आर्थिक

भूकम्प पीडितलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बारे छलफल

Posted: 2018-10-09 09:20:30

सुनाखरी न्युज/ काठमाडौं - मन्त्रीपरिषद्ले हालै पारित गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान उपलब्ध गराउने कार्य्विधि अनुसार भूकम्प पीडितलाई दिइने सहुलियतपूर्ण कर्जाबारे आज प्राधिकरणमा छलफल भयो । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा भएको छलफलमा ऋण लिन चाहने लाभग्राहीलाई प्रक्रिया पु¥याएर सहज रुपमा ऋण उपलब्ध गराउने समझदारी भएको छ ।  नयाँ कार्य्विधिअनुसार निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले अब आफ्नो निर्माणधीन घर धितो राखी तीन लाखसम्म ऋण लिन सक्नेछन् । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना, नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनका अध्यक्ष सरोज काजी तुलाधर, डेभलप्मेन्ट बैंकर्स एसोसियसनका सदस्य मनोज ज्ञवालीले नयाँ कार्य्विधिअनुसार ऋण दिन बैंकहरुलाई कुनै समस्या नरहेको बताउनुभयो । 
 
 
राष्ट्र बैंकका का.मु. गर्भनर चिन्तामणि सिवाकोटीले सहुलियतपूर्ण कर्जा वितरणमा राष्ट्र बैंक आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्न तयार रहेको जानकारी दिनु भयो । अर्थमन्त्रालयका सहसचिव उत्तर बहादुर खत्रीले आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका लाभग्राहीलाई राहत मिल्नेगरी नेपाल सरकारबाट पाँच प्रतिशत व्याज अनुदान उपलब्ध हुनेगरी यस्तो कर्जाको सुविधा ल्याइएको बताउनु भयो ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रकम अभावका कारण घर बनाउन नसकिरहेका लाभग्राहीको मर्कालाई विचार गरेर दोस्रो कार्यकाल सुरु गरेलत्तगै विशेष पहल गरी सहुलियत कर्जाको व्यवस्था गरिएको जानकारी दिनु भयो ।मन्त्रीपरिषद्बाट पारित सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्य्विधि, २०७५ अनुसार घर बनाउन नसकेका भूकम्प पीडितले निजी आवास निर्माणका लागि अधिकतम पाँच वर्षका लागि ऋण लिन सक्ने छन । 
 
 
नेपाल सरकारले पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी व्याज लिन पाउँछन् । यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन पाउने छ्रैनन् । छलफलमा प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरे, उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरे, उपसचिव (लेखा) कमानसिंह खत्री, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक हरि प्रसाद शर्माको पनि सहभागिता थियो । 
 



More News



सुपथ पसल एकादशीपछि फेरि खुल्ने

Posted: 2018-10-17 06:01:48

सुनाखरी न्युज/ काठमाडौं - सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यको पसल मंगलबारदेखि बन्द भएको छ । १२ असोजदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सञ्चालन गरिएको सुपथ मूल्यको पसल कार्तिक २३ सम्म सञ्चालन गर्ने भनिएको थियो । फूलपातीदेखि एकादशीसम्मका लागि सुपथ मूल्यको पसल बन्द रहने साल्ट ट्रेडिङ कर्पोरेशनका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी रघुनाथ अधिकारीले जानकारी दिए ।...


क–कसले दिए आयल निगमको कार्यकारी प्रमुख हुन निवेदन ?

Posted: 2018-10-15 14:43:00

सुनाखरी न्युज/ काठमाडौ - नेपाल आयल निगमको कार्यकारी प्रमुख हुनको लागी १७ जनाले आवेदन दिएका छन् । निगममा मुकेश काफ्ले, अनिल झा , डा. शिवहरी श्रेष्ठ, रमेश वस्नेत, प्रलङ्कर आर्चाय, सुरेन्द्र पौडेल, डा. सरोज कोईराला र चच्युतराज पहाडीले आवेदन दिएका छन् । त्यस्तै गोवर्धन खड्का, शिवराम यादव, तारक थापा, गोविन्द प्रसाद खरेल, मंगललाल श्रेष्ठ, नारद थापा, तारानाथ पौडेल, रामप्रसाद धिताल र लोक बहादुर खड्काले आवेदन दिएका छन् ।...


खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री

Posted: 2018-10-14 12:16:09

सुनाखरी न्युज/ काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले ...


एनआरएनए सम्मेलन काठमाडौंमा

Posted: 2018-10-13 06:22:18

सुनाखरी न्युज/ काठमाडौं - एनआरएनए सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको अद्घाटनकाक्रममा प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको ’समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।


राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा भूकम्पपीडित अनुदानको समयसीमा पुन थप,पहिलो किस्ता पुस मसान्त सम्म लिन सकिने

Posted: 2018-10-11 15:08:25

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान ...


Advertisements