आर्थिक

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ५१ करोड रुपैयाँ प्रस्ताव

Posted: 2018-07-10 09:39:15

सुनाखरी न्युज/ ललितपुर - ललितपुर महानगरपालिकाले आगामी आव २०७५र७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्रा्ष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताउनुभयो । संघीय सरकारबाट रु ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ । प्रदेश सरकारबाट रु तीन करोड र आन्तरिक स्रोत रु एक अर्ब ७७ करोड ५४ लाख एक हजार आयको अनुमान गरिएको छ । अनुदान सशर्त र निःशर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ ।
 
 
नगर प्रमुख चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले विकासको शुरुआत महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्नेछौँ ।सांसद पम्फा भुसालले महानगरले कानूनले तोकेको मिति १० असार) भन्दा ढिलो गरेर बजेट ल्याएको बताउँदै भन्नुभयो, अनुभवको कमीले यो वर्ष ढिला भए पनि आगामी वर्ष समयमा नै गर्नुपर्छ । प्रदेशसभा सदस्य माधव पौडेलले महानगरपालिकाले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने औंलाउनुभयो । 
 
 
नगरसभा सदस्य रामकुमारी लेखुले नगरको विकासका लागि सबै दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो । नगरसभाले पारित गरेको बजेट यही असार ३२ गते सार्वजनिक गरिने योजना छ ।



More News



चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख राजश्व सङ्कलन

Posted: 2018-11-16 17:17:24

सुनाखरी न्युज/ काठमाडौं - विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन ...


नेपाल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा २० करोड कमायो

Posted: 2018-11-16 13:59:33

सुनाखरी न्युज/ काठमाडौं - र्जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड (Nepal Life Insurance Co. Ltd.) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४१ लाख रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीको यो ...


नेपाल टेलिकमले ३ महिनामा कमायो ४ अर्ब ४९ करोड

Posted: 2018-11-16 10:00:58

सुनाखरी न्युज/ काठमाडौं - सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड रुपैंया खुद मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत ...


पुल सुधार तथा मर्मतका लागि विश्व बैंकसँग १८ अर्बको सम्झौता

Posted: 2018-11-14 17:29:29

सुनाखरी न्युज/ काठमाडौं - पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्बको सम्झौता गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्ट्विग साफेरको ...


पूर्वाधार विकासको चार करोड रकम बाँडफाँड

Posted: 2018-11-13 11:11:53

सुनाखरी न्युज/ लमजुङ - नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गर्नुभएको छ । उहाँले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै ...


Advertisements