कर्पोरेट-बजार

चौतारी लघुवित्तको निष्काशनतथाबिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Posted: 2018-05-07 20:55:44

 
सुनाखरी न्युज/
काठमाडौं-
चौतारी लघुवित्त वित्तीय संस्थालि. ले प्रति शेयर रु.१००÷—अंकित दरको ५,४०,०००कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशनगर्नको लागिएनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमाचौतारी लघुवित्त वित्तीय संस्थालि. तर्फबाट प्रमुखकार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गर्नु भयो । यस चौतारी लघुवित्त वित्तीय संस्थालि. को अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.१८करोड, र चुक्तापूँजी रु.१२ करोड६० लाखरहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.१८ करोड हुनेछ । 
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१÷१२÷०९ मापब्लिक लिमिटेड कम्पनीको रुपमाकम्पनी रजिष्ट्रार कार्यालयमादर्ता भएको हो । २०७२ सालमार्ग ०९ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस वित्तीय संस्थाले २०७२ सालपौष १९ गतेदेखि आफ्नो वित्तीयकारोवारको शुुभारम्भ गरेको हो । वुटवलमा केन्द्रीयकार्यालय रहेको यस वित्तीयसंस्थाले स्थापनाको छोटो अवधिमै अर्थात् चालुु आ.ब. २०७४÷०७५ को तेस्रो त्रैमासिकअवधिसम्मआफ्नोकार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ्ग,प्यूठान,रोल्पा र सल्यान गरी १०जिल्लाभित्र ३४ वटा शाखाकार्यालय मार्फत् २२,९०८ विपन्नवर्गकामहिलाहरुलाई समूहमाआबद्घ गरी रु.१७ करोड ६४ लाख ५२ हजार बचत संकलनतथारु.६१ करोड ५० लाख७८ हजारकर्जा प्रवाह रहेको छ । यसैगरी गतआ.ब.मा रु.५७लाखखूदमाफामा रहेको यस वित्तीय संस्थाको चालुु आ.ब.को तेस्रो त्रैमासिकअवधि सम्ममा रु.६५ लाख ४२ हजार खुद मुुनाफाहासिलगर्न सफल भएको छ ।
 



More News



चन्द्रागिरि केवलकार दशैंभर सञ्चालनमा, टिकाको दिन पनि बिहान १० बजेदेखि खुल्ने

Posted: 2018-10-16 11:24:23

सुनाखरी न्युज/ काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दशैं विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा ...


इजीलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रबि लामिछाने

Posted: 2018-10-15 11:11:46

सुनाखरी न्युज/ काठमाडौं - इजीलिंक रेमिट्यान्स “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ” भन्ने मूल नाराका साथ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपालमा ...


राजमार्गमा हुन्डाईको ‘फ्रि चेकअप क्याम्प’

Posted: 2018-10-15 10:20:22

सुनाखरी न्युज/ काठमाडौं - हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले राजमार्गका विभिन्न ठाउँमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ। ‘हुन्डाई हाइवे एस्युरेन्स’मार्फत कम्पनीले आफ्ना ग्राहकलाई सेवा दिने ...


सामाखुसीमा युएमको नयाँ शोरुम विस्तार

Posted: 2018-10-14 09:17:09

सुनाखरी न्युज/ काठमाडौं - यूएम मोटरसाइकलले सामाखुशीमा नयाँ शोरुम विस्तार गरेको छ। अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले शोरुमको उद्घाटन गरे। शोरुम सञ्चालनसँगै ग्राहकको माग पूरा गर्न सहज हुने ...


माइक्रोम्याक्सको नयाँ मोबाइल स्मार्टफोन नेपाली बजारमा

Posted: 2018-10-12 12:09:53

सुनाखरी न्युज/ काठमाडौं - स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक ...


Advertisements