आर्थिक

रेमिटेन्स आयमा सुधार, ब्यापार घाटा चुलियो

Posted: 2018-04-12 21:29:15

 
सुनाखरी न्युज/
काठमाडौं-
विदेशमा गएका नेपालीले पठाउने रेमिटेन्सको बृद्धिमा अप्रत्यासित सुधार देखिएको छ। फागुनमा ४.९ प्रतिशतले रेमिटेन्स बढेको छ। फागुनसम्म ४ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको छ। 
 
उच्च ब्यापार घाटाका कारण देशमा भित्रिनेभन्दा बाहिरिने रकम शोधनान्तर भने ऋणात्मक छ। गत बर्ष फागुनमा ५० अर्ब २ करोडले धनात्मक रहेको शोधनान्तर यसपाली २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा छ। चालु खाता घाटा १५३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
 
फागुनसम्म ५३ अर्ब ४२ करोड रुपैयाँको बस्तु तथा सेवा बेचेर नेपाल पैसा आउँदा सामान किन्नका लागि ७ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ। यही कारण ब्यापार घाटा सात खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। जसले गर्दा शोधनान्तर घाटा चुलिएको हो।
 
बजार भाउमा चाप पर्न थालेको छ। गत बर्षको फागुनमा २.९ प्रतिशत रकेहो मूल्य बृद्धि दर यसपाली ६ प्रतिशत पुगेको छ। खासगरी तरकारीजन्य बस्तुको मूल्य बढेका कारण समग्र मूल्य बृद्धि उक्लिएको छ। यद्यपी ८ महिनाको औषत मूल्य बृद्धि भने चार प्रतिशत छ।



More News



पिपल्स पावर लिमिटेडमा नेपाल बंगलादेश बैंकले ६० करोड लगानी गर्ने

Posted: 2018-09-23 14:17:21

सुनाखरी न्युज/ काठमाडौँ - पिपल्स पावर लिमिटेडको ४.९६ मेगावाट पुवा दोस्रो जलविद्युत आयोजनामा बंगलादेश बैंकले ६० करोड लगानी गर्ने भएको छ । इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र वार्ड नं. ४ माइपोखरी भई ...


जर्मनीद्वारा सात अर्ब ५० करोड अनुदान सहायता

Posted: 2018-09-23 11:10:00

सुनाखरी न्युज/ काठमाडौँ - जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी ...


सुक्रिय बन्दै मध्यमस्तरीय कर कार्यालय, साँढे १७ अर्ब उठाउने चुनौती

Posted: 2018-09-22 08:18:47

सुनाखरी न्युज/ काठमाडौं -कर संकलन प्रभावकारी बनाउने भन्दै पहिलोपटक सञ्चालनमा ल्याइएको मध्यमस्तरीय कर कार्यालयले १० महिनाभित्रमा १७ अर्ब ५० करोड कर संकलन गर्नुपर्ने भएको छ । देशभरका साना कर कार्यालयलाई खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा ल्याइएको हो ।...


अव पेट्रोल पाइन्छ एक दुई दिन नआत्तिनुस

Posted: 2018-09-22 06:34:26

सुनाखरी न्युज/ वीरगन्ज- चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थको ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ। नेपाल आयल निगमको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाए अनुसार चालकहरु काममा फर्किएपछि शुक्रवार दिउँसो २ बजेदेखी रक्सौल स्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थको लोडिङ सुरु भएको छ। ...


हड्तालमा उत्रिएका चालकसँग सहमति, आज रातीदेखिनै गाडी चल्ने

Posted: 2018-09-20 21:05:57

सुनाखरी न्युज/ काठमाडौं। यातायात व्यवस्था ऐनमा भएको हेरफेरको विरोधमा हड्तालमा उत्रिएका चालक र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सहमति भएकाले शुक्रबारदेखि भाडाका सवारी चल्नेछ।...


Advertisements