आर्थिक

जापानद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने

Posted: 2018-10-05 12:51:02

सुनाखरी न्युज/ काठमाडौं - जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले  नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ । 
 
 
कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत सैगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिवी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताए । उनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि जापान सरकार थप सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो । जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि ‘जाईका’ मार्फत् विभिन्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 



More News



सुपथ पसल एकादशीपछि फेरि खुल्ने

Posted: 2018-10-17 06:01:48

सुनाखरी न्युज/ काठमाडौं - सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यको पसल मंगलबारदेखि बन्द भएको छ । १२ असोजदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सञ्चालन गरिएको सुपथ मूल्यको पसल कार्तिक २३ सम्म सञ्चालन गर्ने भनिएको थियो । फूलपातीदेखि एकादशीसम्मका लागि सुपथ मूल्यको पसल बन्द रहने साल्ट ट्रेडिङ कर्पोरेशनका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी रघुनाथ अधिकारीले जानकारी दिए ।...


क–कसले दिए आयल निगमको कार्यकारी प्रमुख हुन निवेदन ?

Posted: 2018-10-15 14:43:00

सुनाखरी न्युज/ काठमाडौ - नेपाल आयल निगमको कार्यकारी प्रमुख हुनको लागी १७ जनाले आवेदन दिएका छन् । निगममा मुकेश काफ्ले, अनिल झा , डा. शिवहरी श्रेष्ठ, रमेश वस्नेत, प्रलङ्कर आर्चाय, सुरेन्द्र पौडेल, डा. सरोज कोईराला र चच्युतराज पहाडीले आवेदन दिएका छन् । त्यस्तै गोवर्धन खड्का, शिवराम यादव, तारक थापा, गोविन्द प्रसाद खरेल, मंगललाल श्रेष्ठ, नारद थापा, तारानाथ पौडेल, रामप्रसाद धिताल र लोक बहादुर खड्काले आवेदन दिएका छन् ।...


खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री

Posted: 2018-10-14 12:16:09

सुनाखरी न्युज/ काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले ...


एनआरएनए सम्मेलन काठमाडौंमा

Posted: 2018-10-13 06:22:18

सुनाखरी न्युज/ काठमाडौं - एनआरएनए सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको अद्घाटनकाक्रममा प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको ’समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।


राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा भूकम्पपीडित अनुदानको समयसीमा पुन थप,पहिलो किस्ता पुस मसान्त सम्म लिन सकिने

Posted: 2018-10-11 15:08:25

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान ...


Advertisements