आर्थिक

पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले वृद्धि (सूचिसहित)

Posted: 2018-08-21 11:08:37

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७०/७१ मा ३ खर्ब ५६ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । त्यसको पाँच बर्षपछि अर्थात गत अािर्थक बर्ष २०७४/७५ मा राजश्वको आकार १०५.२८ प्रतिशत अर्थात ३ खर्ब ७५ अर्ब ४८ करोडले बढेर ७ खर्ब ३२ अर्ब १० करोड पुगेको हो । पाँच बर्षको अवधीमा राज्य कोषमा राजश्व श्रोतबाट २५ खर्ब ८५ अर्ब ५४ करोड रुपैंयाँ जम्मा भएको हो । जुन लक्ष्य भन्दा जम्मा १.१८ प्रतिशतले मात्रै बढि हुन आउँछ । पाँच बर्षमा २५ खर्ब ४८ अर्ब ३४ करोड रुपैंयाँ राजश्व संकलन गर्ने लक्ष्य तय गरिएको थियो । भूकम्प र नाका बन्दीका कारण आर्थिक बर्ष २०७१/७२ मा भने राजश्व संकलनको लक्ष्य पुरा भएको थिएन । सो बर्ष लक्ष्य ४ खर्ब २२ अर्ब ८९ करोड रुपैंयाँ थियो तर ४ खर्ब ५ अर्ब ८६ करोड मात्रै संकलन भयो ।
 
सूचि
 
 
बाँकी सबै आर्थिक बर्षमा राजश्व संकलन लक्ष्य पुरा भएका छन् । आर्थिक बर्ष २०७३/७४ मा लक्ष्य भन्दा ७ प्रतिशत बढी राजश्व संकलन भएको छ । बाँकी बर्षहरुमा भने लक्ष्य भन्दा धेरै मात्रै बढि राजश्व संकलन भएको देखिन्छ । सरकारले चालु आर्थिक बर्षका लागि ९ खर्ब ४५ अर्ब ५५ करोडको राजश्व संकलन लक्ष्य निर्धारण गरेको छ । भदौं पाँच गतेसम्म ६३ अर्ब ६४ करोड राजश्व संकलन गर्ने लक्ष्य थियो । राजश्व सचिव शिशिर ढुंगानाले भदौ १ गतेसम्ममा ६२ अर्ब ८३ करोड संकलन गरिसकेको जानकारी दिए । उनले पहिलो महिनामै लक्ष्य भन्दा ३३ प्रतिशत बढि राजश्व संकलन गरिएकाले ९ खर्ब ४५ अर्ब ५५ करोडको लक्ष्य सहजै पुरा हुने बताए । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकबाट संकलन गरिएको राजश्वको अधिकतम सदुपयोगको प्रत्याभूति दिलाउने बताएका छन ।



More News



पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले वृद्धि (सूचिसहित)

Posted: 2018-08-21 11:08:37

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७०/७१ मा ३ खर्ब ५६ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । त्यसको पाँच बर्षपछि अर्थात गत अािर्थक बर्ष २०७४/७५ मा ...


सात विमानस्थल नाफामा, डेढ अर्ब बढी राजश्व

Posted: 2018-08-20 10:09:24

सुनाखरी न्युज/ काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५/७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Posted: 2018-08-19 21:54:21

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर १११ रुपैयाँ भएको छ भने डिजेल र मट्टतिेलको मूल्यमा क्रमशस् २र२ रुपैयाँले बढेको छ। अब उपभोक्ताले यी दुबैका लागि प्रति लिटर ९५ रुपैयाँ खर्च गर्नुपर्नेछ ।...


केरुङ काठमाडौं रेलमार्ग निर्माण गर्न ९ वर्ष लाग्ने, खर्च २ खर्ब ५७ अर्ब लाग्ने प्रारम्भिक अध्ययन

Posted: 2018-08-19 12:20:41

सुनाखरी न्युज/ काठमाडौ - चीनको केरुङ देखि काठमाडौँ सम्म रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा ...


हिमालयन कार्गोका सञ्चालक बिनोद गुप्ता विरुद्ध पौने ३ अर्ब राजश्व छलीको मुद्धा

Posted: 2018-08-17 15:00:04

सुनाखरी न्युज/ काठमाडौं - राजश्व अनुसन्धान विभागले हिमालयन कार्गोका सञ्चालक बिनोदकुमार गुप्ता र मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । ...


Advertisements