आर्थिक

चीन जोड्ने रसुवागढी नाकामा १२ वटा सिसिटिभी क्यामेरा राखियो

Posted: 2018-04-16 11:11:35

 
सुनाखरी न्युज/
रसुवा-
 नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ। 
 
गोसाइँकुण्ड गाउँपालिका २ टिमुरेदेखि रसुवागढीसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो। नाकामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि टिमुरेदेखि रसुवागढीसम्म १२ वटा क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए। ’नाकामा आवश्यक प्रविधिको अभावमा अवैध क्रियाकलाप रोक्न समस्या हुँदै आएको थियो, सिसिटिभी जडान गरेपछि निगरानी गर्न सहज हुने अपेक्षा राखेका छौँ,’ उनले भने।
 
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारमा पनि सिसिटिभी जडान गरिएको छ। जिल्ला प्रहरी कार्यालयमा ५ वटा र जिल्ला कारागारमा ३ वटा गरी ८ वटा सिसिटिभी जोडिएको प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए।
 
चीनले अन्तराष्ट्रिय नाका घोषणा गरेसँगै तेस्रो मुलुकका नागरिक समेत रसुवागढी नाकाको प्रयोग गरेर नेपाल भित्रने गरेका छन्। भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका औपचारिक रुपमा सञ्चालनमा आएको थियो। 
 
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नाकाबाट पछिल्लो समय आयात तथा निर्यात बढ्दै गइरहेको छ। चीनबाट करुको पिठो, रेडिमेट मसला, ड्राई मसरुम, क्वाची, बदाम, प्याज, कफी, ओखर, स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुन्द्रुकको आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसोको कुचो, बुद्धचित्त, काठको धुप राख्ने स्ट्यान्ड, रुद्राक्ष, काठको प्लेट, काठको आँखीझ्याल लगायतका वनजन्य सामग्री निर्यात हुँदै आएको छ। 



More News



कैलाली भन्सारबाट लक्ष्य भन्दा ८ प्रतिशत बढी राजस्व संकलन

Posted: 2018-07-18 10:53:40

सुनाखरी न्युज/ कैलाली - आर्थिक वर्ष २०७४ र ०७५ मा कैलाली भन्सारले लक्ष्यको ८ प्रतिशत बढी अर्थात ४ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्षमा ३ अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा भन्सारले बढी राजस्व संकलन गरेको हो ।जेठ महिनामा सबैभन्दा बढी अर्थात ४५ ...


विदेश जाँदा र आउँदा साथमा कति नगद बोक्न पाइने, यस्तो छ नयाँ व्यवस्था, हेर्नुस सुचना सहित

Posted: 2018-07-17 14:40:28

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल राष्ट्र बैंकले विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सीमा तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात मंगलबारदेखि लागू हुने गरी ...


सरकारले वर्षको अन्तिममा आएर विकास बजेट बाढीमा बगायो

Posted: 2018-07-17 13:29:18

सुनाखरी न्युज/ काठमाडौँ - सरकारले विकास बजेट सक्न एकै दिन २७ अर्ब ६२ करोड ६५ लाख २४ हजार खर्च गरेको छ । आर्थिक वर्षको ११ महिना सम्म दैनिक ४८ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको सरकारले असार ३१ गते २७ अर्ब ६२ ...


अवदेखि श्रमिक र कर्मचारीको पारिश्रमिक सिधै बैंक खातामार्फत

Posted: 2018-07-17 07:05:33

सुनाखरी न्युज/ काठमाडौं - मन्त्रिपरिषदको सोमबार बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खाता मार्फत भुक्तानी गर्ने गरिने निर्णय भएको छ । हेर्नुस् क–कसले पाउँछन् बैंकमाफृत भुक्तानी ? – नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक...


सरकारी ढुकुटिमा थुप्रियो साँढे ३ खर्ब, अर्थमन्त्री डा. खतिवडाले रित्तो भनेको ढुकुरी भरीयो

Posted: 2018-07-16 21:24:46

सुनाखरी न्युज/ काठमाडौं- गत १६ चैतमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुको अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै भनेका थिए, ‘बजेट अनुशासन उल्लङ्घन भएका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ ।’ त्यतिवेला उनले अघिल्लो सरकारहरूका पालामा वित्तीय अनुशासनका सीमा निर्ममतापूर्वक तोडिएकाले देशको ढुकुटी रित्तो अवस्थामा रहेको बताएका थिए ।...


Advertisements