
हाउससँग आबद्ध बैंक तथा वित्तीय संस्थाको ४० हजार वटा चेक बाट दैनिक २६ देखि २७ अर्बको कारोबार हुँदै आएको हाउसका व्यापार विकास अधिकृत विवेक गिरीले बताए । अहिले अन्तर बैंकिङ कारोबार बढ्दै गएको छ गत वर्षमा ३५ हजार को हाराहारीमा चेक क्लियरिङ भैरहेकोमा यो वर्ष ५ हजार बढी चेक क्लियरिङ भैरहेको छ ।
 
 
हाई भ्यालु चेकको लागि दिनको १० देखि साढे ११ बजेसम्म बुझाउनु पर्नेछ भने चेक अनुसार सेवा शुल्क फरक लाग्ने नेपाल क्लियरिङ हाउसले जनाएको छ । क्लियरिङ हाउसका अनुसार अब चेक मात्र नभएर राजस्व, फिल्म टिकट, हवाई टिकट र अन्य सेवा सुविधाको खरिद बिक्री समेत हाउसबाटै ई पेमेन्ट मार्फत गर्न सकिने जनाएको छ ।  ।



More News



आइएमई लाइफ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता

Posted: 2018-08-17 20:21:04

सुनाखरी न्युज/ काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंक का तर्फबाट कार्यकारी अधिकृत जनकशर्मा पौडेलले हस्ताक्षर गर्नुभएको छ । ...


एशियनलाईफ इन्स्योरेन्स कम्पनीलि र एनआईबिएलएस क्यापिटल हकप्रद शेयर निश्काशन सम्झौता

Posted: 2018-08-17 20:18:27

सुनाखरी न्युज/ काठमाडौं- एशियनलाईफ इन्स्योरेन्स कम्पनीलि.को १०औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमारु.७५ करोड ४० लाख बराबरको हकप्रदशेयर निष्काशन गर्नकालागि एनआईबिएलएस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । ...


पायोनियर मोटो कम्पनिद्वारा निसान गाडीहरूका लागि देशभर एक्सचेन्ज क्याम्प आयोजना

Posted: 2018-08-16 13:58:12

सुनाखरी न्युज/ काठमाडौं - नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ । आइतबारबाट सुरू गरिएको यो मेला ...


नेपालमा मुस्कान फैलाउँदै ब्रिटानिया

Posted: 2018-08-16 12:15:09

सुनाखरी न्युज/ काठमाडौं - सन् १९१८ मा स्थापना भएको ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले स्थापनाको सय वर्ष पुरा गरेको छ ।एक दशकभन्दा अघि देखीनै नेपाली बजारमा उपलब्ध ब्रिटानिया परिचित नाम हो । कम्पनीले राष्ट्रिय व्यवस्थापक एवं ...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनि निरन्तर नाफामा, नाफा १५ प्रतिशत बढ्यो, लगानीबाट मात्रै झण्डै ४ अर्ब

Posted: 2018-08-16 05:43:38

सुनाखरी न्युज/ काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १५ प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४र०७५ मा नाफा ४७ करोड ९२ लाख रुपैयाँ गरेको छ । यो कम्पनीको बिमाङकीय मूल्याँकन अघिको हो । मूल्याँकनपछि नाफा अझ बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले बताए । ...


Advertisements