आर्थिक

सम्पति शुद्धिकरणमा कालोसूचीमा राख्ने निर्णय गर्ने अन्तर्रा्ष्ट्रिय सम्मेलन नेपालमा

Posted: 2018-07-11 15:45:23

 
सुनाखरी न्युज/
काठमाडौ-
सम्पति शुद्धिकरण सम्वन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुने भएको छ। साउन ५ देखि ११ गतेसम्म आयोजना हुने सम्मेलनमा ५०० भन्दा वढी विदेशीहरु सहभागी हुनेछन्।
 
 
नेपाललगायतका देशहरुलाई कालोसूचीमा राख्नेरनराख्ने निधो गर्ने अधिकार भएको फाइनान्सियल एक्सन टाक्स फोर्सअन्तर्गतको क्षेत्रीय संस्था एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रिङ (एपिजी) को २१औं बार्षिक बैठक तथा प्लेनरी नेपालमा आयोजना हुन लागेको हो।
 
नेपाल आयोजक भएपनि कार्यक्रमको अध्यक्षता एपिजीको अध्यक्ष देश बंगलादेशले गर्नेछ। एपिजीको अध्यक्षता आलोपालो हुने छ।
 
एपिजीमा ४९ देश सदस्य छन्। एफएटिएफमा विश्वका टी(२० र अन्य शक्तिशाली देश गरेर ३६ राष्ट्र सदस्य छन्। नेपाल एफएटिएफको सदस्य होइन। नेपालले एपिजीको माध्यमबाट एफएटिएफमा प्रतिनिधित्व गर्छ। नेपाललगायत एपिजी सदस्य देशहरुले सामूहिक मूल्यांकन, प्रतिवेदनलगायतको बारेमा छलफल एपिजीमाध्यमबाटै हुने गर्छ। 
 
एपिजीमा सम्पति शुद्धिकरण सम्वन्धि मूल्यांकन तथा सिफारिस गर्ने अधिकार एफएटिएफ जतिकै हुन्छ। मूल्यांकनपछि कालोसुचीमा राख्ने नराख्ने, सचेत गराउने जस्ता काम एपिजीले गर्छ। एपिजीको कार्यालय सिड्नीमा छ। 
 
नेपालको एपिजीमा दुई पटक मूल्यांकन भइसकेको छ। सन् २००५ र २०१० पछि अब नेपालको ’म्युचुअल भ्यालुएसन’ सन् २०२० मा हुँदैछ। नेपालले अहिले आयोजना गरेको कार्यक्रमबाट त्यसबेला हुने मूल्यांकनमा फाइदा उठाउन सक्छ। यसपालीको बैठकमा इन्डोनेसिया,  भुटान, श्रीलंका, पाकिस्तानलगायत मुलुकको मूल्यांकन हुनेछ।
 
बैठकमा सम्वन्धित देशहरुले सम्पति शुद्धिकरण सम्बन्धमा गरेको कामको प्रगतिलगायतको मूल्यांकन गरेर कालोसूचीमा राख्नेरनराख्ने वा सचेत गराउने सिफारिस हुन्छ। 
 
सम्मेलनमा भाग लिन एपिजी सदस्य ४९ देश, टी(२० र अन्य शक्तिशाली देशका प्रतिनिधिहरु आउने छन्। अन्य दातृ निकायका प्रतिनिधिहरु पनि सम्मे लनमा उपस्थित हुनेछन्। कार्यक्रममा एफएटिएफमा अध्यक्ष, एपिजीका अध्यक्षलगायत उपस्थित हुन्छन्। एफएटिएफमा एपिजीजस्तै विश्वमा नौं वटा क्षेत्रको छुट्टाछुट्टै संगठन छन्।
 
विदेशीवाहेक नेपाल सरकारका प्रतिनिधि, नियामक निकाय र अन्य एजेन्सीका व्यक्तिहरु सहभागी हुने छन्। 
 
’नेपालको २०२० मा विस्तृत मूल्यांकन हुने भएकाले यो कार्यक्रमबाट हामीले धेरै लाभ लिन सक्छौं’ कार्यक्रमको तयारीमा खटिएका एक अधिकारीले भने, ’हामीले अहिलेबाटै हामीले गरिरहेको कामको प्रगति, हाँसिल भएको सफलता र गर्न खोजेका कामका बारेमा प्रस्टसँग बोल्ने मौका पाउँछौं।’
 
बैठकमा नेपाल आयोजक भएका कारण उसले स्वागत मन्तब्य , विशेष मन्तब्यलगायत विभिन्न समयमा संबोधन गर्ने मौका पाउँछ। त्यसबेलामा नेपालले २०२० लाई लक्षित गरेर आफ्नो बलियो पक्षहरु फोरममा राख्न पाउँछ। ’यो बैठकले हामीलाई २०२० मा राम्रो इम्प्रेसन दिन मद्दत गर्ने छ’ स्रोतले भन्यो।
 
उनका अनुसार, कार्यक्रमका कारण  नेपालको राजनीतिज्ञ, सरकारी प्रतिनिधि, नियामक निकायले सम्पति सुद्धीकरणका बारेमा राम्रोसँग बुझ्ने मौका पाउँछन्। ’हामीले तलमाथि गरे एफएटिएफले छाड्दैन है भन्ने कुरा हाम्रा सरोकारवाला निकायहरुले थाहापाउने अवसर पनि यो बैठक हो’ उनले भने।
 
कार्यक्रम दुई भागमा बाँडिएको छ। साउन ५ देखि ७ गतेसम्म विभिन्न बैठक र प्राविधिक मूल्यांकनहरु हुन्छन्। ८ गतेदेखि ११ गतेसम्म बन्दशत्र हुन्छ। आयोजकका नाताले नेपालले बन्दसत्रमा पनि सक्रिय सहभागी हुन पाउँछ। 
कार्यक्रम आयोजनाको सबै खर्च नेपाल सरकारले व्योहोर्नु पर्छ।सम्मेलनका लागि राजस्व सचिव शिशिर ढुङ्गानाको नेतृत्वमा समिति बनाएको छ। सम्पति शुद्धिकरण सम्वन्धि  नेसनल कोअर्डिनेसन समितिमा अन्य मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, सम्पति शुद्धिकरण विभागका अधिकारी, नेपाल प्रहरी प्रमुख, वित्तीय जानकारी इकाइका प्रमुख लगायत छन्।
 



More News



सुक्रिय बन्दै मध्यमस्तरीय कर कार्यालय, साँढे १७ अर्ब उठाउने चुनौती

Posted: 2018-09-22 08:18:47

सुनाखरी न्युज/ काठमाडौं -कर संकलन प्रभावकारी बनाउने भन्दै पहिलोपटक सञ्चालनमा ल्याइएको मध्यमस्तरीय कर कार्यालयले १० महिनाभित्रमा १७ अर्ब ५० करोड कर संकलन गर्नुपर्ने भएको छ । देशभरका साना कर कार्यालयलाई खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा ल्याइएको हो ।...


अव पेट्रोल पाइन्छ एक दुई दिन नआत्तिनुस

Posted: 2018-09-22 06:34:26

सुनाखरी न्युज/ वीरगन्ज- चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थको ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ। नेपाल आयल निगमको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाए अनुसार चालकहरु काममा फर्किएपछि शुक्रवार दिउँसो २ बजेदेखी रक्सौल स्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थको लोडिङ सुरु भएको छ। ...


हड्तालमा उत्रिएका चालकसँग सहमति, आज रातीदेखिनै गाडी चल्ने

Posted: 2018-09-20 21:05:57

सुनाखरी न्युज/ काठमाडौं। यातायात व्यवस्था ऐनमा भएको हेरफेरको विरोधमा हड्तालमा उत्रिएका चालक र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सहमति भएकाले शुक्रबारदेखि भाडाका सवारी चल्नेछ।...


त्रिभुवन विश्वविद्यालयको आर्थिक वर्ष २०७५/७६ को बजेट २१ अर्ब

Posted: 2018-09-19 11:44:53

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार ...


पूँजीगत लाभकरको विषय टुङ्गिन अझै महिना दिन लाग्ने

Posted: 2018-09-19 06:31:36

सुनाखरी न्युज/ हकप्रद र बोनस सेयरमा (अंकित मूल्यबाटै) लाग्ने पूँजीगत लाभकरको अन्तिम टुङ्गो लाग्न अझै महिना दिन लाग्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले असोज महिनाभित्रमा लाभकरको अन्तिम टुङ्गो लगाईसक्ने बताए । ...


Advertisements