आर्थिक

मौद्रिक नीति सार्वजनिकः बैंकको सिआरआर ६ बाट ४ प्रतिशतमा झर्यो, ४८ अर्व तरलता थपियो (पूर्णविवरण सहित)

Posted: 2018-07-11 15:58:33

सुनाखरी न्युज /

काठमाडौं-
लघुवित्तको पुँजी बढेन, मर्जरलाई प्रोत्साहन
मौद्रिक नीति २०७५
संख्या घटाउन राष्ट्र बैंकले बैंकलाई फोर्स मर्जरमा लैजान सक्ने
मौद्रिक नीति २०७५
सेयर बजारमा झन कडाई, ऋण पाउने सिमा घट्यो
मौद्रिक नीति २०७५
वाणिज्य बैंकलाई सेयर ब्रोक्ररको लाइसेन्स खुल्ला
मौद्रिक नीति २०७५
ओभरड्राफट कर्जामा कडाई
मौद्रिक नीति २०७५
सिआरआरको सीमा ४ प्रतिशतमा घट्यो, बजारमा ४८ अर्ब तरलता जाने
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति वुधबार सार्वजनिक गरेको छ । नीतिले बैंकको सिआरआर ६ बाट ४ प्रतिशतमा भाmरेर तरलता प्रवाहमा बिशेयष ब्यवस्था गरेको छ । नीतिमा प्रमूख वूँदा यस्ता छन् :
शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था त्यसमा छ । यस्तै अधिकांश विकास बंैक र वित्त कम्पनीहरु पनि तोकिएको चुुक्ता पुुँजी पुु¥याउने प्रक्रियामा छन् । ३३ विकास बैंकहरुमध्ये २१ वटाले तोकिएको चुक्ता पुँजी पुु¥याएका छन, ७ वटा विकास बैंक तोकिएको चुक्ता पुँजी पुु¥याउने प्रक्रियामा छन्, ४ वटा विकास बैंकको चुुक्ता पुुँजी पुु¥याउने समयावधि थप गरिएको छ र एक विकास बैंक रिजोलुुशनको प्रक्रियामा मौद्रिक नीति २०७५÷७६ रहेको छ । २५ वित्त कम्पनीहरुमध्ये ११ वटाले तोकिएको चुक्ता पुँजी पुु¥याएका छन्, ३ वटा वित्त कम्पनी चुक्ता पुँजी पुु¥याउने क्रममा रहेका छन्, ५ वटा वित्त कम्पनीको चुुक्ता पुुँजी पुु¥याउने समयावधि थप गरिएको छ भने एउटा कम्पनीको चुक्ता पुुँजी नपुुग्ने देखिन्छ । यस बाहेक ४ वटा वित्त कम्पनीहरु रिजोलुुसनको प्रक्रियामा र एक वित्त कम्पनी खारेजीको क्रममा रहेका छन् ।
 
बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५र७६ देखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था गरिने छ । अनिवार्य नगद अनुपातमा गरिएको कटौतीबाट करिब रु. ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा समेत कमी आउने विश्वास गरिएको छ ।
 
वैधानिक तरलता अनुपात वाणिज्य बैंकहरुका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिने भएको छ ।
 
अन्तिम ऋणदाता सुविधा दरको रुपमा रहेको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।



More News



सुक्रिय बन्दै मध्यमस्तरीय कर कार्यालय, साँढे १७ अर्ब उठाउने चुनौती

Posted: 2018-09-22 08:18:47

सुनाखरी न्युज/ काठमाडौं -कर संकलन प्रभावकारी बनाउने भन्दै पहिलोपटक सञ्चालनमा ल्याइएको मध्यमस्तरीय कर कार्यालयले १० महिनाभित्रमा १७ अर्ब ५० करोड कर संकलन गर्नुपर्ने भएको छ । देशभरका साना कर कार्यालयलाई खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा ल्याइएको हो ।...


अव पेट्रोल पाइन्छ एक दुई दिन नआत्तिनुस

Posted: 2018-09-22 06:34:26

सुनाखरी न्युज/ वीरगन्ज- चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थको ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ। नेपाल आयल निगमको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाए अनुसार चालकहरु काममा फर्किएपछि शुक्रवार दिउँसो २ बजेदेखी रक्सौल स्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थको लोडिङ सुरु भएको छ। ...


हड्तालमा उत्रिएका चालकसँग सहमति, आज रातीदेखिनै गाडी चल्ने

Posted: 2018-09-20 21:05:57

सुनाखरी न्युज/ काठमाडौं। यातायात व्यवस्था ऐनमा भएको हेरफेरको विरोधमा हड्तालमा उत्रिएका चालक र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सहमति भएकाले शुक्रबारदेखि भाडाका सवारी चल्नेछ।...


त्रिभुवन विश्वविद्यालयको आर्थिक वर्ष २०७५/७६ को बजेट २१ अर्ब

Posted: 2018-09-19 11:44:53

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार ...


पूँजीगत लाभकरको विषय टुङ्गिन अझै महिना दिन लाग्ने

Posted: 2018-09-19 06:31:36

सुनाखरी न्युज/ हकप्रद र बोनस सेयरमा (अंकित मूल्यबाटै) लाग्ने पूँजीगत लाभकरको अन्तिम टुङ्गो लाग्न अझै महिना दिन लाग्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले असोज महिनाभित्रमा लाभकरको अन्तिम टुङ्गो लगाईसक्ने बताए । ...


Advertisements