कर्पोरेट-बजार

एलआइसी नेपालको बिमा योजना ग्लोबल आइएमई बैंकले बिक्री गर्ने

Posted: 2018-05-08 20:41:04

 
सुनाखरी न्युज/
काठमाडौं-
ग्लोबल आइएमई बैंक लिमिटेडले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी– नेपाल) लिमिटेडको बिमा योजना बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक  र एलआइसी नेपालबीच मंगलबार यसका लागि बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अभिजित घोष दस्तिदार र ग्लोबल आइएमईका समकक्षी जनक शर्मा पौडेलले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा एलआइसी नेपालका बैंकास्यारेन्स विभाग प्रमुख विद्या श्रेष्ठको पनि उपस्थिति थियो । 
यो सम्झौतासँगै सर्वसाधारणले एलआइसी नेपालका विभिन्न जीवन बिमा योजना र बिमा सेवा ग्लोबल आइएमई बैंकको देशभरका शाखाहरुबाट लिन सकिने छ । सक्नुहुनेछ । ग्लोबल बैंकका देशभर १२२ वटा शाखा र चारवटा एक्सटेन्सन काउन्टर छन् । ती सबैबाट एलआइसी नेपालको सबै किसिमका बिमा योजना खरिद गर्न र अन्य बिमा सेवा लिन सकिने छ ।
एलआइसी नेपालले एक दर्जनभन्दा बढी जीवन बिमा योजना बिक्री गरिरहेको छ ।
 



More News



आर्थिक समृद्धिका लागि राष्ट्रिय साझा सपना आवस्यक: सांसद विनोद चौधरी

Posted: 2018-05-26 06:05:39

काठमाडौं- नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रममुलुकको शासकीय प्रणालीको व्यवस्थापनपक्षमा कमजोर रहेको बताएका छन् । संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद चौधरीले देश संघीय संरचनामा गइसकेको अवस्थामा प्रदेशहरूलाई वित्तिय रूपमा बलियो बनाउदै प्रादेशिक विकासमा ध्यान दिन जरूरी भएको उनले बताए । ...


व्यापारीको लगानी मदिरामा, मदिरा स्टक राख्न थाले

Posted: 2018-05-25 14:39:26

सुनाखरी न्युज/ काठमाडौं-बजेटमा राजस्व बढ्ने भएपछि विभिन्न मदिराका डिष्टिब्यूटरले अर्बौ रुपैयाँको मदिरा स्टक गरेका छन् । व्यवसायीले बैंक ऋणगरगहना बिक्रीदेखि सरसापट गरेर मदिराको स्टक गरेका छन्।काठमाडौं उपत्यकाभित्रका डिष्टिब्यूटरले न्यूनतम १० करोड रुपैयाँदेखि मदिरा स्टक गरेर राखेको एक व्यवसायीले बताए।’मदिराको राजस्व सधै बढ्छ।यो पटक अझै धेरै बढ्ने सूचना आएको छ।...


प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा निविरोध निर्वाचित

Posted: 2018-05-25 13:46:13

सुनाखरी न्युज/ काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडको बिशेष साधारणसभा जेठ १० गते सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गरेको छ । कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी निविरोध निर्वाचित भएका छन् भने सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राजेन्द्र मल्ल, रणकेशव प्रधान र राज गोपाल राजभण्डारीलाई निर्वाचित गरेको छ । ...


मेटलाइफ फाउन्डेसनको उद्यमीहरूलाई सहायता

Posted: 2018-05-25 11:28:19

सुनाखरी न्युज/ काठमाडौं - मेटलाइफ फाउन्डेसनले कर्मचारीलाई संलग्न गराउने अभियानअन्तर्गत विश्वभरका उद्यमीहरूलाई सहायता प्रदान गर्न एउटा विश्वव्यापी गैरसरकारी संस्था, किभा सँग साझेदारी गरेको छ । यस कार्यक्रमको एउटा हिस्साको रूपमा मेटलाइफका एशियामा रहेका २३ हजार कर्मचारी प्रत्येकका लागि उद्यम सुरुवात गर्न, त्यसको विकास गर्न र बढाउनका लागि यूएस डलर २५ ऋण विनियोजन गरिएको कम्पनीले जनाएको छ । ...


राष्ट्रिय बीमा संस्थानको प्रमुखमा पाठक नियुक्त, अर्थमन्त्रीकै मान्छे परेनन्

Posted: 2018-05-25 07:27:14

सुनाखरी न्युज / काठमाडौं-राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेकोछ । मन्त्रीपरीषदको बैठकले झापाका पाठकलाई आगामी तीन बर्षका लागि प्रशासकमा नियुक्त गरेको हो। कृषि विकास बैंकको क्षेत्रीय कार्यालय प्रमुखबाट अवकास भएका पाठक प्रधानमन्त्री केपी ओली निकट हुन्। ...


Advertisements