कर्पोरेट-बजार

बिजय जोली चन्द्रागिरि केबलकारको भ्रमणमा

Posted: 2018-04-12 20:36:22

 
सुनाखरी न्युज/
काठमाडौं-
भारतीयजनता पार्टीका बरिष्ठ नेता बीजय जोलीले काठमाण्डौको दक्षिण–पश्चिममाअवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।  चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षएवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्षचन्द्र प्रसाद ढकालले जोलीलाई स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराए । 
चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक  स्थानमा स्थापित यस परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था,  शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्तगरे । भ्रमणका क्रममाश्री जोलीले आफ्नाअनन्यमित्रश्री चन्द्र प्रसाद ढकाल तथाउनको समुहले निर्माण गरेको परियोजनाले एउटा इतिहास कायम गरेको भन्दै बधाई तथा परियोजना सफलताको शुभकामना ब्यक्त गरेका थिए । 
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्तत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।
 
 



More News



शिखर सुजले ल्यायो “फेरि नयाँ योजना पाडो किन्दा भैंसी उपहार, जुत्ता किन्दा कार पाइने”

Posted: 2018-09-24 10:32:02

सुनाखरी न्युज/ काठमाडौँ - काठमाडौं– शिखर सुजले नजिकिँदै गएका दशैतिहारलगायतका चाडबाडलाई लक्षित फेरि आयो पाडो किन्दा भैंसी उपहार योजना ल्याएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ...


अग्नि मोटो इन्कद्वारा सञ्चालित “मूल्य कति स्क्र्याच गरी आउँछ जति” भन्ने योजना सार्वजनिक

Posted: 2018-09-24 08:03:22

सुनाखरी न्युज/ काठमाडौं- महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” भन्ने योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गतको हरेक महिन्द्रा टु ह्वीलरका खरिद कर्ताहरुले स्क्र्याच कुपन प्राप्त गर्नुहुने छ र उक्त स्क्र्याच कुपनमा भएका रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्नुहुने छ । ...


टिसिएलको टिभी किन्दा २५ प्रतिशत नगद फिर्ता पाइने

Posted: 2018-09-23 14:37:59

सुनाखरी न्युज/ काठमाडौँ - दसैँतिहारका अवसरमा टिसिएलले टिभी किन्दा २५ प्रतिशत नगद फिर्ता दिने योजना ल्याएको छ। टिसिएलका जुनसुकै टिभीमा यो सुविधा दिइएको कम्पनीले जनाएको छ। त्यस्तै टिसिएलका एयर कन्डिसनरहरुमा ...


आइएमईको दशैंमा बीस लाख योजना सार्वजनिक, हरेक दिन १० जनालाई १० हजार

Posted: 2018-09-23 10:25:51

सुनाखरी न्युज/ काठमाडौँ - नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राही माझ प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । असोज ७ गतेदेखि शुरु ...


असोज १२ देखि सुपथ मूल्य पसल सञ्चालन गरिने

Posted: 2018-09-22 08:15:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । ...


Advertisements