आर्थिक

सरकारी बेरुजू २ खर्ब ९० अर्ब ५३ करोड

Posted: 2018-04-12 21:34:07

सुनाखरी न्युज/

काठमाडौं-
आर्थिक बर्ष २०७३÷७४ सम्ममा सरकारी बेरुजू २ खर्ब ९० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस मध्ये गत आर्थिक बर्षको मात्रै बेरुजू १ खर्ब २० अर्ब ९१ करोड रुपैयाँ छ ।
सरकारी निकायले रकम खर्च गरेको तर त्यसलाई फस्र्योट (रुजू) गर्न नसकेको रकम बेरुजू हुने गर्दछ । महालेखा परीक्षकको ५५ औं बार्षिक प्रतिवेदन अनुसार सरकारी निकायले बेरुजू र कारवाहीगरी अशुल उपर गर्नुपर्ने रकम ५ खर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यस्तो रकम ३ खर्ब ९६ अर्ब २६ करोड रुपैयाँ थियो । 
प्रतिवेदनमा उल्लेख गरिएको बेरुजू रकम कुल बेरुजूको ५ दशमलव ४१ प्रतिशत हो । यस्तो रकम चउन्नौं प्रतिवेदनमा ६ दशमलव ८६ र त्रिपन्नौमा ४ दशमलव ६८ प्रतिशत थियो । 
नेपालको संविधान अनुसार संघ, प्रदेश, स्थानीय तहका सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको सम्पूर्ण स्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखा परीक्षण गरिएको हो । आर्थिक बर्ष २०७३÷७४ को नियमित र सोभन्दा अघिका लेखापरीक्षण गर्न बाँकी समेत यस वर्ष ६ हजार ६ सय १६ निकायको आर्थिक कारोबारको परीक्षण यसपटक गरिएको हो  ।
यस वर्ष सरकारी निकाय, संगठित संस्था, स्थानीय निकाय÷तह, जिल्ला विकास÷समन्वय समिति समेतको ४६ खर्ब ८७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न भएकोमा सोमध्ये ४ हजार ८१२ सरकारी निकायतर्फ १७ खर्ब ५२ अर्ब ९३ करोडको लेखापरीक्षणबाट ९४ अर्ब ८२ करोड अर्थात् ५.४१ प्रतिशत बेरुजू कायम भएको महालेखा परीक्षक टंकमणि शर्माले दंगालले बताए । 
स्थानीय तहतर्फ साविकका स्थानीय निकाय ३३७४ सहित ७४४ स्थानीय तहमध्ये ७३८ को १ खर्ब ८० अर्ब ३१ करोडको लेखापरीक्षणबाट १४ अर्ब २५ करोड अर्थात् ७.९० प्रतिशत बेरुजू कायम भएको छ । यो वर्ष सार्वजनिक संस्था, जिल्ला विकास समिति र अन्य समितिको २७ खर्ब ५४ अर्ब ६७ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । यस बाहेक २१ सार्वजनिक संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलव्ध गराइएको छ ।
गत वर्षसम्मको बाँकी बेरुजू २ खर्ब २२ अर्ब ५३ करोडमा यो वर्ष ५२ अर्ब ९१ करोड फछर्यौट भई बाँकी रहेको १ खर्ब ६९ अर्ब ६२ करोडमा यो वर्षको बेरुजू १ खर्ब २० अर्ब ९१ करोड समेत २ खर्ब ९१ अर्ब ५३ करोड बाँकी रहेको उनले बताए । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष १४ अर्ब ९ करोड असुल भएको र गत वर्ष असुल फछर्यौट गर्नुपर्ने बेरुजू तथा कारबाही गरी टुङ्गो लगाउनुपर्ने अन्य रकम ३ खर्ब ९६ अर्ब २६ करोड रहेकोमा यस वर्षको अन्तमा ५ खर्ब ८ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । 
तुलनात्मकरुपमा बढी बेरुजू हुने साविकका निकायमा भौतिक योजना तथा यातायात मन्त्राय पहिलो नम्वरमा परेको छ । यो मन्त्रालयको बेरुजू कुल बेरुजूरकमको २२ प्रतिशत अर्थात २१ अर्ब २६ करोड छ । यस्तै अर्थ मन्त्रालय बेरुजू बढी हुनेमध्ये दोस्रो नम्वरमा परेको छ ।  यो मन्त्रालयको बेरुजू कुल बेरुजूको १५ प्रतिशत अर्थात १६ अर्ब १६ करोड छ । यसपछि बढी बेरुजू हुेन मन्त्रालयहरुमा संघीय मामिला थता स्थानिय विका, शिक्षा, रक्षा, खानेपानी तथा सरसफाई, शहरी विकास, स्वास्थ्इ तथा जनसंख्या, सिंचाई र गृह छन् । यिनीहरुको बेरुजू कुल बेरुजूको ११ प्रतिशत भन्दा बढी छ । 
महालेखाको ५५ औं बार्षिक प्रतिवेदन अनुसार प्रत्येक नेपालीको ऋण दायित्व २४ हजार २ सय ७६ रुपैयाँ ७५ पैस पुगेको छ ।  यो ऋण अघिल्लो बर्ष २ हजार १ सय ४७ रुपैयाँ ३४ पौले बढेको हो । 
प्रतिवेदनले १९ वटा सार्वजनिक सस्थानले लेखा परीक्षण नगराएको पाइएको देखाएको छ । तोकिएको समयमा लेखा परीक्षणगराई हिसाव फस्र्योट गर्न नसक्ने निकायमा गुठी संस्थान, नागरिक उड्ययन प्राधिकरण, राष्ट्रिय आवास कम्पनि, जनक शिक्षा सामाग्रि केन्द्र, नागरिक लगानी कोष, रेल्वे कम्पनि, विमा संस्थान, विमा कम्पनि, साँस्कृति संस्थान, नेपाल पर्यटन वोर्ड, खानेपानी संस्थान, खाद्य संस्थान, औषधी उद्योग, उदयपुर सिमेन्ट, जडिवुटी कम्पनि, गोरखापत्र संस्थान, नेशनल टे«डिङ, पशुपति विकास कोष र त्रिभुवन बिश्वविद्यालय छन् । 
प्रतिवेदनले वायुसेवा निगमले खरिदगर्न लागेको वाइड वडी जाहज खरिदको वोलपत्र आब्ह्वानगर्दा जहाज निर्माता कम्पनिसँग किन्नुपर्ने विनियमावली रहेकोमा त्यस विपरित पाटपुर्जा विक्रीगर्ने कम्प्निलाई छनौटगरेको पाइएको उल्लेख छ । 
 



More News



कात्तिक महिनामा मात्रै ७ अर्ब रुपैयाँ रकमान्तर, बढी रकम सेनाकाको नयाँ ७ दशमलव ६२ मिमिएम्युनिशिन उत्पादन प्लाण्ट खरिदकालागि

Posted: 2018-12-09 13:20:35

शिव दुवाडी/ काडमाडौं- सरकारी बजेट खर्च हुन नसकेर सरकारको चर्को आलोचना भैरहेका वेला आर्थिक बर्षको चौथो महिना अर्थात कात्तिकमा मात्रै झण्डै ७ अर्ब रुपौयँ रकमान्तर भएको पाइएको छ । बजेटमा विनियोजन भएको रकम खर्च नभएपनि आफूखुशी हुसने खर्चमा यसरी अतइाधिक वृद्धि भएको हो ।...


फागुन तेस्रो साता राजधानीमा घरेलु उद्योग महोत्सव–२०७५ आयोजना हुने, स्वदेशी उत्पाद प्रवर्दनमा जोड

Posted: 2018-12-09 10:24:57

सुनाखरी न्युज/ काठमाडौं- “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आगामी फागुन तेस्रो साता राजधानीमा आयोजना हुने भएको छ ।...


एनआरएनए एसिया प्यासिफिकको छैठौ“ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन

Posted: 2018-12-07 16:55:37

सुनाखरी न्युज/ काठमाडौं- गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै नेपालको समृद्धि र नेपालीको हितको निम्ति गैरआवासीय नेपालीहरुको साधन स्रोत प्रयोगमा ल्याउनका लागि काम गर्दै आएको छ । संघले मुलुक समृद्ध नभएसम्म व्यक्तिगत सम्पन्नताको खास अर्थ रह“दैन भन्ने मान्यता राख्दै आएको संघका लागि नेपाल र नेपालीको समृद्धि स्वार्थको विषय पनि हो । तसर्थ नेपालमा लगानीको राम्रो वातावरण निर्माण संघको प्राथमिकतामा रह“दै आएको छ । निर्माणमा सरकारको प्रमुख भूमिका रहने तथ्यलाई मनन गरी संघले लगानी सम्बन्धमा नीति निर्माण गर्न र नेपालको लगानीका अवसर सम्भावित लगानीकर्तासम्म पु¥याउन सरकारलाई सहयोग गर्ने नीति लिएको छ ।...


१३९ मध्ये ११० मुलुकसँग नेपालको ब्यापार घाटा, बढी घाटा हुनेमा भारत पहिलो, दोस्रोमा चिन र तेस्रोमा फ्रान्स

Posted: 2018-12-07 13:42:09

शिव दुवाडी/ काठमाडौं - नेपालवाट विभिन्न वस्तु तथा सेवाको निकासी पैठारी हुँदै आएका विश्वमा १ सय ३९ देश मध्ये १ सय १० भन्दा बढी मुलुकसाग ब्यापार घाटा रहेको छ । झिनो मात्रामा कारोबार हुने करिव २ दर्जन मुलुकसँग भने नेपाल ब्यापारमा ...


विचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गरिने : पद्माकुमारी अर्याल

Posted: 2018-12-07 10:42:26

सुनाखरी न्युज/ काठमाडौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गरिने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज, सहकारी मन्त्रालय तथा ...


Advertisements