आर्थिक

राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा भूकम्पपीडित अनुदानको समयसीमा पुन थप,पहिलो किस्ता पुस मसान्त सम्म लिन सकिने

Posted: 2018-10-11 15:08:25

सुनाखरी न्युज/ काठमाडौं -  राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो, उनले बताए । प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्त सम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्त सम्म समयावधि थप गरेको छ । त्यस्तै २०७६ वैशाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नु पर्नेछ । 
 
हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी २०७५ कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरेको छ । गुनासो सुनुवाइबाट आएका र पुनःसर्वेक्षण जोखिम वर्ग परम्परागत बस्ती एवं स्थानान्तरबाट आउने लाभग्राहीको लागि उल्लेखित अनुदान किस्ता प्राप्त गर्ने समयवधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार तीन लाख पाँच हजार ८८३ निजी आवासको पुनःनिर्माण सम्पन्न भएको छ । 
 
 
त्यस्तै दुई लाख ५१ हजार ५२७ घर निर्माणको क्रममा छन । पहिलो किस्ता लिएर पनि घर नबनाएका भूकम्पपीडितले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन निर्देशन दिइसकेको छ । अनुदान फिर्ता नगरे राज्यको सेवा सुविधाबाट समेत वञ्चित गरिने प्राधिकरणले जनाएको छ ।



More News



सुपथ पसल एकादशीपछि फेरि खुल्ने

Posted: 2018-10-17 06:01:48

सुनाखरी न्युज/ काठमाडौं - सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यको पसल मंगलबारदेखि बन्द भएको छ । १२ असोजदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सञ्चालन गरिएको सुपथ मूल्यको पसल कार्तिक २३ सम्म सञ्चालन गर्ने भनिएको थियो । फूलपातीदेखि एकादशीसम्मका लागि सुपथ मूल्यको पसल बन्द रहने साल्ट ट्रेडिङ कर्पोरेशनका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी रघुनाथ अधिकारीले जानकारी दिए ।...


क–कसले दिए आयल निगमको कार्यकारी प्रमुख हुन निवेदन ?

Posted: 2018-10-15 14:43:00

सुनाखरी न्युज/ काठमाडौ - नेपाल आयल निगमको कार्यकारी प्रमुख हुनको लागी १७ जनाले आवेदन दिएका छन् । निगममा मुकेश काफ्ले, अनिल झा , डा. शिवहरी श्रेष्ठ, रमेश वस्नेत, प्रलङ्कर आर्चाय, सुरेन्द्र पौडेल, डा. सरोज कोईराला र चच्युतराज पहाडीले आवेदन दिएका छन् । त्यस्तै गोवर्धन खड्का, शिवराम यादव, तारक थापा, गोविन्द प्रसाद खरेल, मंगललाल श्रेष्ठ, नारद थापा, तारानाथ पौडेल, रामप्रसाद धिताल र लोक बहादुर खड्काले आवेदन दिएका छन् ।...


खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री

Posted: 2018-10-14 12:16:09

सुनाखरी न्युज/ काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले ...


एनआरएनए सम्मेलन काठमाडौंमा

Posted: 2018-10-13 06:22:18

सुनाखरी न्युज/ काठमाडौं - एनआरएनए सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको अद्घाटनकाक्रममा प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको ’समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।


राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा भूकम्पपीडित अनुदानको समयसीमा पुन थप,पहिलो किस्ता पुस मसान्त सम्म लिन सकिने

Posted: 2018-10-11 15:08:25

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान ...


Advertisements