आर्थिक

नेपाल र क्यानाडा बीच व्यवसाय प्रवर्द्धन तथा लगानी विस्तारमा जोड

Posted: 2018-10-10 09:16:00

सुनाखरी न्युज/ काठमाडौं - नेपाल उद्योग वाणिज्य संघ र क्यानेडियन उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी, प्रविधि आदान–प्रदान, सम्भाव्यता खोजी लगायतका विषयमा छलफल भएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयको निमन्त्रणामा नेपाल भ्रमणमा आएको क्यानेडियन सांसद ब्राड ट्रोस्टको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूबीच आज महासंघ सचिवालयमा छलफल सम्पन्न भएको हो। नेपाली निर्यातकर्ताहरू र क्यानेडियन उद्यमी व्यवसायीहरूको महत्वपूर्ण सहभागिता रहेको बैठकमा विषेश गरी क्यानेडियन प्रतिनिधिमण्डलको तर्फबाट नेपाली उद्योगी व्यवसायी तथा लगानीकर्ताहरूले नेपाल क्यानाडा बीचको आर्थिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षण गर्न प्रविधिगत रूपमा नेपाली उद्योगी व्यवसायीहरूलाई दक्ष बनाउन क्यानडाबाट के–कस्तो सहयोगको अपेक्षा गरिएको छ, सो सम्बन्धमा जिज्ञासा राखेका थिए।
 
 
सो क्रममा उद्योगी व्यवसायीहरूले विशेषगरी नेपालमा व्यवसायिक कृषि, हस्तकलाका सामाग्री, औषधी, पर्यटन, उर्जा लगायतका क्षेत्रमा क्यानडाबाट लगानी, प्रविधि, बजार प्रवद्र्धन लगायतका क्षेत्रमा दरिलो सहयोग खोजेको स्पष्ट पारेका थिए। साथै, उद्यमी व्यवसायीहरूले नेपालमा लगानीका लागि क्यानेडियन सरकारको नीतिका बारेमा जिज्ञासा राखेका थिए। सो जिज्ञासा माथि क्यानेडियन प्रतिनिधिमण्डलका सांसद ट्रोस्टले क्यानेडियन लगानी आकर्षणका लागि सरकार–सरकार, जनस्तर–जनस्तर, निजी क्षेत्र–निजी क्षेत्र बीच सम्पर्क विस्तार गर्नुपर्ने, क्यानडास्थित गैर आवासीय नेपाली संघसंग सम्पर्क विस्तार गर्नुपर्ने सुझाव दिए। साथै, उनले क्यानडियन सरकारले विशेष नेपालको साना तथा मझौला उद्यम व्यवसायलाई प्रविधिगत रूपमा सु–सज्जित गर्न सघाउने विश्वास दिलाए। सो अवसरमा प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष राणाले नेपालमा यतिखेर स्थिर सरकार रहेको र लगानीको वातावरण समेत अत्यन्त राम्रो भएकोले क्यानेडियन उच्च प्रतिनिधिमण्डललाई नेपालमा लगानी विस्तारका लागि सहयोग गर्न आग्रह गरिन। 
 
 
अध्यक्ष राणाले प्रधानमन्त्रीबाट हालै सम्पन्न संयुक्त राष्ट्र संघको भ्रमणका क्रममा क्यानेडियन प्रधानमन्त्रीसँग भएको भेटघाट तथा नेपाल क्यानडा बीचको आपसी सहयोग आदान प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर कार्यक्रमको स्मरण गराउँदै सो सम्झौताबाट क्यानाडा–नेपाल बीचको आर्थिक सहकार्यमा ढोका खुल्ने विश्वास प्रकट गरेकी थिइन।



More News



सुपथ पसल एकादशीपछि फेरि खुल्ने

Posted: 2018-10-17 06:01:48

सुनाखरी न्युज/ काठमाडौं - सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यको पसल मंगलबारदेखि बन्द भएको छ । १२ असोजदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सञ्चालन गरिएको सुपथ मूल्यको पसल कार्तिक २३ सम्म सञ्चालन गर्ने भनिएको थियो । फूलपातीदेखि एकादशीसम्मका लागि सुपथ मूल्यको पसल बन्द रहने साल्ट ट्रेडिङ कर्पोरेशनका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी रघुनाथ अधिकारीले जानकारी दिए ।...


क–कसले दिए आयल निगमको कार्यकारी प्रमुख हुन निवेदन ?

Posted: 2018-10-15 14:43:00

सुनाखरी न्युज/ काठमाडौ - नेपाल आयल निगमको कार्यकारी प्रमुख हुनको लागी १७ जनाले आवेदन दिएका छन् । निगममा मुकेश काफ्ले, अनिल झा , डा. शिवहरी श्रेष्ठ, रमेश वस्नेत, प्रलङ्कर आर्चाय, सुरेन्द्र पौडेल, डा. सरोज कोईराला र चच्युतराज पहाडीले आवेदन दिएका छन् । त्यस्तै गोवर्धन खड्का, शिवराम यादव, तारक थापा, गोविन्द प्रसाद खरेल, मंगललाल श्रेष्ठ, नारद थापा, तारानाथ पौडेल, रामप्रसाद धिताल र लोक बहादुर खड्काले आवेदन दिएका छन् ।...


खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री

Posted: 2018-10-14 12:16:09

सुनाखरी न्युज/ काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले ...


एनआरएनए सम्मेलन काठमाडौंमा

Posted: 2018-10-13 06:22:18

सुनाखरी न्युज/ काठमाडौं - एनआरएनए सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको अद्घाटनकाक्रममा प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको ’समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।


राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा भूकम्पपीडित अनुदानको समयसीमा पुन थप,पहिलो किस्ता पुस मसान्त सम्म लिन सकिने

Posted: 2018-10-11 15:08:25

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान ...


Advertisements