आर्थिक

कोरियाली भाषा परीक्षा आज र भोलि, ८२ हजार २६४ परीक्षार्थी सहभागी हुँदै

Posted: 2018-06-09 05:12:26

 
सुनाखरी न्युज/
काठमाडौँ-
गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने हुँदै  छ ।
 
परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन्।
 
बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्‍चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उनले दिए।
 
काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन्। परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ।
 



More News



बजेटको लक्ष्य हासिल हुन्छः गभर्नर डा. नेपाल

Posted: 2018-06-20 07:44:39

सुनाखरी न्युज/ काठमाडौं – आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित आठ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशत हाराहारीमा मूल्यवृद्धि कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन्। आइबिएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘मौद्रिक नीति ०७५-७६’ विषयक अन्तक्र्रिया कार्यक्रममा गभर्नर नेपालले...


सफल होला त काठमाडौं महानगरको कर अभियान वर्ष ?

Posted: 2018-06-20 07:17:02

सुनाखरी न्युज/ काठमाडौँ — महानगरपालिकाले आर्थिक वर्ष ०७३र०७४ मा लक्ष्य राखेको भन्दा एकतिहाइ मात्रै कर असुल्न सफल भयो । ६ अर्ब ९२ करोड ५५ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा जेठ महिनासम्म २ अर्ब ३४ करोड ४९ लाख ११ हजार असुली भएको थियो । ...


चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

Posted: 2018-06-18 19:54:16

सुनाखरी न्युज/ काठमाडौँ -एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि ७९ अर्ब ४० करोड ५१ लाख ९० हजार रुपैयाँबराबरको प्रतिबद्धता आएको छ । ...


इन्धनको मुल्य समायोजन, पेट्रोल ३ रुपैयाँ सस्तो

Posted: 2018-06-18 08:39:03

सुनाखरी न्युज/ काठमाडौं सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले चौतर्फी दबावपछि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।...


प्रदेश सांसदलाई पनि बजेट, ‘मनोमानी गर्न’ वार्षिक साढे १० अर्ब विनियोजन

Posted: 2018-06-18 08:19:28

सुनाखरी न्युज/ काठमाडौँ — स्थानीय तहले पाएको विकास–निर्माणसम्बन्धी संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै संघीय सरकारले झैं पाँचवटा प्रदेशले पनि विवादास्पद ‘निर्वाचन क्षेत्र विकास’ र सांसदका लागि बजेट छुट्टयाएका छन् । ३ र ४ बाहेकका सबै प्रदेशद्वारा २ दिनअघि सार्वजनिक बजेट वक्तव्यमा प्रदेश निर्वाचन क्षेत्र तथा सांसदका नाममा करोडौं रकम विनियोजन गरिएको छ।...


Advertisements