बैंकिंग

ज्योतिले हाम्रो विकास बैंकलाई किन्ने प्रस्ताव पारित, सेयरधनीले ८.४० प्रतिशत लाभांश पाउने

Posted: 2018-10-16 11:41:22

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले ११औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गरी संचालक समितिको तर्फबाट सभा समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । चुक्तापूँजीको ८.४० प्रतिशतका दरले हुुने २१ करोड ८० लाख ६२ हजार सात सय ५३ रुपैयाँ नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको छ । ११औँ वार्षिक साधारणसभाबाट ज्योति विकास बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रीय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैकलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । प्राप्तिपश्चात यस विकास बैंकको चुक्तापूँजी तीन अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 
 
 
बैंक संचालनमा आएको १०औँ वर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, एबिबिएस सेवाका साथै आईपिएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । गत आ.व.मा बैंकले करिब एक लाख ५० हजार खाताबाट १९अर्व ५४ करोड निक्षेप संकलन गर्न र १० हजारभन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।



More News



मेगा बैंकको नाफा ४० करोड भन्दा बढी

Posted: 2018-11-14 15:22:24

सुनाखरी न्युज/ काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख ...


नेपाल बैंकको नाफा घट्यो ९१ करोड मात्र

Posted: 2018-11-14 12:38:48

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बैंक लिमिटेड (Nepal Bank Limited) ले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ९१ करोड ३८ लाख रुपैयाँ कमाएको छ, जुन ...


ग्लोबल आईएमई बैंकबाटै अब एशियन लाइफको इन्स्योरेन्स सेवा पाइने

Posted: 2018-11-14 10:26:40

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडबाट अब एशियन लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने छ । उक्त सेवा पाइने सम्बन्धि ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्बन्धि ...


ग्लोबल आइएमईको नाफा ३६ प्रतिशतले वृद्धि

Posted: 2018-11-13 13:45:46

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफा ३५ करोड ५८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ३६ दशमलव ३६ प्रतिशतले वृद्धि गरेको हाो । अघिल्लो ...


एनसीसी बैंक र युनियन लाइफबीच बैंंकास्योरेन्स सम्झौता

Posted: 2018-11-13 11:19:43

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ ...


Advertisements