कर्पोरेट-बजार

आईएमएस ग्रुपको २६औं वार्षिकोत्सव

Posted: 2018-04-25 15:22:59

 
सुनाखरी न्युज/
काठमाडौं-
आईएमएस ग्रुप स्थापनाको २६औं वर्षमा प्रवेश गरेको छ । सामसुङ मोबाइल र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता आईएमएस ग्रुपअन्तर्गत २० कम्पनी रहेका छन् । 
राष्ट्रिय सभा गृह २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका निर्देशक विमल सावर्थिया सीईओ डिकेश मलहोत्रा, ३ सयभन्दा बढी कर्मचारी लगायतको सहभागिता रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट सो, मनोरञ्जनात्मक खेल, हाजिरीजवाफ प्रतियोगिता आयोेजना गरिएको थियो । विजयी कर्मचारीलाई पुरस्कार वितरण गरिएको पनि कम्पनीले जनाएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै मलहोत्राले सबै कर्मचारीको लगनशीलता एवं इमानदारिताले २६औं वसन्त सफलताका साथ प्रवेश गरेको बताए  
सबै कर्मचारी, ग्राहक वर्ग एवं अन्य शुभेच्छुकले ग्रुपलाई निरन्तर सहयोग र न्यानो माया गरेकोमा पनि मलहोत्राले धन्यवाद व्यक्त गरे । मलहोत्राले आगामी दिनमा ग्राहक केन्द्रित सेवामार्फत सफलताका नयाँ उचाइमा पुग्ने प्रतिबद्धता व्यक्त गरे । 
आईएमएस ग्रुप विगत २६ वर्षमा क्रमिक रूपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ । विगत ५ वर्षमा ग्रुप आयको आधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन सफल भएको दाबी गरिएको छ । हाल यसअन्तर्गत कुल १२ वटा कम्पनी रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसर सिर्जना गर्नेतर्फ कम्पनी केन्द्रित रहेको छ । 
 



More News



आईएमएस ग्रुपको २६औं वार्षिकोत्सव

Posted: 2018-04-25 15:22:59

सुनाखरी न्युज/ काठमाडौं- आईएमएस ग्रुप स्थापनाको २६औं वर्षमा प्रवेश गरेको छ । सामसुङ मोबाइल र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता आईएमएस ग्रुपअन्तर्गत २० कम्पनी रहेका छन् । राष्ट्रिय सभा गृह २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका निर्देशक विमल सावर्थिया सीईओ डिकेश मलहोत्रा, ३ सयभन्दा बढी कर्मचारी लगायतको सहभागिता रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ...


सिजीले ल्यायो ओमेगा ६ स्मार्टफोन, फिंगरप्रिन्ट अनलकको सुविधा भएको सेट ९,७७७ रुपैयाँ पर्ने

Posted: 2018-04-24 11:19:31

सुनाखरी न्युज/ काठमाडौं-सिजी मोबाइल्सले ओमेगा सिरिजको नयाँ स्मार्टफोन ओमेगा ६ स्मार्टफोन सार्वजनिक गरेको छ। सिजी मोबाइल्सले तीन वटा क्यामेरा भएको ओमेगा ६को बजार मूल्य ९ हजार ७ सय ७७ रुपैयाँ तोकेको छ।...


हुन्डाई फेस्टिभ डिलाइटका विजेता पुरस्कृत

Posted: 2018-04-21 08:00:52

सुनाखरी न्युज/ काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कृत गरेको छ । ...


क्लियर टिभीमा अफरै अफर

Posted: 2018-04-18 10:00:00

सुनाखरी न्युज/ काठमाडौं- नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभीसेवामा २५० पचास भन्दा बढी डिजिटल च्यालनहरु रुबिस्तार गरेको जनाएको छ । जसमा ६० भन्दा बढि एचडी च्यानलहरु रहेका छन् । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडी तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी हो । ...


बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटद्वारा विशेष फोटो प्रदर्शनीको आयोजना

Posted: 2018-04-17 16:16:57

सुनाखरी न्युज/ काठमाडौं- नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ । ...


Advertisements