आर्थिक

स्थानीय निकायहरुमा एनआईसी एशिया पहिलो वाणिज्य बैंकको रुपमा स्थापित

Posted: 2018-05-17 16:44:29

सुनाखरी न्यज/ काठमाडौं- एनआईसी एशिया बैंकले ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा आफ्नो शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ । बैंकले स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम उक्त स्थानमा नयाँ कार्यालय विस्तार गरेको हो । शाखा सञ्जाल, पुँजी संरचनाको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।
 
 
 
बैंकले हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट मार्फत सम्पूर्ण बैंकिङ् सेवाहरु दिँदै आएको छ ।
 
 
यस बैंक अन्य वाणिज्य बैंकहरु भन्दा पहिला उक्त स्थानमा पुग्न सफल भएको छ र पहिलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ ।
 



More News



पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले वृद्धि (सूचिसहित)

Posted: 2018-08-21 11:08:37

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७०/७१ मा ३ खर्ब ५६ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । त्यसको पाँच बर्षपछि अर्थात गत अािर्थक बर्ष २०७४/७५ मा ...


सात विमानस्थल नाफामा, डेढ अर्ब बढी राजश्व

Posted: 2018-08-20 10:09:24

सुनाखरी न्युज/ काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५/७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Posted: 2018-08-19 21:54:21

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर १११ रुपैयाँ भएको छ भने डिजेल र मट्टतिेलको मूल्यमा क्रमशस् २र२ रुपैयाँले बढेको छ। अब उपभोक्ताले यी दुबैका लागि प्रति लिटर ९५ रुपैयाँ खर्च गर्नुपर्नेछ ।...


केरुङ काठमाडौं रेलमार्ग निर्माण गर्न ९ वर्ष लाग्ने, खर्च २ खर्ब ५७ अर्ब लाग्ने प्रारम्भिक अध्ययन

Posted: 2018-08-19 12:20:41

सुनाखरी न्युज/ काठमाडौ - चीनको केरुङ देखि काठमाडौँ सम्म रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा ...


हिमालयन कार्गोका सञ्चालक बिनोद गुप्ता विरुद्ध पौने ३ अर्ब राजश्व छलीको मुद्धा

Posted: 2018-08-17 15:00:04

सुनाखरी न्युज/ काठमाडौं - राजश्व अनुसन्धान विभागले हिमालयन कार्गोका सञ्चालक बिनोदकुमार गुप्ता र मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । ...


Advertisements