आर्थिक

देशभरका यातायात समितिका बैंक खाता र सम्पत्तिमाथि छानबिन सुरु हुँदै

Posted: 2018-05-16 11:16:57

सुनाखरी न्युज / काठमाडौ– देशभरका यातायात समितिहरु नवीकरण नगर्ने निर्णयपछि सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, सेयर र सम्पत्ति छानबिन अघि बढाएको छ। 
 
मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल लगायतको उपस्थितिमा भएको बैठकले उनीहरुको सम्पती छानबिन अघि बढाउने निर्णय गरेको हो। बैठकले संघसंस्थाहरुको चल(अचल सम्पत्ति, सेयर लगायत विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका पुमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको छ। 
 
 
मंगलबारको बैठकले बैंक खाता रोक्का गरिएका समिति बाहेक संस्था दर्ता  ऐन अनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको छ। त्यस्तै, बाँकी रहेका सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 
 
यसअघि सरकारले २ सय ४५ वटा समितिहरुको बैंक खाता रोक्का गरेको थियो। सिन्डिकेट खारेजको माग गर्दै गत बैशाख २१ गते देशभरि यातायात ठप्प बनाएको थियो। त्यसपछि समितिविरुद्ध सरकार थप आक्रामक बनेको हो।      
 
 
 



More News



हिमालयन कार्गोका सञ्चालक बिनोद गुप्ता विरुद्ध पौने ३ अर्ब राजश्व छलीको मुद्धा

Posted: 2018-08-17 15:00:04

सुनाखरी न्युज/ काठमाडौं - राजश्व अनुसन्धान विभागले हिमालयन कार्गोका सञ्चालक बिनोदकुमार गुप्ता र मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । ...


नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि

Posted: 2018-08-17 11:29:14

सुनाखरी न्युज/ काठमाडौं - नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्रा्ष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था ...


राजनीतिक कोपभाजनमा पूननिर्माण प्राधिकरण, वाम काँग्रेस पालैपालोगर्दै तीन बर्षमा पाँच सिइओ

Posted: 2018-08-16 05:35:01

सुनाखरी न्युज/ काठमाडौं- भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैं राजनीतिक कोपभाजनमा पर्दा पिडितहरु झन पिडामा पर्न बाध्य भएका छन् । प्राधिकरण गठन भएको करिव तीन बर्षको अवधिमा प्रमूख कार्यकारी अधिकृत (सिइओ) नै पाँच पटक परिवर्तन भएका छन् भने सचिव र अन्य कर्मचारी त प्राधिरकणमा खासै टिक्नसकेका छैनन । ...


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा पुनः सुशील ज्ञवाली नियुक्त

Posted: 2018-08-15 16:33:12

सुनाखरी न्युज/ काठमाडौं - सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । ...


हुलाकी राजमार्ग बनाउन भारत सरकारले नेपाल सरकारलाई दियो ४७ करोड

Posted: 2018-08-15 10:16:17

सुनाखरी न्युज/ काठमाडौं - हुलाकी राजमार्ग आयोजना निर्माणका लागि भारत सरकारले नेपाल सरकारलाई ४७ करोड रुपैयाँ प्रदान गरेको छ। भारतीय राजदूत मञ्जिव सिंह पुरीले मंगलबार उक्त रकम नेपाल सरकारलाई हस्तान्तरण गरेका ...


Advertisements