आर्थिक

इन्धनको मुल्य फेरी बढ्यो, पेट्रोल–डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

Posted: 2018-05-16 22:11:46

 
सुनाखरी न्युज/
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
 
 
 
 
बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले बताए ।
 
मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
 
यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।



More News



भुकम्प पिडितको गुनासो सुनुवाईबाट थप लाभग्राही कायम

Posted: 2018-05-26 06:01:25

सुनाखरी न्युज/ काठमाडौं-[ भुकम्प पिडितको गुनासो सुनुवाईबाट थप लाभग्राही कायम भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले हालसम्म विश्लेषण सकिएका विभिन्न जिल्लाका १८ गाउँपालिका र २ नगरपालिकाका ५ हजार ३ सय ४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राही बनाएको हो । ...


भ्याटको ५४ अर्ब व्यापारीको खल्तीमा, उच्चस्तरीय अध्ययन कार्यदल र महालेखा परीक्षक कार्यालयलगायतले ‘भ्याट फिर्ता’ लाई खारेज गर्न सुझाव दिए पनि सरकारद्वारा अटेर

Posted: 2018-05-25 14:15:26

सुनाखरी न्युज/ काठमाडौँ — उपभोक्ताले तिरेको ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) को रकम सरकारले व्यापारीको खल्तीमा पुर्‍याएको छ । उपभोक्ताबाट उठाइएको भ्याट रकम स्वदेशी उद्योगलाई प्रोत्साहन र चोरीका मोबाइल नियन्त्रणका नाममा व्यापारीलाई सरकारले फिर्ता दिएको हो ।...


अव भारत जाने कामदारलाई पनि श्रमको दायरामा ल्याइने

Posted: 2018-05-25 07:57:30

सुनाखरी न्युज/ काठमाडौं– नेपालबाट रोजगारीका लागि भारत जाने कामदारलाई श्रम स्वीकृतिको दायराभित्र ल्याउन सरकारलाई सरोकारवालाहरुले सुझाब दिएका छन्। वैदेशिक रोजगार क्षेत्र सुधार सुझाव कार्यदलले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमका वक्ताले भारतमा ठूलो संख्यामा नेपाली कामदार जाने भएकाले ती कामदारलाई श्रमको दायराभित्र ल्याउनुपर्नेमा जोड दिए।...


खस्कियो घरजग्गा कारोवार, कित्ताकाट र तरलता प्रमूख कारण

Posted: 2018-05-24 21:16:59

सुनाखरी न्युज/ काठमाडौं- कित्ताकाटमा प्रतिवन्ध र वित्तीय क्षेत्रको तरलता अभावले उपत्यका वाहिर पनि घरजग्गा कारोबारमा मन्दी छाएको छ। गत साउन २६ गते भूमीसुधार मन्त्रालयले गरेको कृषियोग्य जग्गाको खण्डिकरण रोक्न अनुमति लिएर वा नलिएर कुनैपनि किसिमले जग्गा प्लटिङमा रोक लगाउने निर्णयले कारोबारमा ब्रेक लागेको थियो।...


बजेट तान्न ‘पावरवालाको’ दौडधुप, अर्थ मन्त्रालय र योजना आयोगमा भीड वाक्लियो

Posted: 2018-05-24 15:46:18

निलु अधिकारी/ काठमाडौं - बजेट आफ्नो क्षेत्रमा पार्न उच्चस्तरका नेतादेखि सांसद र पार्टीका कार्यकर्ताहरुको दौडधुप शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७५÷७६ को बजेट सार्वजनिकगर्ने दिन नजिकिँदै जाँदा सोर्सफोर्स लगाउन सक्नेहरुले बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय र योजना आयोग पुगेर दवाव दिन थलोका हुन् । ...


Advertisements