कर्पोरेट-बजार

एन आई सी एशिया बैंकको २०७५ सालको क्यालेन्डर सार्वजानिक

Posted: 2018-04-13 20:16:02

 
सुनाखरी न्युज/
काठमाडौं-
एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालज्यूद्वारा एक समारोहको बिच बैंकको आफ्नो रजिस्ट्र्राड कार्यालय, थापाथलीमा उक्त नयाँ सालको क्यालेन्डर सार्वजनिक गर्नुभयो । क्यालेन्डर सार्वजनिक गर्दै बैंकका अध्यक्ष  अग्रवालज्यूले नयाँ वर्ष २०७५ सालको शु–अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरु, सेयरधनिहरु, नियमनकारी निकायहरु, कर्मचारीवर्गहरु एवं प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट जोडिनुभएका सबै बर्गमा नव वर्षको शुभकामना ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीश प्रसाद अग्रवाल, अन्य सञ्चालकज्यूहरु र बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने लगायतका उच्च पदाधिकारीज्यूहरुको उपस्थिती रहेको थियो । 
 
हाल मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पत् मुलुककै सबैभन्दा धेरै संजाल मार्फत बैंकले आफ्नो सेवाहरु प्रदान गरीरहेको  छ  । बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन बैंक सफल भएको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले निरन्तर पालना गर्दै आएको छ । 
 
 



More News



आईएमएस ग्रुपको २६औं वार्षिकोत्सव

Posted: 2018-04-25 15:22:59

सुनाखरी न्युज/ काठमाडौं- आईएमएस ग्रुप स्थापनाको २६औं वर्षमा प्रवेश गरेको छ । सामसुङ मोबाइल र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता आईएमएस ग्रुपअन्तर्गत २० कम्पनी रहेका छन् । राष्ट्रिय सभा गृह २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका निर्देशक विमल सावर्थिया सीईओ डिकेश मलहोत्रा, ३ सयभन्दा बढी कर्मचारी लगायतको सहभागिता रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ...


सिजीले ल्यायो ओमेगा ६ स्मार्टफोन, फिंगरप्रिन्ट अनलकको सुविधा भएको सेट ९,७७७ रुपैयाँ पर्ने

Posted: 2018-04-24 11:19:31

सुनाखरी न्युज/ काठमाडौं-सिजी मोबाइल्सले ओमेगा सिरिजको नयाँ स्मार्टफोन ओमेगा ६ स्मार्टफोन सार्वजनिक गरेको छ। सिजी मोबाइल्सले तीन वटा क्यामेरा भएको ओमेगा ६को बजार मूल्य ९ हजार ७ सय ७७ रुपैयाँ तोकेको छ।...


हुन्डाई फेस्टिभ डिलाइटका विजेता पुरस्कृत

Posted: 2018-04-21 08:00:52

सुनाखरी न्युज/ काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कृत गरेको छ । ...


क्लियर टिभीमा अफरै अफर

Posted: 2018-04-18 10:00:00

सुनाखरी न्युज/ काठमाडौं- नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभीसेवामा २५० पचास भन्दा बढी डिजिटल च्यालनहरु रुबिस्तार गरेको जनाएको छ । जसमा ६० भन्दा बढि एचडी च्यानलहरु रहेका छन् । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडी तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी हो । ...


बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटद्वारा विशेष फोटो प्रदर्शनीको आयोजना

Posted: 2018-04-17 16:16:57

सुनाखरी न्युज/ काठमाडौं- नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ । ...


Advertisements