कर्पोरेट-बजार

हिमालयन डिष्टिलरीको नाफा ८२५ बढ्यो

Posted: 2018-05-13 12:10:35

 
 सुनाखरी न्युज/
काठमाडौं-
हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको भन्दा १७८ प्रतिशतले नाफा बढाएको छ। त्यस्तै अघिल्लो त्रैमासिक अवधिको तुलनामा८२ प्रतिशतले नाफा बढाएको हो।
 
कम्पनीले ९ महिनामा १९ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको चैतमा ६ करोड ९३ लाख रुपैयाँ थियो।
 
कम्पनीको उत्पादन बिक्रीमा निकै बृद्धि भएको छ। कम्पनीले आफ्ना  उत्पादन बेचेर यस अवधिमा एक अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्ष समान अवधिमा  एक अर्ब २२ करोड रुपैयाँ थियो।
 
कम्पनीले यस वर्ष आफ्नो उत्पादन बढाएको छ भने बिक्रीलाई पनि बढाउँदा नाफामा उल्लेख्य सुधार आएको हो। कम्पनीको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ।



More News



आर्थिक समृद्धिका लागि राष्ट्रिय साझा सपना आवस्यक: सांसद विनोद चौधरी

Posted: 2018-05-26 06:05:39

काठमाडौं- नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रममुलुकको शासकीय प्रणालीको व्यवस्थापनपक्षमा कमजोर रहेको बताएका छन् । संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद चौधरीले देश संघीय संरचनामा गइसकेको अवस्थामा प्रदेशहरूलाई वित्तिय रूपमा बलियो बनाउदै प्रादेशिक विकासमा ध्यान दिन जरूरी भएको उनले बताए । ...


व्यापारीको लगानी मदिरामा, मदिरा स्टक राख्न थाले

Posted: 2018-05-25 14:39:26

सुनाखरी न्युज/ काठमाडौं-बजेटमा राजस्व बढ्ने भएपछि विभिन्न मदिराका डिष्टिब्यूटरले अर्बौ रुपैयाँको मदिरा स्टक गरेका छन् । व्यवसायीले बैंक ऋणगरगहना बिक्रीदेखि सरसापट गरेर मदिराको स्टक गरेका छन्।काठमाडौं उपत्यकाभित्रका डिष्टिब्यूटरले न्यूनतम १० करोड रुपैयाँदेखि मदिरा स्टक गरेर राखेको एक व्यवसायीले बताए।’मदिराको राजस्व सधै बढ्छ।यो पटक अझै धेरै बढ्ने सूचना आएको छ।...


प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा निविरोध निर्वाचित

Posted: 2018-05-25 13:46:13

सुनाखरी न्युज/ काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडको बिशेष साधारणसभा जेठ १० गते सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गरेको छ । कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी निविरोध निर्वाचित भएका छन् भने सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राजेन्द्र मल्ल, रणकेशव प्रधान र राज गोपाल राजभण्डारीलाई निर्वाचित गरेको छ । ...


मेटलाइफ फाउन्डेसनको उद्यमीहरूलाई सहायता

Posted: 2018-05-25 11:28:19

सुनाखरी न्युज/ काठमाडौं - मेटलाइफ फाउन्डेसनले कर्मचारीलाई संलग्न गराउने अभियानअन्तर्गत विश्वभरका उद्यमीहरूलाई सहायता प्रदान गर्न एउटा विश्वव्यापी गैरसरकारी संस्था, किभा सँग साझेदारी गरेको छ । यस कार्यक्रमको एउटा हिस्साको रूपमा मेटलाइफका एशियामा रहेका २३ हजार कर्मचारी प्रत्येकका लागि उद्यम सुरुवात गर्न, त्यसको विकास गर्न र बढाउनका लागि यूएस डलर २५ ऋण विनियोजन गरिएको कम्पनीले जनाएको छ । ...


राष्ट्रिय बीमा संस्थानको प्रमुखमा पाठक नियुक्त, अर्थमन्त्रीकै मान्छे परेनन्

Posted: 2018-05-25 07:27:14

सुनाखरी न्युज / काठमाडौं-राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेकोछ । मन्त्रीपरीषदको बैठकले झापाका पाठकलाई आगामी तीन बर्षका लागि प्रशासकमा नियुक्त गरेको हो। कृषि विकास बैंकको क्षेत्रीय कार्यालय प्रमुखबाट अवकास भएका पाठक प्रधानमन्त्री केपी ओली निकट हुन्। ...


Advertisements