आर्थिक

बजेट कोर्स करेक्सनको वाटोमा छः अर्थमन्त्री

Posted: 2018-06-08 08:53:49

 
सुनाखरी न्युज/
  
काठमाडौं-
अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमार्फत आफूले अर्थतन्त्रको ’कोर्स करेक्सन’को बाटो अवलम्बन गरेको बताएका छन्। विगतका गल्ती कमीकमजोरी सच्याउँदै राष्ट्रिय अर्थतन्त्र निर्माणको बाटो आफूले लिएको र त्यो नै अहिलेका लागि उपयुक्त विकल्प भएको खतिवडाले दावी गरे।
 
 
 
निर्वाचनपछि गठन भएको बलियो सरकारले अर्थतन्त्रको दिशा परिवर्तनको आधार तयार गर्न विगतका कामका जिम्मेवारी लिँदै अघि बढ्ने गरी बजेट बनाइएको खतिवडाले उल्लेख गरेका छन्। ’यो सरकारले अर्थतन्त्रको दिशा परिवर्तनको कुरा गरेको छ, त्यसमा दुईवटा विकल्प हुन सक्थे,’ उनले भने, ’पहिलो भनेको विगतका सबै कुरा छाडेर नयाँ हिसाबले जाने होबाटो हुन्छ। त्यो त्यति जिम्मेवार हुँदैन। अर्को भनेको विगतका कुराको जिम्मेवारी लिँदै अघि बढ्ने कोर्स करेक्सनको बाटो हो। मैले यो बजेटबाट कोर्स करेक्सनको बाटो लिएको छु।’
 
 
सरकारले समृद्ध नेपालको अवधारणा अघि सारेको भन्दै त्यसका लागि ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गरेर अघि बढ्ने खतिवडाले बताए। उनले मुलुकमा ७६१ वटा सरकार रहेको र ती सबैले आउँदो वर्षमा साढे ६ खर्ब पुँजीगत खर्च गर्ने दावी गरे। ’तल्ला तहमा सरकार छन्। उनीहरुको करको क्षेत्र बढेको छ। पुँजीगत खर्च गर्ने क्षमता पनि बढेको छ,’ उनले भने, ’तलबाट पुँजी निर्माणमा योगदान हुन्छ। तलबाट समृद्धिमा योगदान बढाउँदै लैजाने छौँ।’
 
उच्च आर्थिक वृद्धिको आकांक्षाकाबीच सरकारले आधारभूत आर्थिक अनुशासनमा बसेर बजेट निर्माण गरेको पनि दावी गरे। ’बजेट घाटालाई निश्चित सीमाभित्र राखेका छौँ, ऋण पनि सीमाभित्र बसेर लिन्छौँ,’ उनले भने, ’सरकारको प्राथमिकता प्राप्त क्षेत्रमा मात्रै बाह्य ऋण लिन्छ। बैंकिङ प्रणालीमा आउने संभावित निक्षेपको आधा मात्रै आन्तरिक ऋण उठाउने भनेका छौँ।’
 
बैंक तथा वित्तीय संस्थाले स्वदेशीका अतिरिक्त विदेशी पुँजी भित्र्याउनका लागि पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्। ब्याजदरको उतारचढाव र उच्च ब्याजदरका समस्या समाधानको लागि यो बलियो बाटो हुने उनले बताए।राष्ट्रिय अर्थतन्त्रको आधार निर्माणका लागि आफूले रोजगारी सिर्जना र आन्तरिक उत्पादनलाई प्राथमिकताका साथ अघि बढाएको खतिवडाले उल्लेख गरे। नेपाल आर्थिक पत्रकार समाज र नेपाल उद्योग परिसंघले गरेको कार्यक्रममा खतिवडाले स्वाधीन अर्थतन्त्र विकासका लागि बजेटले बाटो देखाएको बताए। ’ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने भनेको प्रत्येक नेपालीले स्वविवेकले स्वाधीन भएर काम गर्न पाउनुपर्छ भन्ने हो। आफ्नो प्राथमिकतामा साधन विनियोजन र उपयोग गर्न पाउनुपर्छ,’ उनले भने, ’साना तिना अन्तर्रा्ष्ट्रिय धक्का आउँदा पनि मुलुक चलाउन सक्ने अर्थतन्त्र निर्माण गर्ने हो। त्यसका लागि आधारभूत कुराहरुमा कृषि र उद्योग क्षेत्र आत्मनिर्भर हुनुपर्छ।’
 
विगतमा रेमिट्यान्समा आधारित अर्थव्यवस्थाका कारण मुलुकमा उपभोक्तावाद हावी भएको भन्दै अब उत्पादनमा सबैको जोड हुनुपर्ने बताए। ’रेमिट्यान्समा आधारित आयात र आयातमा आधारित कर प्रणाली। त्यसैले चलेको वित्त व्यवस्थाले मात्रै हुँदैन,’ उनले भने, ’अबको समयमा लगानी उत्पादनशील क्षेत्रमा खर्च हुनुपर्छ।’ सरकारले निर्यात प्रवर्द्धनमा कर छुटको योजना अघि सारेको भन्दै अब त्यसलाई कार्यान्वयन गरेर छाड्ने प्रतिवद्धता पनि उनले जनाएका छन्। सरकारले आन्तरिक बजारमा प्रतिस्पर्धालाई संरक्षण गर्ने भन्दै मूल्यमा हुने मिलेमतो आफूलाई मान्य नहुने पनि उनले उल्लेख गरे।
 



More News



बजेटको लक्ष्य हासिल हुन्छः गभर्नर डा. नेपाल

Posted: 2018-06-20 07:44:39

सुनाखरी न्युज/ काठमाडौं – आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित आठ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशत हाराहारीमा मूल्यवृद्धि कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन्। आइबिएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘मौद्रिक नीति ०७५-७६’ विषयक अन्तक्र्रिया कार्यक्रममा गभर्नर नेपालले...


सफल होला त काठमाडौं महानगरको कर अभियान वर्ष ?

Posted: 2018-06-20 07:17:02

सुनाखरी न्युज/ काठमाडौँ — महानगरपालिकाले आर्थिक वर्ष ०७३र०७४ मा लक्ष्य राखेको भन्दा एकतिहाइ मात्रै कर असुल्न सफल भयो । ६ अर्ब ९२ करोड ५५ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा जेठ महिनासम्म २ अर्ब ३४ करोड ४९ लाख ११ हजार असुली भएको थियो । ...


चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

Posted: 2018-06-18 19:54:16

सुनाखरी न्युज/ काठमाडौँ -एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि ७९ अर्ब ४० करोड ५१ लाख ९० हजार रुपैयाँबराबरको प्रतिबद्धता आएको छ । ...


इन्धनको मुल्य समायोजन, पेट्रोल ३ रुपैयाँ सस्तो

Posted: 2018-06-18 08:39:03

सुनाखरी न्युज/ काठमाडौं सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले चौतर्फी दबावपछि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।...


प्रदेश सांसदलाई पनि बजेट, ‘मनोमानी गर्न’ वार्षिक साढे १० अर्ब विनियोजन

Posted: 2018-06-18 08:19:28

सुनाखरी न्युज/ काठमाडौँ — स्थानीय तहले पाएको विकास–निर्माणसम्बन्धी संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै संघीय सरकारले झैं पाँचवटा प्रदेशले पनि विवादास्पद ‘निर्वाचन क्षेत्र विकास’ र सांसदका लागि बजेट छुट्टयाएका छन् । ३ र ४ बाहेकका सबै प्रदेशद्वारा २ दिनअघि सार्वजनिक बजेट वक्तव्यमा प्रदेश निर्वाचन क्षेत्र तथा सांसदका नाममा करोडौं रकम विनियोजन गरिएको छ।...


Advertisements